Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • ५२ संवैधानिक पदाधिकारीको नियुक्ति संवैधानिक इजलासबाट सदर
इजलासको बहुमतबाट संवैधानिक नियुक्तविरुद्धको रिट खारेज गर्ने निर्णय ५२ संवैधानिक पदाधिकारीको नियुक्ति संवैधानिक इजलासबाट सदर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १९, २०८२
  • न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुँडालको मत रिट खारेजीको पक्षमा
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदी नियुक्ति बदर गर्नुपर्ने पक्षमा
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त पदाधिकारीहरुले अब पूर्ण कार्यकाल काम गर्न पाउने

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिट खारेज गर्ने फैसला गरेको छ । साढे चार वर्षदेखि विचाराधीन रहेको उक्त रिटमा संवैधानिक इजलासले बुधबार मध्यराति बहुमतबाट उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत २०७७ माघ २१ र २०७८ असार १० गते गरेको ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरुबीच राय बाझिएपछि बहुमतबाट उक्त नियुक्ति सदर गर्ने निर्णय गरिएको हो । 

पाँच जनाको संवैधानिक इजलासमध्ये तीन जनाले नियुक्ति सदरको पक्षमा र दुई जनाले विपक्षमा मत राखेका थिए । न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुँडालले रिट खारेजीको पक्षमा मत राखेका हुन् । प्रधानन्यायाधीश राउत र न्यायाधीश नहकुल सुवेदी नियुक्ति बदर गर्नुपर्ने पक्षमा उभिएका थिए ।

यो फैसलासँगै संवैधानिक आयोगमा नियुक्त भई काम गरिरहेका पदाधिकारीहरुले पूरा कार्यकाल काम गर्न पाउने भएका छन् । संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि गत जेठ १ गते सुनुवाइ सकेर जेठ २८ गते फैसलाको मिति तोकिएको थियो । तर इजलासले उक्त दिन निर्णय गर्न नसकेपछि असार १८ गतेका लागि निर्णय सुनाउने मिति सारिएको थियो । बुधबार दिनभर झण्डै १४ घण्टा छलफल गरेर मध्यरातमा इजलासले उक्त निर्णय सुनाएको हो ।

Hardik health

विवादित ५२ पदाधिकारीमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ३२ जना ०७७ माघमा र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीसहित २० जना २०७८ असारमा नियुक्त भएका थिए । अध्यादेशमार्फत २०७७ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त राई तथा आयुक्तहरू किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएका थिए ।

त्यसैगरी निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । यता राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा. सूर्यकुमार शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलिहजुर बस्न्यात नियुक्त भएका थिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सदस्यहरूमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र नियुक्त भएका थिए । यता राष्ट्रिय महिला आयोगमा अध्यक्ष कमलाकुमारी पराजुली, सदस्यहरू कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा नियुक्त भएका थिए । 

राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विश्वकर्मा, सदस्यहरूमा मिनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की नियुक्त भएका थिए । राष्ट्रिय समावेशी आयोगको सदस्यमा रामचन्द्र जोशी र हरिदत्त जोशी अध्यादेशमार्फत नियुक्त भएका थिए । आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापामगर र सदस्यहरू मीनबहादुर श्रीस, रिना राना र शरण राई नियुक्त भएका थिए । यस्तै मधेसी आयोगका सदस्यहरूमा जीवछ साह, रेनुदेवी साह र विजयकुमार गुप्ता, थारु आयोगका सदस्यहरूमा सुबोध सिंह थारु र भोलाराम चौधरी, मुस्लिम आयोगका सदस्यहरु महमदिन अलि र मिर्जा अर्सद वेग नियुक्त भएका थिए । 

यसैगरी २०७८ असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तहरू हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका थिए । लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मी, सदस्यहरू माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका थिए ।

निर्वाचन आयोगको निर्वाचन आयुक्त सगुन शमशेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य वीपिनराज निरौला नियुक्त भएका थिए । राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे र सावित्रा कुमारी शर्मा, राष्ट्रिय दलित आयोगको सदस्य सुन्दर पुर्कुटी नियुक्त भएका थिए । 

सोही मितिमा राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमेल्सेना, सदस्यहरूमा पुष्पराज तिमिल्सिना र मानबहादुर खत्री नियुक्त भएका थिए । आदिवासी जनजाति आयोगको सदस्यमा सूर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभा कुमारी, थारु आयोगका सदस्यहरूमा उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी र मुस्लिम अयोगको सदस्य मोहम्मद समशुल हक नियुक्त भएका थिए ।
 


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP