Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • निजामती विधेयकमा ‘बाहेक’ शब्द घुसाइएपछि ‘कुलिङ पिरियड’ निष्प्रभावी
निजामती विधेयकमा ‘बाहेक’ शब्द घुसाइएपछि ‘कुलिङ पिरियड’ निष्प्रभावी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२
  •  विधेयकको उपदफा ५ मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन’ भन्ने उल्लेख ।
  • तर, ‘बाहेक’ शब्द कसले घुसायो भन्नेमा सांसदहरु नै अनभिज्ञ
  •  राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा उक्त शब्द नभएको समिति सभापति रामहरि खतिवडाको भनाइ
  •  कुलिङ पिरियड हटाउने लबिइङमा थिए मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू


काठमाडौं– राजकीय र संवैधानिक नियुक्तिमा निजामती कर्मचारीलाई रोक्न दुई वर्ष ‘कुलिङ पिरियड’ राखेका सांसदहरू यतिबेला चकित छन् । आइतबार पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ पिरियड नै निष्प्रभावी पार्नेगरी ‘बाहेक’ शब्द घुसाइएको पाइएपछि उनीहरू अचम्मित भएका हुन् ।

२ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा उक्त शब्द नभएको समिति सभापति रामहरि खतिवडाले बताए । उनका अनुसार समितिको प्रतिवेदनको बुँदा नं. ४३ मा लेखिएको थियो– निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन ।

यो बुँदा मूल विधेयकको दफा ८२ को उपदफा ४ मा समावेश गर्ने प्रतिवेदनमा भनिएको छ । प्रतिनिधिसभाबाट पारित विधेयकमा भने यस प्रावधानलाई निष्प्रभावी बनाउनेगरी उपदफा ५ मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन’ भन्ने उल्लेख गरिएको छ । 

हामीले जे राखेका छौं, दुई वर्षमा केही नदिने भनेर राखेका हौं । त्यही हाम्रो अडान हो । दफा ५ मा बाहेक भन्ने शब्द राखिएको रहेछ । त्यो किन र कसले राखेको हो, हामी बुझ्दै छौं । हिजो समितिले जे टुंगो लगाएको थियो, त्यसबाट दायाँबायाँ हुँदैन । कुलिङ अफ पिरियड राख्छौं र अहिले जे छ, सच्चिन्छ ।
रामहरि खतिवडा
सभापति, राज्य व्यवस्था तथा सुशासन समिति

Hardik health

खतिवडाले प्रभावसँग भने, ‘हामीले जे राखेका छौं, दुई वर्षमा केही नदिने भनेर राखेका हौं । त्यही हाम्रो अडान हो । तल (दफा) ५ मा बाहेक भन्ने शब्द राखिएको रहेछ । त्यो किन र कसले राखेको हो, हामी बुझ्दै छौं ।’ उनले ‘बाहेक’ शब्द राख्न नपाइने बताउँदै कुलिङ पिरियड कायम गरिने उल्लेख गरे । ‘हिजो समितिले जे टुंगो लगाएको थियो, त्यसबाट दायाँबायाँ हुँदैन । कुलिङ अफ पिरियड राख्छौं र अहिले जे छ, सच्चिन्छ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली कुलिङ पिरियडको विपक्षमा थिए । उनको दल नेकपा एमाले पनि विपक्षमा थियो । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि त्यति सकारात्मक थिएनन् । मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू कुलिङ पिरियड हटाउन लबिइङमा थिए । सभापति खतिवडाका अनुसार सामान्य मन्त्रालय पुगेपछि नै विधेयकमा गडबढ भएको हो ।

यद्यपि, संसद्बाट १५ असारमा बहुप्रतिक्षित निजामती विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा छलफल हुने छ । राष्ट्रिय सभाबाट पारित भएपछि सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गरेपछि ऐन बनेर कार्यान्वयनमा आउने छ ।

निजामती विधेयक पछिल्ला दिनमा कुलिङ अफ पिरियडका कारण चर्चामा थियो । सचिव र सहसचिवलाई अवकाशपछि दुई वर्षसम्म अन्यत्र काम गर्न रोक्ने गरी कुलिङ अफ पिरियडको व्यवस्था गरिएको भनिएको थियो । त्यही व्यवस्था उल्ट्याउन मुख्यसचिव अर्यालको नेतृत्वमा सचिवहरूको टोली नेताहरूको घरदैलोसमेत गरेको थियो । उनीहरूको यो प्रयासको चर्कोे आलोचना भएपछि गुपचुपरूपमा उक्त बन्देज हटाउने प्रयास गरेका थिए ।

यति हुँदाहुँदै पनि सचिवहरू दुई वर्षे बन्देज हटाउन चाहन्थे । त्यसो नगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका धेरै निकायमा नियुक्तिका लागि सचिवहरूको बाटो लम्बिन सक्थ्यो र राजदूत पदमा त्यही अवस्था आउन सक्ने अवस्था थियो ।त्यही देखेर विरोधमा रहेका सचिवहरू थप विवादमा आउन थालेपछि राजनीतिक नेतृत्वले पनि कुलिङ अफ पिरियडको व्यवस्थासहित विधेयक प्रतिनिधिसभाबाट पारित गरिएको थियो । प्रतिनिधिसभाबाट पारित विधेयकको दफा ८२ को उपदफा ४ मा २ वर्षे बन्देजको व्यवस्था गरेको छ । तर, उपदफा ५ को क र ख बुँदाले भने कुलिङ अफ पिरियडलाई खुला गरेको अर्थ लाग्ने भएपछि कर्मचारी प्रशासन र राजनीतिक वृत्तमा नयाँ तरंग फैलिएको छ ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को सरकारी नियुक्ति नलिने भन्ने व्यवस्था हो । यो व्यवस्थाको आधारमा राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट अवकाश लिएको मितिले दुई वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई नियुक्ति लिन पाइँदैन । अर्थात्, नयाँ व्यवस्थाअन्तर्गत नेपाल सरकारको सचिव वा सहसचिव पदबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक, अन्तरसरकारी, अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायमा सरकारी स्वीकृतिविना नियुक्ति खान पाइँदैन । 

अवकाश भएको एक वर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित संस्था वा त्यस्तो निकायले नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताको रूपमा काम गर्न पाइने छैन । यदि, सरकारको स्वीकृति नलिई कुलिङ पिरियडभित्र नियुक्ति खाने कर्मचारीले निजामती ऐनले तोकेको सेवा सुविधा पाउने छैनन् । अवकाश पाएको कम्तीमा दुई वर्षभित्रै नियुक्ति लिए त्यस्ता कर्मचारीको पेन्सन तथा अन्य सरकारी सुविधासमेत खोसिने प्रावधान विधेयकमा छ ।
 


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP