Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२

वीरेन्द्रनगर-  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताएका छन्  । 

नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रशारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरू गरिएको समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरे  । 

“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ । प्रदेशमा सञ्चारका संस्थागत संरचना निर्माण गर्नु त्यसैको हिस्सा हो,” मन्त्री गुरुङले भने, “मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध अझ सशक्त हुनु हो, यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ ।”

Hardik health

कर्णाली प्रदेश सुनिने मात्र नभएर जनताले चाहे जसरी विकास विश्वास व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारका सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताए । 

रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) ले जनतालाई केन्द्रित गरेर अघिबढेको उनको भनाइ  छ । मन्त्री गुरुङले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै उहाँले यसलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । 

एनटिभिलाई विश्वसामु पुर्‍याउन यसै वर्षदेखि अङ्ग्रेजी भाषामा प्रशारण गर्ने तयारी गरिएकाले उहाँले जानकारी दिए । कर्णाली प्रदेशले अघि बढाएको  डिजिटल प्रदेशको योजनालाई सङ्घले सहकार्य गरेर सहयोग गर्ने मन्त्री गुरुङले उल्लेख गरे  खस भाषाको समाचार सुरुआताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुदृढ गराउनका लागि ऐतिहासिक प्रयास भएको बताए । 

सञ्चारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले आगामी दिनमा यस्ता रचनात्मक कार्यलाई अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे  ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास र समृद्धिका कुरा जनप्रतिनिधि र कर्मचारीको मात्र नभइ सबैको साझा विषय हो भनेर बुझाउन आवश्यक रहेको बताए । उनले कर्णाली विकट मात्र भएको प्रचार भएकाले भन्दै यहाँको सम्भावना र विकासका गतिविधि पनि प्रचार हुन आवश्यक रहेको भन्दै यसमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, “हामी कर्णाली बनाउन लागिरहेका छौँ । कर्णालीको विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ ।”

यस्तै, सार्वजनिक सेवा प्रशारण नेपालअन्तर्गत रेडियो नेपाल प्रादेशिक प्रशारण सुर्खेतबाट खस भाषामा समाचार तथा कार्यक्रम सुरू गरिएको छ । प्रत्येक दिन साँझ ५ः०५ देखि ५ः१५ सम्म खस भाषामा समाचार प्रशारण हुनेछ । योसँगै रेडियो नेपालबाट २६ भाषामा समाचार प्रशारण हुन थालेको छ । सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले खस भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले खस भाषामा समाचार तथा कार्यक्रम प्रशारण गरिएको जानकारी दिए । उनले नेपाल टेलिभिजनको प्रदेश ब्यूरोले कर्णाली प्रदेश केन्द्रित गरेर समाचार तथा कार्यक्रम उत्पादनममा सहयोग पुग्ने र यस सार्वजनिक सेवा प्रशारण नेपाललाई अझै प्रभावकारी बनाउने तर्क गरे । 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP