Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
  • #फोनिज संवाद
  • #जिता_मर्ना
  • #एकता दिवस
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’
तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२

धरान -शहर नबिउँझिनुअघि नै बिउँझिन्छिन् शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्छिन् । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उनले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्छिन् । एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या । 
    
उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ । काम गरेर आत्मनिर्भर बन्ने उहाँको सपना झन् तन्नेरी बन्दै गएको छ । “काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या ! झन् झन् बानी पो पर्दोरहेछ । त्यसैले सुरुआती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन”, श्रेष्ठले भनिन् । 

उनका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्नु परेको छ । बारीमै मकै ठेक्कामा लिँदा रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्म कबोल गर्नुपर्छ । एक्लैले त्यसो गर्न नसकेपछि दुई/तीनजना मिलेर काम भइरहेको उनले सुनाइन्  । “साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ”, श्रेष्ठले भनिन् । 

यसरी ल्याइएको मकै प्रतिघोगा सानोको रु १५ र ठूलो रु ५० सम्म बिक्री हुने गरेको छ । यही मकै बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म कारोबार हुने गरेको उनले बताइन् । “यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु । न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ”, श्रेष्ठले भनिन्, “काम ग¥यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ । जिन्दगी चलाउने साहारा नै यही काम छ ।”

Hardik health

 हाल उनी एकल महिला हुन्। छ वर्षअघि श्रीमान्को निधन भएको थियो । पहिले श्रीमान्ले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाइन् । “अब अरू काम गर्न सक्दिन, मकै पोल्नु खासै गाह्रो भने छैन । खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ । दुःख हुन्छ भनेर काम छोड्न नि भएन ! यसैले सबै चीज दिएको छ”, थकित अनुहारमा आशाको भाव झल्काउँदै उनले भनिन् । 
    
श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आएका छन् । सुरुदेखि नै यहाँ बसेर उनले हजारौँलाई स्वादिलो मकै दिइरहेका छन्  । त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन । त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।

“मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन् । मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ । आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ”, उनले भनिन् । यो उनको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो । यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ ।

“जुन दिन म काममा निस्कन्न, त्यस दिन छट्पटी हुन्छ । श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु । बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ”, मुस्कुराउँदै उनले भनिन्ने, “मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो । श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहे छ । ”


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP