काठमाडौं- भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो ।
भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।