Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • एमालेमा नेतृत्व दौड भण्डारीलाई छेक्दै ओली
एमालेमा नेतृत्व दौड भण्डारीलाई छेक्दै ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

नेपाली कम्युनिस्ट आन्दोलनले केपी ओलीलाई निरन्तर एमालेको अध्यक्ष चाहिरहेको छ । त्यसैले एमाले नेतृत्वमा उहाँ विकल्पविहीन हुनुहुन्छ ।
विष्णु रिजाल
ओलीनिकट नेता


 


 

 

Hardik health

 

  •  ओली र भण्डारी आसन्न महाधिवेशनमा अध्यक्षका मुख्य दाबेदार 
  •  नेतृत्वमा ‘ह्याट्रिक’ गर्ने दाउमा ओली, ओलीको निरन्तरतामा ‘ब्रेक’ लगाउने अभियानमा पूर्वराष्ट्रपति भण्डारी
  •  ओलीनिकट नेताहरु आक्रामक, ओली विकल्पहीन भएको दाबी
  •  उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्– विद्या भण्डारीलाई भावी अध्यक्षको रूपमा चर्चा गर्नु असान्दर्भिक


काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनको मिति टुंगो नलाग्दै भावी नेतृत्वको लडाइँ सुरु भएको छ । नेतृत्वमा वर्तमान अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ह्याट्रिक’ मार्न चाहेका छन् । त्यही भएर उनले भन्दै आएका छन्– ७० वर्षे उमेर हद र दुई कार्यकालको एजेण्डा पुरानो भइसक्यो ।

ओलीनिकट नेताहरूका अनुसार ओली आगामी महाधिवेशनमा अध्यक्षका निर्विकल्प नेता हुन् । यस्तो दाबीलाई खारेज गर्नेगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी नेतृत्वका लागि अघि बढेकी छन् । उनलाई रोक्न ओली पक्षले भरमग्दुर प्रयास गरिरहेको छ ।ओलीनिकट नेता विष्णु रिजालले ओली विकल्पविहीन नेतृत्व भएको दाबी गरेका छन् । उनले शनिबार ओलीकै गृहजिल्ला झापा पुगेर भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनले केपी ओलीलाई निरन्तर एमालेको अध्यक्ष चाहिरहेको छ ।’

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले त भण्डारीलाई भावी अध्यक्षको रूपमा चर्चा गर्नु असान्दर्भिक भएको तर्क गरेका छन् । तर, भण्डारीपक्ष शक्ति आर्जन गर्दै अघि बढेको छ । पार्टीको जनवर्गीय संगठनहरूमा ओलीविरुद्ध विद्रोह गराउँदै आएका छन् । यसबाट ओली थप रुष्ट बन्दै गएका छन् । यस्तोमा एमालेमा २० वर्ष कसैले आश नगरे हुन्छ भनेर चेतावनीपूर्ण भाषा बोलिरहेका छन् ।ओलीको यस्तो अभिव्यक्ति एमालेभित्र बढ्दो ध्रुवीकरण र पार्टी अन्तरसंघर्षलक्षित थियो । लगत्तै केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति भण्डारीले ओलीका भनाइको काउन्टर गरेकी थिइन् । उनको भनाइ थियो, ‘मेरो मातृ पार्टी एमाले हो । महाधिवेशनमा पार्टीको नेतृत्व निर्माण गर्न प्रक्रिया हुन्छ । अहिलेको नेतृत्वको उमेर र स्वास्थ्य अवस्था देखेर उहाँका अनुयायी पनि चिन्तित छन् । एमाले नेतृत्वमा मेरो नाम पनि विभिन्न ढंगले बाहिर आइरहेको छ । समयमै महाधिवेशन हुनु राम्रो हुन्छ ।’

पार्टी नेतृत्वमा पुरुषमात्रै होइन कि महिला पनि आउन सक्छन् । त्यसको प्रमाणित गर्नुपर्ने बेला आएको छ ।
पद्मा अर्याल
सचिव, नेकपा एमाले

दुईपटकको राष्ट्रपतीय कार्यकाल पूरा गरेलगत्तै भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गराएकी थिइन् । यसपछि पूर्वराष्ट्रपति सक्रिय दलीय राजनीतिमा फर्किनु उचित हो कि होइन भन्ने बहस चलेको थियो । प्रथम राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा कार्यकालको समाप्तिपछि सक्रिय दलीय राजनीतिमा फर्किएनन् ।तर, दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने दुवै सक्रिय राजनीतिमा फर्किएका छन् । पुन आफ्नै पार्टी नेकपा माओवादी केन्द्रको उपाध्यक्ष भइसकेका छन् भने भण्डारी आगामी महाधिवेशनमा पार्टी अध्यक्षको प्रत्याशी बन्ने तयारीमा लागेकी छन् ।

एमालेको ११औं महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्ने हो । तर, विधान महाधिवेशन आगामी भदौको २१, २२ र २३ गते बोलाइएको छ । विधान महाधिवेशन भएको छ महिनाभित्र पार्टी महाधिवेशन गर्ने प्रचलन एमालेमा छ । त्यसो हुनाले चुनाव यही वर्ष हुने सम्भावना रहेको नेता पद्मा अर्यालले प्रभावसँग बताइन् । अर्याल भण्डारीनिकट सचिव मानिन्छिन् । उनले भण्डारीलाई नेतृत्वमा समर्थन गर्ने आशयमा भनिन्, ‘पार्टी नेतृत्वमा पुरुषमात्रै होइन कि महिला पनि आउन सक्छन् । त्यसको प्रमाणित गर्नुपर्ने बेला आएको छ ।’

उनले पार्टी नेतृत्व परिवर्तन सहज बनाउन वर्तमान अध्यक्ष ओलीले नै सल्लाह गर्नुपर्ने, त्यसो नभए समय र सन्दर्भअनुसार प्रतिस्पर्धा हुने संकेत गरेकी छन् । तर, अहिलेदेखि नै तयारी नगरे महाधिवेशनको छोटो अवधिमामात्रै परिणाम ननिस्किने भएकाले यस्तो गृहकार्य प्रारम्भ गरिएको हो । दुई वर्ष अवधिलाई योजनाबद्ध उपयोग गर्ने र पार्टी महाधिवेशनबाट अध्यक्ष ओलीको नेतृत्व परिवर्तन गर्न हरसम्भव सबै उपाय अवलम्बन गर्ने बताइएको छ ।

भण्डारीले आफ्ना पक्षधर कार्यकर्तालाई असुरक्षा सिर्जना नगर्नसमेत सुझाएकी छन् । उनको भनाइ छ– एमाले पंक्तिबाट मलाई नेतृत्वमा आउनुपर्छ भनेर इच्छा व्यक्त गर्नेलाई खतरा किन ? त्यस्तालाई त झन् थप जिम्मेवारी पो दिइनुपर्छ ।गत माघ १४ गते विराटनगरमै भण्डारीले पार्टी नेतृत्वमा तयार रहेको बताएकी थिइन् । ‘म खोपीको देउता भएर अँध्यारो कोठामा बस्दिनँ । मेरो अभियानले काठमाडौंमा भुइँचालो गएको छ,’ उनको भनाइ थियो ।

तर, ओलीले भण्डारीलाई नेतृत्वमा अहिलेदेखि नै अस्वीकार गर्दै आएका छन् । उनले नेतृत्वको विकल्पलाई अस्वीकार गरेका छन् । सोही कारण उनले पार्टी विधानमा सक्रिय पदका लागि ७० वर्षे उमेर हद र दुई कार्यकाल अध्यक्षको प्रावधान हटाइसकेका छन् । राजनीतिक विश्लेषक भीम भुर्तेलको विश्लेषणमा ओलीको तेहेरिने इच्छासामु भण्डारीको अभियानले खासै ठूलो अर्थ राखेको छैन । तर, ओलीकै गृहप्रदेश कोशी, गण्डकीलगायत विभिन्न जिल्लामा भण्डारीले आफ्नो पक्षमा माहोल बनाउँदै लगेकी छन् । भण्डारी राष्ट्रपति हुनुअघि एमाले उपाध्यक्ष थिइन् ।
 


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP