Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • नगरपालिकाद्वारा हाटबजार सञ्चालन
नगरपालिकाद्वारा हाटबजार सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ९, २०८३

त्रिशूली- नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधैँ उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले आजदेखि कृषि हाटबजार केन्द्र सञ्चालनमा ल्याएको छ । पछिल्लो समय बजारमा देखिएका असन्तुलित मूल्य अवस्था र त्यसमार्फत विचौलिया हाबी भएको भन्दै नियन्त्रणका लागि हाटबजार सञ्चालनमा ल्याइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार किसानले उत्पादन गरेका कृषिउपज सामग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामग्री हाटबजारमा उचित मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाइ उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाउने व्यवस्थाको सुनिश्चित गरिएको छ ।

“किसानले उत्पादन गरेका सामग्री बिक्री गर्न नगरले निःशुल्क स्थान उपलब्ध गराएकाले सहुलियत शुल्कमा उपभोक्तासमक्ष प्रत्यक्ष पुर्या‍‍उन सहज बन्नेछ,” नगरप्रमुख श्रेष्ठले भने, “उपभोक्ताबाट गरिएको मागअनुसारर सञ्चालनमा ल्याइएको हाटबजारमा कृषि सामग्रीमा नदेखिने गरेर भइरहेको विचौलिया अन्त्य गर्न सकिने विश्वास छ ।”

Hardik health

किसानले उत्पादन गरेका सामग्री व्यवसायीमार्फत उपभोक्तामाझ पुर्‍याउँदा यसबीचमा हुने विभिन्न चरणका कारोबारले लगानी दोब्बर पुग्ने गरेको छ । किसानले लगानीअनुसार मूल्य नपाएको गुनासो र उपभोक्ताले लगानी गरेको महँगो शुल्कमा ताजा र गुणस्तरीय सामग्री नपाएको समस्याको प्रमुख कारण व्यवसायका नाममा देखिएका विचौलियाको गतिविधि रहेको नगरपालिकाको बुझाइ छ ।

सोही गुनासो र समस्यालाई मध्यनजर गर्दै नगरपालिकामार्फत गठित समितिले गरेको अध्ययन र दिएको सिफारिसका आधारमा हरेक आइतबार सेवा दिने गरेर हाट बजार केन्द्र सञ्चालमा ल्याएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । किसान र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले नगरपालिकाले गत मङ्सिरदेखि वडा नं ९ कोलनीमा हाटबजार सञ्चालनमा ल्याइएको थियो ।

उक्त बजारको प्रभावकारिता र थप स्थानबाट आएको मागका आधारमा वडा नं ४ स्थित हावाघरमा हाटबजार केन्द्रको विस्तार गरिएको हाटबजार कार्यक्रम सञ्चालनका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिए । उनको अनुसार हाटबजारमा किसान तथा उद्यमीको उत्पादित सामग्री बिक्रीका लागि निःशुल्क स्थान उपलब्ध, मूल्य निर्धारण, बिक्रीको सुनिश्चितता नगरपालिकाले गर्नेछ । 


प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP