Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #भूकम्प
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल
विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ३०, २०८२
RBB RBB

धरान -  तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहनुभएको छ । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहनुभएको छ ।
 
अजितले दुबईमा काम गर्दा महिनाको रु ३५–४० हजार कमाउनुहुन्थ्यो तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो । उहाँ भन्नुहुन्छ, “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ ।”

उनले भने ,  “सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्यो । विसं २०७० मा दुईवटा टनेलमा रु दुई लाख २७ हजारको लगानीमा सुरु गरेको थिएँ । सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो । तर, तालिम र अनुभवले समस्या पार गरेँ । विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ ।”

अहिले उहाँले १२  टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । ती टनेलबाट अफसिजनमा दिनहुँ करिब तीन सय केजी बढी च्याउ उत्पादन हुने गरेको छभने सिजनमा छ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।

पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो । उहाँ भन्नुहुन्छ, “त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ, जुन समय प्रतिकेजी रु ६० देखि रु ८० मा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी रु एक सय ६० देखि रु एक सय ७० सम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धनेर वर्षमा रु १८ लाख बढी मज्जाले बचत हुने गरेको छ ।” अहिले वर्षमा र २२ देखि २४ लाखसम्मको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर रु १८ लाख बचत गर्ने गरेको उहाँले बताए ।

अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन । सुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउनुहुन्छ भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर  फोन गर्छन् । उनले भने “व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले रु २० देखि रु ३० कम मूल्यमा दिने गरेका छौँ । आफैँले बजार पुर्याउन सके हामीलाई नाफा हुन्छ । धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफँै लिन आउने गरेका छन् ।”
 
अहिले उनले टनेलमा दुई जना युवालाई रोजगारी दिएका छन्  भने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको उहाँ सुनाउनुहुन्छ । देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उनको भनाइ छ ।
 
परदेशको कमाइ परदेशमै सकिन्छ । तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ । उनले भने , “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उनको अनुभव छ । 

च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ । च्याउखेतीमा चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ । उहाँले अहिले कन्य जातको च्याउखेती गरिरहेका छन्  । यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो रहेको भुजेलले बताए ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप जीवनशैली
अचार बेचेरै मासिक ६० हजार कमाइ
अचार बेचेरै मासिक ६० हजार कमाइ मंगलबार, जेठ ६, २०८२
युट्युबबाट उद्यमी बन्दै
युट्युबबाट उद्यमी बन्दै बिहीबार, जेठ १, २०८२
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का आइतबार, वैशाख २८, २०८२
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे बुधबार, वैशाख २४, २०८२
विदेशबाट फर्किएर मौरीपालन
विदेशबाट फर्किएर मौरीपालन बिहीबार, वैशाख १८, २०८२
बंगुर पालेर स्वरोजगार र आत्मनिर्भर
बंगुर पालेर स्वरोजगार र आत्मनिर्भर शुक्रबार, वैशाख १२, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP