Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै
साकेला उभौली चाड ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२

खोटाङ- किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ ।

साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदानप्रदानसहित महिना दिनसम्म साकेला उभौली चाड मनाउने गरिएको छ । 

साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उभौलीको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिन्छ ।

साकेला उभौलीको अवसरमा किरात राईहरूको ऐतिहासिक थलो मानिएका जिल्लाका विभिन्न ठाउँमा विधिवतरूपमा पूजाआजा गरिएसँगै यो चाड मनाउने प्रचलन छ । किरात समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठूलो चउरमा गोलो घेरा हालेर साकेला नाचिन्छ ।

Hardik health

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित तुवाचुङ–जायाजुङ, दिक्तेल रूपाकोट मझुवागी नगरपालिकाको मझुवागढी, रूपाकोट र मेरूङ, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ । छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरूवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । 

चराचुरूङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷/झ्याम्टाको तालमा सुम्निमा र पारूहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उधौली–उभौली मनाइन्छ । खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ । 

बालकदेखि युवा तथा वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ ।

दश स्थानीय तह रहेको खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अवस्थित किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरूपमा सुरूवात गरिने साकेला उभौली चाड महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न जातीय सङ्घ संस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर सामुहिकरूपमा साकेला सिली नाच्न लगाउने गरिन्छ । 

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भावका साथै आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरूत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वर्षमा दुई पटक मनाइने साकेला चाडले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्वसमेत कायम गर्न सघाउ पुर्‍याउँछ”, उहाँले भन्नुभयो, “साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने चलन छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख/सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्छ । साकेला उभौली–उधौली चाडलाई किरात समुदायले परापूर्वकालदेखि नै निक्कै महत्त्वका साथ मनाउने गरेका छन् ।”

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् । किरात समुदायको साकेला उभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात आज सार्वजनिक बिदासमेत दिएको छ । आज किरात समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP