Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

अमेरिका - गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले  संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको भन्दै  कुनै पनि  भ्रममा नपर्न आग्रह गरेका छन्।

एनआरएनए अमेरिकाद्वारा आइतबार अपरान्ह टेक्सास राज्यको डालसमा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफु नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्।

काठमाडौँको हायात होटेलमा गत मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको  एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।  

Hardik health

 “नेपाल सरकारका प्रतिनिधिहरुको रोहबरमा  गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो, तर सर्वोच्चले अन्तरिम आदेश दिएन, त्यसैले हामी नै आधिकारिक हौं,” श्रेष्ठले भने। परराष्ट्र मन्त्रालयले आफु नेतृत्वको कार्यसमिति नै आधिकारिक कार्यसमिति हो भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको पनि उनले बताए।

 उनले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफुहरु लचिलो भएर अघि बढ्ने बताए। “हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय  कार्यालय जान  हतार गरेका छैनौं,” उनले भने । तर, अब धेरै समय नकुर्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने उनले बताए ।  सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआइएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्विकार गर्दै आएको छ।  

अध्यक्ष श्रेष्ठले  विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि  गरे। “केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरु विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ,” उनले भने। उनले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह पनि  गरे।

उनले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गर्दै भने, "विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ। पहिला विवाद मिलाउनुस्, अनि मुद्दा लिएर आउनुस् भन्छन्।”
 
अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि  र नेपालको समृद्धिजस्ता विषय अगाडी बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको जनाए। उनले  कार्यक्रमका  सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ पनि दिएका  थिए।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार, साउन १८, २०८३
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP