Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

अमेरिका - गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले  संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको भन्दै  कुनै पनि  भ्रममा नपर्न आग्रह गरेका छन्।

एनआरएनए अमेरिकाद्वारा आइतबार अपरान्ह टेक्सास राज्यको डालसमा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफु नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्।

काठमाडौँको हायात होटेलमा गत मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको  एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।  

Hardik health

 “नेपाल सरकारका प्रतिनिधिहरुको रोहबरमा  गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो, तर सर्वोच्चले अन्तरिम आदेश दिएन, त्यसैले हामी नै आधिकारिक हौं,” श्रेष्ठले भने। परराष्ट्र मन्त्रालयले आफु नेतृत्वको कार्यसमिति नै आधिकारिक कार्यसमिति हो भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको पनि उनले बताए।

 उनले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफुहरु लचिलो भएर अघि बढ्ने बताए। “हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय  कार्यालय जान  हतार गरेका छैनौं,” उनले भने । तर, अब धेरै समय नकुर्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने उनले बताए ।  सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआइएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्विकार गर्दै आएको छ।  

अध्यक्ष श्रेष्ठले  विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि  गरे। “केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरु विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ,” उनले भने। उनले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह पनि  गरे।

उनले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गर्दै भने, "विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ। पहिला विवाद मिलाउनुस्, अनि मुद्दा लिएर आउनुस् भन्छन्।”
 
अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि  र नेपालको समृद्धिजस्ता विषय अगाडी बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको जनाए। उनले  कार्यक्रमका  सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ पनि दिएका  थिए।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता बिहीबार, असोज ९, २०८२
 एनआरएनबाट बग्गीखाना अनुगमन
 एनआरएनबाट बग्गीखाना अनुगमन बुधबार, असोज ८, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP