काठमाडौं - वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो ।
यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।
प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।
प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।