Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ३१, २०८२

काठमाडौं -  ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माण आरम्भ भएको उद्घोष गरेका  थिए । 
    
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले चलचित्रकर्मीलाई छायाङ्कनलगायतको प्रयोजनका लागि सहयोगी हुने विश्वास गरिएको छ । स्टुडियो निर्माणका लागि झन्डै रु ३७ करोड लागत अनुमान गरिएको छ ।अभिनेता तथा निर्देशक नीर शाहले छ दशकदेखि अभाव बल्ल पूरा हुने आशा पलाएको प्रतिक्रिया दिनुभयो । आफू विसं २०२२ मा एउटा चलचित्र छायाङ्कनका लागि नेपाल बाहिर जानुपर्ने अवस्थालाई स्मरण गर्दै उनले आगामी दिनमा प्रविधियुक्त स्टुडियो निर्माण गरेर विदेशी चलचित्रकर्मीलाई आकर्षित गर्नुपर्ने बताए।

“ढिलै भए पनि हामीले स्टुडियो बनाउने उद्घोष गरेका छौँ । यो एउटा नयाँ युगको सुरुआत हो । यसबाट हामीले आफ्ना नवीनतम् कामलाई सुरुआत गर्न सक्छौँ”, अभिनेता शाहले भने । उनले सरोकारवाला निकायले उत्तरदायी भूमिका निर्वाह गरेकै कारण स्टुडियो निर्माण प्रारम्भ भएको बताउँदै समयमै काम सम्पन्न गर्न आग्रह गरे । 

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले स्टुडियोले चलचित्रकर्मीको कामलाई सहज बनाउने विश्वास व्यक्त गरे  । “हामीले प्राविधिक सहायताले धेरै काम गर्न सक्छौँ । स्टुडियो समयमै निर्माण भएर चलचित्रकर्मीले उपयोग गर्न पाएमा यसबाट हामीले नयाँ किसिमको चलचित्र निर्माणसँगै अन्य धेरै फाइदा लिन सक्छौँ । यो हामी चलचित्रकर्मीका लागि सुखद समाचार हो”, उनले भने  । 

Hardik health

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले स्टुडियो बन्ने खबरले चलचित्रकर्मीहरू उत्साहित भएको बताए । “यो राम्रो कामको सुरुआत हो । हामीले केही गरेनौँभन्दा पनि गरिरहेका छौँ, प्रयासरत छौँ भन्ने सन्देश दिनु राम्रो हो । समयमै स्टुडियो निर्माण पनि सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु । हामी सकारात्मक सोच राखेर आशावादी हुनुपर्छ, त्यसले सुन्दर नतिजा दिन्छ”, अभिनेता गिरीले भने । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदको कार्यभार सम्हालेदेखि नै तीन वटा काम पूरा गर्ने लक्ष्य लिएको बताए।  “चलचित्र क्षेत्रलाई समयानुकूल बनाउन परिमार्जित चलचित्र ऐन, रियल टाइम बक्सअफिस डाटा र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो प्राथमिकतामा राखेर काम गरेको थिए, हामीले यी तीनै काममा सफलता हात पारेका छौँ । यसले नेपाली चलचित्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त छौँ”, अध्यक्ष डिसीले भने ।  कार्यक्रममा मिलन चाम्स, दीपाश्री निरौला, निर्मल शर्मा, अर्जुनकुमार, सिताराम कट्टेल, जीतु नेपाल, वसुन्धरा भुसाललगायत कलाकर्मी उपस्थित छन् । 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै शुक्रबार, असोज ३१, २०८२
‘काठमाडौँ  हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि
‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP