काठमाडौं- ह्याउँनिभाः अनुसन्धान केन्द्रको आयोजनामा दुई दिने शोध लेखन तालिम सम्पन्न भएको छ । नेपाल सरकार, बागमती प्रदेश महिलाका लागि सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम अन्तर्गत महिला शोध विद्यार्थी लक्षित शोध लेखन तालिम सम्पन्न भएको हाे ।
नेपाल भाषा अध्ययन गर्ने स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई लक्षित उद्धरण व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरिएको तालिममा पाटन क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस लगायत विभिन्न क्याम्पसका करिब ५० जना विद्यार्थीहरूले सहभागिता जनाइएको थियो ।
सो तालिममा पाठ उद्धरण, सन्दर्भ सूची, ग्रन्थसूची र उद्धरणको लागि डिजिटल समर्थन सम्बन्धी शैक्षिक लेखनको तालिम समावेश थियो। गत शुक्रबार र शनिबार ह्यउनिभा अनुसन्धान केन्द्रका अध्यक्ष अनुप सिंह सुवालले तालिम दिएका थिए ।
आयोजकका तर्फबाट सदस्य रितेश मल्लले अतिथि गणहरूलाई स्वागत मन्तव्य राखेर सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद सभासद समिता खड्गी श्रेष्ठले सुकुन्दामा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा उनले यो तालिम थेसिस गर्ने विध्यार्थीका लागि अत्यन्त उपयुक्त भएको जनाउँदै भविष्यमा एमफिल, पिएचडीका लागि तालिम समेत आयोजना गर्न सफल रहोस् भनेर शुभकामना व्यक्त गरिन् ।
तालिम सफल बनाउने सम्पुर्णलाई सृष्टि शाक्यले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन मनरा प्रजापतिले गरेका थिइन् । आयोजकले थेसिसमा देखिएको समस्यालाई सरल गर्नका लागि छ महिना अगाडि शोध प्रस्ताव पश्चात दोश्रो पटक तालिम दिइएको थियो ।