Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ३१, २०८२
Hardik health

काठमाडौं - बालकमाथि हुने यौन हिंसा र शोषण ओझेलमा परेको पाइएको छ ।  बाल आवाज (भ्वाइस अफ चिल्डेन) ले आज ‘बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता  अभियान’ विषयक कार्यक्रममा बालकहरुप्रति हुने यौन हिंसा, दुव्र्यवहार, शोषण पर्ने गरेको तर त्यसलाई गम्भीररुपमा नलिने गरेको पाइएको हो ।
       
बाल परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरुको पीडा बुझ्ने र सुन्ने थोरै भएको अवस्था भएको र यौन हिंसाको सिकार बालिका मात्र हुन्छन् भन्ने सोचका बीच सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरु हिंसा हुने गरेको तथ्य बाहिर आएको बताए । “बालकहरुमाथि हुने यौन हिंसाको घटनालाई नीलो छाता अभियानले विश्वसामु फैलाएको छ, कानुनी मान्यताको लडाईमा पनि लागिरहेको छ”, उनले भने, “नेपाल पनि यो अभियानमा लागेको छ ।”
       
बालकको संरक्षणका लागि सुरु भएको हस्ताक्षर अभियान थप महत्वपूर्ण भएको र कानुनी मान्यतासहित सामूहिक प्रयासले मात्र बालअधिकार सुरक्षित हुने र अभियानमा सबै क्षेत्रको सक्रियताको खाँचो रहेको उनको भनाइ थियो । “बालकको संरक्षणका लागि कानुन संशोधनमा गएको छ”, सदस्य सचिव ढकालले भने, “परिषद् कानुन संशोधन गर्न प्रतिबद्धता छ ।” सन् २०२५ मा सार्वजनिक भएको ल्यासेन्ट पब्लिकेसनमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार विश्वमा १४.८ प्रतिशत पुरुषहरुले १८ वर्ष पुग्नुअगावै यौन हिंसा भोग्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
       
सूचना प्रविधिको प्रविधिको प्रयोगसँगै बालकहरु यौन हिंसाको जोखिममा रहेका छन् । नेपाल प्रहरी साइबर ब्युरोको तथ्यांकअनुसार आव २०७९÷८० मा जम्मा १७६ जना बालबालिका (बालक ५१ र बालिका १२५) साइबर अपराध पीडित भएकोमा आव २०८०÷२०८१ मा २५३ बालक र बाँकी ३८२ बालिका रहेको पाइएको छ ।  बाल आवाजका निर्देशक राजु घिमिरेले महिला, किशोरी, बालिकालाई मात्रै यौन हिंसा हुन्छ भन्ने बुझाइ रहेकोमा बालकहरु वा छोरा पनि यौन हिंसामा पर्ने हुनाले छुट्टै कानुनको आवश्यकता रहेको बताए । उहाँले बालकहरु माथि हुने यौन हिंसाबिरुद्ध निलो छाता अभियान सञ्चालन गरेको भनाइ राखे ।
       
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ मा प्रतिबद्धता जनाई हस्ताक्षर गरेको ३६ वर्ष भएको छ । नेपालको संविधान २०७२ ले बालअधिकारलाई मौलिक हकका रुपमा राखेको छ । बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ लगायत विभिन्न बालसंरक्षणसम्बन्धी दर्जनौँ कानुनहरु, निर्देशिका, कार्यविधि बनेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालबालिकाहरु यौन दुव्र्यवहार, हिंसा र शोषण पर्नुपरेको छ । सञ्चारकर्मी कीर्ति भट्टराईले ‘बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान’ विषयक कार्यत्रपत्र प्रस्तुत गर्दै हिंसा र दुव्र्यवहार सहन नसकेर कतिपय बालकहरुले आत्महत्यासम्मको अवस्थामा पुगेको बताए ।
       
यो अभियानलाई सफल बनाउन नेपालबाट सन् २०२४ मा सुरु भएको हस्ताक्षर संकलन अभियान २०२५ सेप्टेम्बरसम्ममा अनलाइन र अफलाइन माध्यमबाट ४० हजार पुर्याउने लक्ष्य राखेको छ ।   उनले छोराहरु यौन हिंसामा पर्दैनन् भन्ने सोच आम मानिसमा रहेको भए पनि पीडित बालकहरुलाई न्याय दिन सकिएको अवस्था रहेको र शिक्षा तथा कानुनमा पनि भर्खरै संशोधन भएको र बालिका भनिएको ठाउँमा संशोधित कानुनमा बालबालिका भन्ने शब्द राखिएको जानकारी दिए।

सन् २०२१ अप्रिल २६ तारिखलाई भ्वाइस अफ चिल्डेनले सचेतना दिवसका रुपमा मनाउँदै आएको छ । बालकहरुमाथि पनि यौन हिंसा हुन्छ भन्ने सन्देशसहितको चित्रकला प्रदर्शन र विभिन्न माध्यमबाट सचेतना जगाउने काम गरेको बताएको छ । खोजतलास केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) महेश थापाले प्रहरीमा दर्ता हुन आएका मुद्दालाई हामीले गम्भीर रुपमा अध्ययन गरी पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरेका जानकारी दिए । सहभागीहरुले नेपालका बाल बालिकाहरुको यौन दुव्र्यवहारका विषयमा थप अनुसन्धान गर्नुपर्ने र थप पीडित हुन नदिनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP