Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • केन्द्रीय सदस्यहरुको मागमा बेवास्ता
कांग्रेस केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरुको मागमा बेवास्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २४, २०८२
  •  विधानअनुसार आगामी मंसिरमा १५औं महाधिवेशनको मिति तोक्न नेताहरुले माग गरेका थिए, सभापति देउवा भने आफ्नो पद २०८४ सम्मै लम्ब्याउने मुडमा
  • सरकारको काम प्रभावकारी नभएको भन्दै मन्त्री फिर्ता बोलाउने मागमा यही सरकारलाई प्रभावकारी बनाएर अघि बढ्ने निर्णय
  • संविधान संशोधन मूल मुद्दा बनाएर एमालेसँग मिलीजुली सरकार बनाएको कांग्रेसले बल्ल कार्यदल बनाउने निर्णय
  •   क्रियाशील सदस्यता विवाद सल्टाउन नसकेपछि भदौ मसान्तसम्म नवीकरण म्याद थप

काठमाडौं– हप्ता दिन चलेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरुको माग सुनुवाइ नगरी टुंग्याइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको मिलीजुली सरकार ८४ सालसम्मै जाने र अरुले भनेको आफूले मान्नैपर्ने कर नरहेको उल्लेख गर्दै सोमबार केन्द्रीय समिति बैठक समापन गरेका हुन् ।

खासमा सरकारको कामको समीक्षा, मन्त्री फिर्ता, विधानअनुसार महाधिवेशनको मिति, क्रियाशील सदस्यता विवाद, अन्तर्घातीलाई कारबाही, तदर्थवादमा चलिरहेको भ्रातृसंगठनहरुको महाधिवेशन मिति तोक्नेलगायतको विषयमा केन्द्रीय समिति बैठक केन्द्रित थियो । बैठकमा अधिकांश नेताहरुले १५औं महाधिवेशनको मिति तोक्न र मन्त्री फिर्ता बोलाउन माग गरेका थिए ।

तर केन्द्रीय समितिको निर्णयमा यी कुनै विषय नभएको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै पनि निर्णय भएको छैन,’ उनले भने, ‘मन्त्रीहरु फिर्ता बोलाउने सम्बन्धमा बैठकमा केही पनि छलफल भएकै छैन ।’ कांग्रेसको विधानअनुसार अबको मंसिरमा महाधिवेशन हुनैपर्छ । तर विभिन्न कारण देखाउँदै देउवाले यसअघि पनि विधानअनुसार महाधिवेशन गरेनन् ।

बैठकको अन्तिम दिन सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको प्रभावकारिताबारे धारणा राखेका थिए । महामन्त्री थापाले सरकारको काम प्रभावकारी नभए मान्छे फेरेरै भए पनि बनाउने बताएका थिए । यद्यपि कांग्रेसले यो विषयलाई भने निर्णयमा राखेको छ । असार १६ बाट सुरु भएर हप्ता दिनसम्म चलेको केन्द्रीय समितिले प्राथमिकतामा राखेर यो निर्णय गरेको प्रवक्ता महतले बताए । ‘आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकार प्रभावकारी बन्नुपर्ने छ । सरकारमा उपस्थित कांग्रेसका मन्त्रीहरूको काम पनि प्रभावकारी बन्नुपर्छ भन्ने छ,’ उनले भने ।

Hardik health

यसैगरी कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ । पहिले कुन–कुन विषय संशोधन गर्नेबारे निश्चित गरेपछि गठबन्धनका दलहरुसँग मिलेर संविधान संशोधनका विषयमा अघि बढ्ने प्रवक्ता महतले बताए । ‘पहिले के–के विषय छन् संशोधनका विषय निक्र्योल गर्ने र गठबन्धनमा रहेका दलसँग थप छलफल गरी अघि बढ्ने छ,’ उनले भने ।

क्रियाशील नवीकरणको म्याद थप
चौथोपटक म्याद थप गर्दा पनि क्रियाशील सदस्यता नवीकरण नभएपछि केन्द्रीय समितिले भदौ मसान्तसम्म म्याद थप गरेको छ । गत कात्तिक १४ गते सभापति देउवाले महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहेको समिति गठन गरेका थिए । 

उक्त समितिले चैत मसान्त, वैशाख १५, वैशाख मसान्त हुँदै जेठ मसान्त गरी क्रियाशील सदस्यता नवीकरण गर्ने समयसीमा पटक–पटक थप्दा पनि क्रियाशील सदस्यता विवरण जिल्लाले पठाएको छैन । महामन्त्री थापाले जम्मा पाँच जिल्लाले मात्र क्रियाशील सदस्यता नवीकरण पठाएको केन्द्रीय समिति बैठकमा बताएका थिए । बारा, डोल्पा र मुस्ताङ जिल्लामा क्रियाशीलको फाराम नै पुगेको छैन । अहिले पनि बर्खाको समय भएकोले भदौभित्र क्रियाशील सदस्यता नटुंगिने नेताहरु बताउँछन् । 

स्थायी सरकारका लागि विश्वप्रकाशका पाँच प्रस्ताव
स्थायी सरकारका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पाँच प्रस्ताव पेस गरेका छन् । शर्माका अनुसार नेपालमा बितेको ७५ वर्षमा कोही पनि पूर्णकार्यकाल अर्थात् लगातार पाँच वर्ष प्रधानमन्त्री बन्न पाएनन् । यसैले संविधान संशोधन गर्दा केही नवीन दृष्टिकासाथ अघि बढ्नुपर्ने सुझाव अघि सारे ।

शर्माले निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने दलको नेता प्रधानमन्त्री बन्नुपर्ने र पूरै पाँच वर्ष विपक्षी दलले पनि उनैलाई समर्थन गर्नुपर्ने प्रस्ताव अघि सारे । ‘आमनिर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने,’ शर्माले अघि सारेको प्रस्तावमा भनिएको छ, ‘अर्थात् दोस्रो÷तेस्रो या अन्य दल पूरै अवधि सरकार बाहिर विपक्षमा बस्ने ।’

त्यसैगरी उनले पहिलो दललाई सामान्य बहुमत नपुगेको अवस्थामा अमेरिकी राष्ट्रपतीय प्रणालीअनुसार जित्नेले सबै लाने प्रणाली लागू गर्नसमेत प्रस्ताव गरे । ‘पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा ‘विनर्स टेक अल’ (जित्नेले सबै लग्ने) सिद्धान्तबमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएको विज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने,’ उनको प्रस्तावमा भनिएको छ ।

यसैगरी पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने व्यक्तिले मन्त्रिपरिषद्मा निश्चित संख्यामा विज्ञहरु सोझै ल्याउन पाउने व्यवस्था राखे अझ बलियो हुने बताए । यसरी कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्थासमेत संविधानमा राख्न शर्माको माग थियो ।


देउवाको घुर्की– म अप्ठ्यारो मान्छे हो है !
केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छैंटौंपटक प्रधानमन्त्री नबन्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाएका थिए । देउवाले केही दिनअघि चितवन पुगेर आफू पार्टीबाट अवकाश हुन लागेको बताएका थिए । यही विषय सम्झाउँदै शर्माले सभापति र प्रधानमन्त्री पद छाड्न आग्रह गर्दा देउवाले भने आफूले कसैको सुझाव मान्नैपर्ने बाध्यता नरहेको सुनाए ।  ‘मैले के गर्छु, के गर्दिनँ त्यो मेरो आफ्नो कुरा हो । म छोड् भनेर छोड्ने मान्छे होइन । म अप्ठ्यारो मान्छे हो है !,’ देउवाले शर्मालाई भने । देउवाको उक्त भनाइपछि कांग्रेसको बैठक कक्षमा हाँसोको फोहरा नै छुटेको थियो ।

बैठकको सपापनका क्रममा देउवाले नेकपा एमालेसँगको मिलीजुली सरकार २०८४ सालसम्मै जाने बताए । ‘हामीले ओलीजीको पार्टी एमालेसँग गरेको सहकार्य ८४ सम्मै जान्छ,’ देउवाले भने । एमालेसँग अघिल्लो असारमा सातबुँदे सहमति गरेर कांग्रेस सरकारमा गएको हो । संविधान संशोधनको विषयलाई मुल मुद्दा बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको कांग्रेसलाई यो मुद्दा छाडेको आरोप लाग्छ । तर देउवाले भने राष्ट्रिय सभामा बहुमत नपुगेको भन्दै यो विषय पन्छाउँदै आएका छन् । सोमबारको केन्द्रीय समितिमा पनि देउवाले यही ब्रिफिङ गरेका थिए ।
 


प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP