Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब, जेठमामात्रै एक खर्ब ७६ अर्ब
रेमिट्यान्समा नयाँ ‘रेकर्ड’ ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब, जेठमामात्रै एक खर्ब ७६ अर्ब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २५, २०८२
  •  चालु आवको ११ महिनामै भित्रियो अघिल्लो आवकोभन्दा ८७ अर्ब ६१ करोड रुपैयाँ बढी विप्रेषण
  •  चालु आवको जेठ महिनामा सबैभन्दा बढी एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ आएको तथ्यांक
  •  वैदेशिक रोजगारीमा जानेको संख्या र वैधानिक प्रक्रियाबाट पढाउने प्रवृत्ति बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव

काठमाडौं– चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामै मुलुकमा भित्रिने रेमिट्यान्स (विप्रेषण)ले नयाँ ‘रेकर्ड’ बनाएको छ । गत साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिँदा नयाँ रेकर्ड बनेको हो । यो रकम एक आर्थिक वर्षभित्र भित्रिएको हालसम्मकै उच्च रकम हो, जबकि चालु आवको एक महिना (असार) अझै बाँकी नै छ ।

गत आर्थिक वर्ष २०८०÷८१ को १२ महिनामा कूल १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । चालु आवमा भने ११ महिनामै अघिल्लो आवकोभन्दा ८७ अर्ब ६१ करोड रुपैयाँ बढी विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ । 

चालु आवको जेठ मसान्तसम्म विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो वृद्धिदर १७.२ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालु आवको जेठ महिनामा मात्रै विदेशबाट एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो आवको जेठ महिनामा एक खर्ब २८ करोड ९२ करोड रुपैयाँ भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । जबकि, अघिल्लो वर्षको यसै अवधिमा यस्तो आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई नौ अर्ब ९८ करोड कायम भएको थियो ।गत आव २०८०÷८१ को ११ महिनामा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको थियो । त्यसको तुलनामा चालु आवको सोही अवधिमा दुई खर्ब पाँच अर्ब ४२ करोड रुपैयाँ बढी रेमिट्यान्स आएको छ ।

Hardik health

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानका लागि संस्थागत र व्यक्तिगत माध्यमबाट चार लाख ५२ हजार ३२४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । सोही अवधिमा तीन लाख आठ हजार ६७ जना पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । अघिल्लो वर्षको यसै अवधिमा चार लाख २१ हजार ३५६ जना संस्थागत र व्यक्तिगत माध्यमबाट तथा दुई लाख ६१ हजार २१० जना पुनः श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । समग्रमा अघिल्लो वर्षको ११ महिनामाभन्दा चालु आवको सोही अवधिमा ७७ हजार ८२५ जना बढी रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

चालु आवको ११ महिनामध्ये सबैभन्दा बढी रेमिट्यान्स जेठ र सबैभन्दा कम कात्तिकमा आएको देखिन्छ । जेठमा एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ तथा कात्तिकमा एक खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । चालु आवको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आएको थियो । 

यसैगरी भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ, असोजमा एक खर्ब ४४ अर्ब १७ करोड, मंसिरमा एक अर्ब १८ अर्ब ८० करोड, पुसमा एक खर्ब २२ अर्ब ६५ करोड, माघमा एक खर्ब ३७ अर्ब पाँच करोड, फागुनमा एक खर्ब ५१ अर्ब १९ करोड, चैतमा एक खर्ब ३९ अर्ब ५४ करोड, वैशाखमा एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । 

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नुका साथै वैधानिक माध्यमबाट रकम पठाउन थालेसँगै रेमिट्यान्सको रकम बढ्न पुगेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । राष्ट्र बंैकले वैधानिक माध्यमबाट आएको विपे्रषणको मात्र तथ्यांक राख्दै आएको छ । हुण्डीलगायत अवैधानिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले विभिन्न योजनासमेत लागू गरेको छ । ती योजनाले केही हदसम्म काम गरेको पाइएको अधिकारीहरुको दाबी छ । यद्यपि, अवैधानिक च्यानल पूर्णरुपमा बन्द भने हुन सकेको छैन ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा झण्डै एकतिहाइ योगदान गरिरहेको तथ्यांकमा देखिन्छ । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरुका लागि वैदेशिक रोजगार बाध्यात्मक बनेको अवस्था छ । सरकारले बाध्यात्मक वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने घोषणा गरे पनि तत्काल त्यसको प्रभाव देखिने सम्भावना नरहेको सरोकारवालाहरुको भनाइ छ ।

कुन महिनामा कति भित्रियो ?
महिना    रकम
साउन    १ खर्ब ३६ अर्ब ९३ करोड
भदौ     १ खर्ब २६ अर्ब २१ करोड
असोज    १ खर्ब ४४ अर्ब १७ करोड
कात्तिक    १ खर्ब १४ अर्ब ३२ करोड
मंसिर    १ अर्ब १८ अर्ब ८० करोड
पुस    १ खर्ब २२ अर्ब ६५ करोड
माघ    १ खर्ब ३७ अर्ब ५ करोड
फागुन    १ खर्ब ५१ अर्ब १९ करोड
चैत    १ खर्ब ३९ अर्ब ५४ करोड
वैशाख     १ खर्ब ६५ अर्ब ३० करोड
जेठ    १ खर्ब ७६ अर्ब ३२ करोड


प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य मंगलबार, चैत २४, २०८२
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन सोमबार, चैत २३, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP