Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण दिने कार्यविधि टुंग्याउने तयारी
रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण दिने कार्यविधि टुंग्याउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २३, २०८२

मैले भन्दै आएको थ्री डी– डेब्ट, डेथ र डिजिटल ट्र्यापमध्ये यो विधेयकले डेब्ट ट्र्यापलाई सम्बोधन गर्छ । यसबाट श्रमिकहरु विदेश गएर कमाएपछि फर्किंदासम्म ऋण पनि मुक्त हुने र राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा, बिमाजस्ता अन्य सुविधाहरु पनि पाउने छन् । 
शरतसिंह भण्डारी
मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई विनाधितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ लाई टुंग्याउने तयारी गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीले आइतबार उक्त कार्यविधिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरु मिटरब्याजीको चर्को ब्याजको पासोमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै यो कार्यविधि लागू भए श्रमिकहरुले सहज र सरल तरिकाबाट विनाधितो ऋण पाउने विश्वास व्यक्त गरे । ‘मैले भन्दै आएको थ्री डी– डेब्ट, डेथ र डिजिटल ट्र्यापमध्ये यसले डेब्ट ट्र्यापलाई सम्बोधन गर्छ । यसबाट श्रमिकहरु विदेश गएर कमाएपछि फर्किंदासम्म ऋण पनि मुक्त हुने र राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा, बिमाजस्ता अन्य सुविधाहरु पनि पाउने छन्,’ मन्त्री भण्डारीले भने ।

Hardik health

उनले सरकारले वैदेशिक रोजगारीमा जानेलाई विनाधितो ऋण उपलब्ध गराउने नीति लिएअनुसार यो कार्यविधि लागू भए सहजै ऋण उपलब्ध हुने बताए । उनले सामाजिक सुरक्षा कोषमा आबद्ध बैंकहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिए । ‘बैंकहरुको पैसा नडुबोस्, विदेश जानेले सहज ऋण पाओस् र गाँउघरमा मिटरब्याजीहरुबाट जोगियोस् । यसको मुख्य उदेश्य यही हो,’ उनले भने ।

उक्त कार्यविधिको मस्यौदामा खाडी मुलुक जानेहरुलाई कम्तीमा दुई लाख रुपैयाँ र युरोपेली मुलुक जानेहरुलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउन सकिने प्रावधान समेट्न प्रस्ताव गरिएको छ । छलफलमा सहभागी नेपाल राष्ट्र बैंकका प्रतिनिधि शौरभ पोखरेलले आफ्नोतर्फबाट सहजीकरणका लागि पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले ऋण असुलीको विषयमा थप प्रस्ट हुन कार्यविधिमा सुधारको आवश्यकता रहेको सुझाव दिए । 

नेपाल बैंकर्स संघका अनिल शर्माले मन्त्री भण्डारीको नेतृत्वमा श्रम मन्त्रालयले राम्रो अवधारणा ल्याएको भन्दै यसलाई लागू गर्न बैंकहरुले पूर्ण सहयोग गर्ने बताए । श्रमसचिव डा. कृष्णहरि पुष्करले विगत लामो समयदेखि यो कार्यविधि अड्किएर बसेको भन्दै यसलाई टुंग्याएर छिट्टै लागू गर्नुपर्ने बताए । उनले विगतको अनुभवबाट पनि पाठ सिक्दै सहज र सरल तरिकाबाट कसरी ऋण उपलब्ध गराउने र रोजगारीमा गएकाहरुले पनि कसरी सहजै ऋण चुक्ता गर्ने भन्ने बाटो तय गर्नुपर्ने सुझाव दिए ।
 


प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP