Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
राशिफल
  • Home
  • राशिफल
  • युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको ट्रम्पको भनाइ
युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको ट्रम्पको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २०, २०८२

वासिङ्टन-युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफुले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्  । 
 
वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो ।

“हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै लामो फोन संवाद गरेका छौँ । यो साँच्चै नै धेरै लामो कल थियो । फोनवार्तामा हामीले इरानसहित धेरै बिषयमा कुरा गयौँ र हामीले युक्रेनसँगको युद्धको बारेमा पनि कुरा गर्‍यौँ । म छलफलबाट खुसी छैन,” राष्ट्रपति ट्रम्पले गरेको पत्रकार सम्मेलनमा उनीहरूलाई बताए । 

युद्ध अन्त्यका लागि कुनै सम्झौताको नजिक पुगेको छ कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “अहँ, मैले उहाँसँगको वार्तामा युक्रेन युद्धबारे कुनै प्रगति भएको महसुस गनै सकिन ।”अमेरिकी रिपब्लिकन नेता ट्रम्पको यो संवादप्रतिको दृष्टिकोण असामान्य रूपमा निराशाजनक देखिएको छ । जनवरीमा सत्तामा फर्केपछि पुटिनसँग यसअघि भएका पाँच वटा वार्तापछि उहाँले सम्झौताको दिशामा प्रगतिको आशा देखिएको बताएका थिए । 

रुसी नेता पुटिनप्रति प्रारम्भिक दृष्टिकोण राखेपछि उहाँले युद्ध अन्त्यका लागि रूसी नेताको धारणाप्रति निराशा व्यक्त गरे । हालैका हप्ताहरूमा उनले इरान–इजरायल द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो भने पु्टिनलाई युक्रेन युद्धमा ध्यान केन्द्रित गर्न सुझाब दिएका थिए । 

Hardik health

उक्त वार्ता करिब एक घण्टासम्म चलेको र पुटिनले रुसको लक्ष्यलाई नछोड्ने दृढता व्यक्त गर्नुभएको मस्कोबाट क्रेमलिन स्रोतले दिएको जानकारीमा उल्लेख गरिएको छ । क्रेमलिनका सहयोगी युरी उशाकोभले भने, “हाम्रा राष्ट्रपतिले रुसले तय गरेको लक्ष्य हासिल गर्ने बताएका छन्  । रुसले यी लक्ष्यहरु त्याग्ने छैन ।” मस्कोले लामो समयदेखि युक्रेनमा आफ्नो अधिकतमवादी उद्देश्यलाई द्वन्द्वको ‘मूल कारण’ बाट छुटकारा पाउनको लागि भएको बताउँदै आएको छ, तर, किएभले उसको नाटोको सदस्यता प्राज्त गर्ने महत्वाकाङ्क्षाहरू त्याग्न माग गर्दै आएको छ।

डेनमार्कमा जेलेन्स्की 

युक्रेनमा मस्कोले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेयता लाखौं मानिसको ज्यान लिइसकेको छ र अहिले रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभागमा नियन्त्रण जमाएको छ ।पुटिनले ट्रम्पसँग युक्रेनमा शान्ति स्थापनाका लागि युद्धविराम गर्ने बिषयमा मस्कोले वार्तालाई निरन्तरता दिइरहने बताउनुभएको छ । 

उशाकोभले भने, “उहाँले वार्ता प्रक्रियालाई निरन्तरता दिन रुसी पक्ष तयार रहेको पनि बताउनुभयो । हामी द्वन्द्वको राजनीतिक संवाद र वार्ताबाट समाधान खोजिरहेका छौँ ।मस्कोले महिनौँदेखि युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्धविराममा सहमत हुन अस्वीकार गर्दै आएको छ ।
 
किएभ र उसका पश्चिमी सहयोगीहरूले पुटिनले युक्रेनमा रुसको प्रगतिलाई अगाडि बढाउने क्रममा प्रक्रियालाई बाहिर निकालेको आरोप लगाउँदै आएका छन् । रुसको सहयोगी इरानमा अमेरिकाले आणविक आक्रमण गरेपछि पुटिनले मध्यपूर्वका सबै द्वन्द्व ’कूटनीतिक तवरले’ समाधान गरिनुपर्नेमा ट्रम्पसँगको वार्तामा ‘जोड’ दिएको क्रेमलिनले जनाएको छ ।
 
वासिङ्टनले पश्चिमी सैन्य सहयोगमा निर्भर रहेको किएभलाई झट्का दिँदै केही हतियार ढुवानी रोक्ने निर्णय गरेको केही दिनपछि यो कुराकानी भएको हो ।   युक्रेनमा बिहीबार भएको रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको किएभले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयू) का शीर्ष अधिकारीसँग भेटवार्ता गरेका छन्  । 

जेलेन्स्कीले डेनमार्कमा युरोपेली युनियनका सहयोगीहरूलाई अमेरिकी सैन्य सहायताको बारेमा उब्जिएको शङ्काले ब्रसेल्स र नेटोसँग अझ बढी सहयोगको आवश्यकतालाई बलियो बनाएको बताए । 

उहाँले किएभले ट्रम्पको ‘बिनाशर्त युद्धविराम’लाई सधैँ समर्थन गरेको पनि बताए । युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्प र जेलेन्स्कीले शुक्रबार एकअर्कासँग कुरा गर्ने योजना बनाएका थिए ।बुधबार किएभले ह्वाइट हाउस र पेन्टागनले केही हतियार ढुवानी रोकेपछि त्यसको असरबारे वासिङ्टनसँग स्पष्ट पार्न खोजेका थिए।
 
जेलेन्स्कीले भन्नुभएको थियो, “युक्रेन, हाम्रो रक्षा र हाम्रा जनताका लागि अमेरिकाको निरन्तर समर्थन हाम्रो साझा हितमा छ ।” रूसले पश्चिमा देशहरुलाई किएभमा हतियार नपठाउन निरन्तर आग्रह गर्दै आएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप राशिफल
कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्युः रूसी अधिकारी
कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्युः रूसी अधिकारी शुक्रबार, माघ १८, २०८१
हेर्नुहोस नयाँ वर्ष वि.सं. २०८० सालको वार्षिक राशिफल
हेर्नुहोस नयाँ वर्ष वि.सं. २०८० सालको वार्षिक राशिफल शनिबार, चैत २५, २०७९
शुक्रबारको  राशिफल
शुक्रबारको राशिफल शुक्रबार, कात्तिक ४, २०७९
तपाईको राशिफल
तपाईको राशिफल बिहीबार, कात्तिक ३, २०७९
तपाईकाे  राशिफल
तपाईकाे राशिफल मंगलबार, कात्तिक १, २०७९
तपाईंकाे शुक्रबार
तपाईंकाे शुक्रबार शुक्रबार, असोज २८, २०७९
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP