काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् ।
गृहमन्त्रीले राजीनामा दिएको विषयमा सञ्चारकर्मीले गरेकाे प्रश्नमा उनले भने, 'जे गर्नुभयो, राम्रो गर्नुभयो' ।
विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।