Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
समाचार
  • Home
  • समाचार
  • कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ५, २०८२

काठमाडौँ-  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत यसवर्ष ३५४ वटा परियोजनामा अनुसन्धानका काम भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले सोधिएको लिखित प्रश्नको जवाफ दिँदै उनले बालीनालीतर्फ १०६, पशुपालनतर्फ ७७, बागवानीतर्फ ७०, बहु–क्षेत्रतर्फ ४१ र मत्स्यपालनतर्फ ३५ वटा परियोजनामा अनुसन्धान भइरहेको जानकारी गराएका हुन्  ।

यी अनुसन्धान परियोजनाबाट वैज्ञानिकले बालीनालीको जात तथा पशुवस्तुको नश्ल विकास, कृषि प्रविधि विकास, स्रोतसामग्री उत्पादन, स्रोत संरक्षण, प्रविधि हस्तान्तरण तथा सेवा प्रदान र सामाजिक–आर्थिक विश्लेषण तथा कृषि नीतिसम्बन्धी सुझाव प्रदान गर्नेजस्ता काम गर्दछन् । चालु आर्थिक वर्षको अनुसन्धान बजेटको क्षेत्रगत प्राथमिकता बालीनाली ३०, पशुपालन २२, बहुक्षेत्र १७, बागवानी १५, मत्स्यपालन आठ र अन्यतर्फ सात प्रतिशत छ ।

चालु आवमा सञ्चालित अनुसन्धान परियोजनाअन्तर्गत हालसम्ममा धानको एक, स्याउको तीन, जुनारको चार, ओखरको दुई, कागतीको एक, मेकाडेमीयानटको एक, सुन्तलाको दुई, आभोकाडोको तीन गरी जम्मा १७ जातको पञ्जीकरण प्रस्ताव पेस गरिएकोमा राष्ट्रिय बीउबिजन समितिले स्याउको तीन, सुन्तला जातको दुई र आभोकाडोको तीन गरी जम्मा आठ वटा नयाँ जातको पञ्जीकरण गरिसकेको छ । चालु आवको अन्त्यसम्ममा थप आठ जातको पञ्जीकरणका लागि प्रस्ताव पेस गर्ने लक्ष्य रहेको पनि मन्त्री अधिकारीले बताए ।

Hardik health

त्यसैगरी, चालु आवको अन्त्यसम्ममा अन्नबालीसम्बन्धी २२, बागवानीसम्बन्धी २३, पशुपालनसम्बन्धी १५, मत्स्यपालनसम्बन्धी १०, खाद्यसम्बन्धी दुई, कृषि यन्त्रीकरणसम्बन्धी तीन गरी जम्मा ७५ वटा कृषि प्रविधि सिफारिस गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

चालु आवको अन्त्यसम्ममा विभिन्न बालीनालीको ९०० टन स्रोत बीउ (प्रजनन र मूल) उत्पादन गर्ने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा ३८० टन उत्पादन भइसकेको पनि उनले संसद्मा जानकारी गराए । नार्कलाई अनुसन्धानका लागि करिब ९७ प्रतिशत नेपाल सरकारबाट र बाँकी तीन प्रतिशत दातृनिकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट वार्षिक रुपमा प्राप्त हुने गरेको छ ।

नार्कअन्तर्गतका बागवानी सम्बन्धित अनुसन्धान केन्द्रले बिरुवा उत्पादन गरी सिधै किसानलाई उपलब्ध गराउने गरेको नभई सिफारिस गरिएका उन्नत जातका तरकारी तथा फलफूलका स्रोत बीउ तथा बेर्ना उत्पादन गरी नर्सरी तथा स्रोत केन्द्रहरुलाई उपलब्ध गराउने गरिएको मन्त्री अधिकारीले जानकारी दिए । ती नर्सरी तथा स्रोत केन्द्रले बीज वृद्धि गरी किसानलाई उपलब्ध गराउँछन् ।

चालु आवको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख स्रोत बेर्ना/बिरुवा नर्सरी तथा स्रोत केन्द्रलाई उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा १५ हजार ६९२ बेर्ना/बिरुवा बिक्री/वितरण गरिसकिएको पनि मन्त्री अधिकारीले बताए । फलफूलको आयातका सम्बन्धमा मन्त्रालयले वार्षिक र भन्सार विभागबाट नियमित रुपमा तथ्याङ्क राख्ने गरेको उहाँले संसद्मा जानकारी गराए । कृषि अनुसन्धान परिषद्मा रहेका केही वैज्ञानिक अध्ययनका लागि बाहिर गएका छन् ।

करिब १०/१२ जना लामो समयदेखि नफर्किएको पनि मन्त्री अधिकारीले संसद्मा जानकारी गराए । बैठकमा सांसद सुवालले फलफूल के, के र कति र कति उत्पादन भएको एवं कृषि वैज्ञानिकको सङ्ख्या कति छ ? भनी प्रश्न गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सांसदहरूकाे निजी सचिवको सुविधा बन्द
सांसदहरूकाे निजी सचिवको सुविधा बन्द शुक्रबार, कात्तिक २१, २०८२
मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ सुरु
मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ सुरु शुक्रबार, कात्तिक २१, २०८२
दाङमा  करिब एक हजार सात सय मतदाता थपिए
दाङमा करिब एक हजार सात सय मतदाता थपिए शुक्रबार, कात्तिक २१, २०८२
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध शुक्रबार, कात्तिक २१, २०८२
पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त
पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त शुक्रबार, कात्तिक २१, २०८२
वित्त परिचालन विधेयक राष्ट्रिय सभामा दर्ता
वित्त परिचालन विधेयक राष्ट्रिय सभामा दर्ता शुक्रबार, कात्तिक २१, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्‍चालन हुने
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्‍चालन हुने शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP