Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी
सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ३०, २०८२

गण्डकी,- गण्डकी प्रदेशभित्रका स्थानीय तहका न्यायिक समितिहरूको दोस्रो न्यायिक सम्मेलन सोमबार सकिएको छ । दुई दिनसम्म बागलुङ बजारमा आयोजित सम्मेलनले आठ बुँदे बागलुङ घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्याय सम्पादनमा एकरूपता ल्याउनेदेखि न्यायिक समितिको संस्थागत विकासमा प्रतिबद्धता जनाइएको छ ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार न्यायिक समितिका कामलाई प्रकृयागत र विधिसम्मत सञ्चालन गर्नका लागि गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका न्यायिक इजलासलाई एकरूपताका साथ सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । गण्डकी प्रदेश सरकारसँगको समन्वयमा साझा कार्यविधि तयार गरी न्यायिक कार्यसम्पादनलाई एकरूपता दिने प्रतिबद्धता सम्मेलनले गरेको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायकि समितिका संयोजक राजु खड्काले जानकारी दिए।

दलित, आदिवासी, अल्पसङ्ख्यक, विपन्नलगायत समुदायलाई आर्थिक विकास, उत्पादन र रोजगारीमा जोड्दै सामाजिक न्याय प्रदान गर्ने प्रतिबद्धता गरिएको छ । न्यायिक समितिहरूले हालसम्म गरेका काम र गतिविधि समेटेर न्यायिक प्रोफाइल प्रकाशन गर्ने, न्यायिक समितिको संस्थागत विकास, अन्तर स्थानीय तह अनुभव आदानप्रदान, असल अभ्यासको अनुशरण, आपसी सहयोग र सहकार्यमा जोड दिइएको उपप्रमुख खड्काले बताए । स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग गर्दा प्रचलित ऐन, कानुनले आत्मसाथ गरेको मेलमिलापको पद्धतिलाई थप व्यवस्थित र प्रभावकारी बनाई मेलमिलापको माध्यमबाट समाजमा शान्ति कायम गर्ने कार्यमा न्यायिक समितिहरू सधैं तत्पर रहने घोषणापत्रमा उल्लेख गरिएको छ । बागलुङ नगरपालिकाको आयेजनामा भएको उक्त सम्मेलनले हरेक छ महिनाको अन्तरालमा न्यायिक सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।आगामी सम्मेलन मुस्ताङको लोमान्थाङ गाउँपालिकामा हुनेछ । सम्मेलनले बाँकी रहेको स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्तीका लागि प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सम्मेलनबाट बागलुङ नगरपालिकाका उपप्रमुख खड्काको नेतृत्वमा ११ सदस्यीय न्यायिक समिति मञ्च गठन गरिएको छ ।

Hardik health

गण्डकी प्रदेशस्तरीय उक्त मञ्चको सदस्यमा प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ । सल्लाहकारमा न्यायिक मञ्चका संस्थापक संयोजक गोरखा नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मसलीमाया थोकर चयन हुनुभएको छ । न्यायिक समितिको क्षमता विकाससँगै कामकारबाहीको प्रभावकारिता अभिवृद्धि गर्न, न्याय सम्पादनमा एकरूपता ल्याउन, कानुनी संरचनालाई थप व्यवस्थित बनाउने आदि उद्देश्यले न्यायिक सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा संविधानविद् काशीराज दाहाल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले विषगत प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो ।

सम्मेलनमा सहभागीहरूलाई बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट र शालिग्राम सङ्ग्रहालयको स्थलगत भ्रमण पनि गराइएको थियो । सम्मेलनस्थलमा स्थानीय संस्कृति झल्काउने नाचगीत प्रदर्शन गरिएको थियो । सम्मेलनमा प्रदेशका ८५ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक र सदस्यहरूको सहभागिता रहेको थियो । यसअघि पहिलो न्यायिक सम्मेल गत वर्ष असोजमा गोरखाको गोरखा नगरपालिकामा आयोजना गरिएको थियो । 


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP