Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि ११ महिनामा सात लाख ६० हजारभन्दा बढी विदेसिए
रोजगारीका लागि ११ महिनामा सात लाख ६० हजारभन्दा बढी विदेसिए
ममता थापा
ममता थापा बुधबार, असार ४, २०८२
चालु आवको ११ महिना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या । स्रोतः वैदेशिक रोजगार विभाग
  •  गत आर्थिक वर्षको भन्दा करिब १९ हजार बढी
  • जेठमा विदेसिनेको संख्या ७४ हजार ४६७ जना
  • चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या सबैभन्दा बढी मंसिर र सबैभन्दा कम असोजमा

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्या सात लाख ६० हजार ३९१ पुगेको छ । यो संख्या गत आर्थिक वर्षभरिमा रोजगारीका लागि विदेसिएकाभन्दा करिब १९ हजारले बढी हो । गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार ९२७ जना रोजगारीका लागि विदेश गएको तथ्यांक छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको अवधिमा रोजगारीका लागि विदेसिएकामध्ये ८५ हजार २५६ जना महिला छन् । बाँकी छ लाख ७५ हजार १३५ जना पुरुष छन् । यो संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो ।

पछिल्लो ११ महिनामा संस्थागत माध्यमबाट तीन लाख २० हजार ५७९ जना रोजगारीमा गएका छन् । यसरी जानेमा दुई लाख ८९ हजार १७५ जना पुरुष र जना ३१ हजार ४४४ जना महिला छन् । विभागको तथ्यांकअनुसार एक लाख २० हजार ९०५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएका छन् । जसमा ९४ हजार १८० जना पुरुष र २६ हजार ७२५ जना महिला छन् । यसैगरी ११ हजार ४३४ जना जिटुजी प्रणालीमार्फत गएका छन् । जसमा १० हजार ११४ जना पुरुष र एक हजार ३२० जना महिला छन् । यस अवधिमा पुनः श्रम स्वीकृति लिएर जानेहरु तीन लाख आठ हजार ६७ जना छन् । जसमा दुई लाख ८१ हजार ६६५ जना पुरुष र २६ हजार ४०२ जना महिला छन् ।

Hardik health

पछिल्लो महिना जेठमा रोजगारीका लागि विदेसिनेको संख्या ७४ हजार ४६७जना रहेको छ । जसमा ६६ हजार ३०२ जना पुरुष र आठ हजार १६५ जना महिला छन् । यो महिनामा खाडी मुलुक र मलेसिया नै श्रमिकहरुको प्रमुख पाँच श्रम गन्तव्य बनेको छ । सबैभन्दा बढी २४ हजार ७०४ जना संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । त्यसपछि साउदी अरबमा ११ हजार ९६१ जना, कतारमा ११ हजार ९१ जना, मलेसियामा सात हजार २३० र कुवेतमा चार हजार ६३० जना गएका छन् ।

जेठ महिनामा ३३ हजार ६३८ जना संस्थागत माध्यमबाट रोजगारीमा गएका छन् । जसमध्ये ३० हजार ९२२ जना पुरुष र दुई हजार ७१६ जना महिला रहेका छन् । आठ हजार ८६० जना पुरुष र तीन हजार ४५ जना महिला गरी कूल ११ हजार ९०५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका तथ्यांक छ । जेठमा संस्थागतभन्दा व्यक्तिगत माध्यमबाट रोजगारीमा जाने महिलाको संख्या बढी देखिएको छ । त्यसैगरी जिटुजीमार्फत इजरायल र कोरियामा एक हजार १७१ जना गएका छन् । जसमध्ये एक हजार ५७ पुरुष र ११४ जना महिला छन् ।

जेठमा सबैभन्दा बढी ४२ हजार ८८२ जना दक्ष श्रमिक रोजगारीमा गएका छन् । त्यसपछि सीप नै नसिकी २० हजार ५७१ जना गएका छन् । १० हजार ४९२ जना अर्धदक्ष, ३४९ जना व्यावसायिक र ७३ जना उच्च दक्ष श्रमिक रोजगारीमा गएका छन् ।विभागको तथ्यांकअनुसार चालु आवको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुस ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३ र वैशाखमा ७८ हजार ५० जना रोजगारीका लागि विदेसिएका छन् ।

यो संख्या व्यक्तिगत, संस्थागत, पुनः श्रम स्वीकृति लिने र जिटुजीमार्फत जानेहरुको हो । चालु आवमा सबैभन्दा बढी मंसिरमा र सबैभन्दा कम असोजमा वैदेशिक रोजगारीका लागि युवाहरु विभिन्न मुलुक गएको तथ्यांक छ ।


 


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP