Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी
ममता थापा
ममता थापा बिहीबार, जेठ १, २०८२

कुनै पनि हालतमा सिण्डिकेट मान्दैनौं: भुवनसिंह गुरुङ

सिण्डिकेट ल्याइए मलेसियाको रोजगारी नै बन्द गर्नुपर्छ: प्रेम कटुवाल

सिण्डिकेट ल्याउन खोज्ने व्यवसायीहरुको नाम सार्वजनिक गरौं: रोहन गुरुङ

कानुनले बर्जित गरेको सिण्डिकेट ल्याउन लाग्नेहरु सजायको भागीदार बन्नुपर्छ: जनक रावल

काठमाडाैं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार व्यवसायमा एकाधिकार (सिण्डिकेट) लागू हुन नदिने घोषणा गरेको छ । संघले बुधबार सिण्डिकेटविरुद्ध खबरदारी तथा विरोध कार्यक्रम नै राखेर यस्तो घोषणा गरेको हो । 

मलेसियामा रोजगारी खुलेसँगै त्यहाँ सीमित व्यवसायीले मात्र कामदार पठाउन पाउनेगरी सिण्डिकेट लागू गर्ने प्रयास भइरहेको भन्दै संघले विरोध जनाउँदै आएको छ । यस्तो आशंका व्यापक हुन थालेपछि संघले त्यसविरुद्ध खबरदारी गर्न विरोध कार्यक्रम आयोजना गरेको बताएको छ । वैदेशिक रोजगार व्यवसायलाई स्वस्थ प्रतिस्पर्धात्मक र मर्यादित बनाउन व्यवसायीको ऐक्यबद्धता जुटाउने उद्देश्य पनि उक्त कार्यक्रमको रहेको बताइएको छ । 

कार्यक्रममा संघका अध्यक्ष भुवनसिंह गुरुङले कुनै पनि हालतमा सिण्डिकेट मान्य नहुने बताए । उनले सिण्डिकेट ल्याउने सपना देख्नेहरुलाई व्यवसायबाट हात धुन तयार हुनसमेत चेतावनी दिए । ‘वैदेशिक रोजगार व्यवसायी संघ सिण्डिकेट ल्याउन खोज्नेहरुकाविरुद्ध जस्तोसुकै कदम चाल्न पनि तयार छ,’ गुरुङले भने । सबै व्यवसायीले निर्वाधरुपमा व्यवसाय गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने भन्दै एकाधिकार ल्याउने सपना देखे उनीहरु स्वयंका लागि आत्मघाती हुने उनले बताए ।

संघका पूर्वअध्यक्ष रोहन गुरुङले सीमित व्यवसायीले मात्र काम गर्न पाउने भए मलेसियाको रोजगारी बन्द गरिनुपर्ने बताए । व्यवसायीहरुबीच अन्य कुरामा असहमति भए पनि सिण्डिकेटको विषयमा एक ढिक्का हुनुपर्नेमा उनले जोड दिए । यदि सिण्डिकेट लागू भए संघ जवाफदेही हुनुपर्ने भएकाले यसमा होसियार हुन वर्तमान कार्यसमितिलाई सुझावसमेत दिए ।

Hardik health

‘संघका साथीहरु कोही पनि सिण्डिकेटको पक्षमा हुनुहुन्न । उनहरु यो ल्याउन चाहनुहुन्न भन्ने सबैलाई थाहा छ । तर यदि सिण्डिकेट आइहाल्यो भने संघले नै हो जवाफ दिने,’ पूर्वअध्यक्ष गुरुङले भने । संघले ‘हामी सिण्डिकेट मान्दैनौं भनेर मात्र जिम्मेवारी पूरा नहुने उनको भनाइ छ । सिण्डिकेट ल्याउन खोज्नेहरु व्यवसायभित्रै रहेकाले प्रतिबद्धतापत्र लिएर नआउने मलेसिया काम गर्ने व्यवसायीहरुको नाम सार्वजनिक गर्न संघ उनले संघसँग माग गरे ।

संघका अर्का पूर्वअध्यक्ष प्रेम कटुवालले पनि सिण्डिकेट ल्याइए मलेसियाको रोजगारी नै बन्द गरिनुपर्ने बताए । यदि मलेसियालाई नेपाली कामदार चहिन्छ भने अन्य मुलुकमा जसरी काम हुन्छ त्यसैगरी काम गर्न पाउनुपर्ने उनको भनाइ छ ।प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले अन्तर्राष्ट्रिय कानुनले बर्जित गरेको सिण्डिकेट ल्याउन कोही लागेको भए उनीहरु सजायको भागीदार हुन तयार भएर बस्न चेतावनी दिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा व्यवसायीहरुले सिण्डिकेट ल्याउन खोज्नेलाई भौतिक कारबाही गर्नसमेत पछि नपर्ने बताएका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, संघका पूर्वअध्यक्ष दानबहादुर तामाङ, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीलगायत संघका पदाधिकारी र व्यवसायीहरुको उपस्थिति थियो । उपस्थित व्यवसायीहरुले सिण्डिकेटविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रतिबद्धतापत्रसमेत बुझाएका थिए ।

व्यवसायीको सुझाव
संघले कार्यक्रममा उपस्थित व्यवसायीहरुबाट सिण्डिकेटविरुद्ध कसरी जाने भनेर सुझाव संकलन गरेको थियो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले सिण्डिकेट लगाएर ल्याएको मागपत्र प्रमाणीकरण गरे मन्त्रालयदेखि विभागसम्म घेराउ गर्न सबै व्यवसायीहरु जानुपर्ने बताएका थिए ।

त्यस्तै संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थाका पदाधिकारीसँग यस विषयमा अन्तक्र्रिया गर्दा अझ प्रभावकारी हुने सुझाव दिएका थिए । गन्तव्य मुलुकसँग छलफल गरेर एमओयूमा पनि खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

‘क्युबिसी, गाम्कालगायत सबै सिण्डिकेटकै स्वरुप भएकाले यसबाट पाठ सिक्नुपर्छ । श्रम मन्त्रालय गएर मात्र पनि हुँदैन । परराष्ट्र मन्त्रालयसम्म गएर एकाधिकार स्वीकार्य हुँदैन भन्ने जानकारी गराउनुपर्छ,’ लक्की एचआर सोलुसनका ऋषि शर्माले भने । उपस्थित व्यवसायीले सिण्डिकेट ल्याए सरकारले त्यस्ता मुलुकमा कामदार नपठाउने प्रतिबद्धता व्यक्त गरेमात्र ढुक्क हुने स्थिति बन्ने बताएका थिए । नयाँ व्यवसायीलाई यस्ता किसिमका हल्लाले हतोत्साही बनाएकाले गैरकानुनी अभ्यास गर्न खोज्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग व्यवसायीहरुको छ ।

 

 

 


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP