Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिममा घरको आँगन खन्दै स्थानीय
सुदूरपश्चिममा घरको आँगन खन्दै स्थानीय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, चैत १५, २०७६
Angar
Hardik health
धनगढी– सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले आँगन खन्ने होडबाजी नै चलेको छ । सामाजिक सञ्जालमा एकाएक घरको दायाँपट्टी आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्लासँगै अधिकांश स्थानीय त्यसलाई पछ्याइरहेका छन् । बुधबार मध्यराति धेरैलाई फोन गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिनेछ । त्यसको घर परिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन ।’ भन्ने भ्रम फैलाइएको थियो। फोन गरेको नम्बर भने नदेखिने गरेको उनीहरुको भनाइ छ । त्यसलाई धेरैले सामाजिक सञ्जालमा पोष्ट गरेपछि सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा स्थानीय आँगन खनेर कोइला निकाल्दै निधारमा लगाइरहेका छन् । बझाङ, बाजुरा, अछाम, डोटी र कैलालीमा यसको बढी प्रचार भएको छ । यी जिल्लामा शुक्रबार बिहानैदेखि धेरै स्थानीयले आँगन खनेको र कोइला निस्केको बताए । बझाङ खप्तड छान्ना गाउँपालिकाका डिल्लीराज जोशीले भने, ‘गाउँभरी आँगन खन्दा कोइला निस्कने र लगाए कोरोना नलाग्ने हल्ला छ, मलाई विश्वास लागेन तर खन्दा कोइला चाँही सबैकोमा आयो ।’ उनले मूल ढोकाको दायाँपट्टी आँगनमा खन्न भनेको स्थानीयले त्यही अनुसार खनेर कोइला भेटाएको बताए । बाजुरा जिल्लामा पनि हावाझैँ यो कुरा फैलिएको र सबैले आँगन खन्दै कोइला भेटाएर टीका लगाइरहेको त्रिवेणी नगरपालिकाका रामबहादुर ऐडीले बताए । उनले भने, ‘यो कुरा कहाँबाट आयो थाहा छैन तर अशिक्षितदेखि शिक्षितसम्म सबैले यसलाई पछ्याएका छन् ।’ सुदूरपश्चिमको विकसित जिल्ला कैलाली त्यसैमा पनि हाल प्रदेशको राजधानी रहेको धनगढीमा समेत यो हल्ला फैलिएको छ । धनगढीका टोल टोलमा स्थानीयहरु आँगन खनेर कोइला भेटाई निधारमा लगाउने गरिरहेका छन् । धनगढी उपमहानगरपालिका–५ हसनपुरका रामप्रसाद जोशीले भने, ‘चारैतिर हल्ला आयो। के रहेछ भनेर विचार गर्दा साँच्चै कोइला भेटियो ।’ धनगढीमा बस्दै आएका तीर्थराज भट्टलाई बिहीबार मध्य राति फोन आयो र उनले फोन उठाए । फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात् लाग्दैन ।’ त्यो फोन सन्देश उनलाई मात्रै होइन धेरै छिमेकीलाई पनि आएको रहेछ । चार बजे बिहानै गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे । त्यस्तै सन्देशसहितको फोन धनगढी निवासी सीताराम भट्टलाई पनि आएको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका छन् । धनगढीकै प्रकाशराज भट्टलाई पनि बिहानै पाँचै बजे फोन आयो । उनले फोन उठाउँदा अरुलाई जस्तै सन्देश आफूलाई पनि आएको बताए । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अहिले आँगन खनेर कोइला निधारमा लगाउने प्रक्रिया जारी नै रहेको छ । यता जिल्ला प्रहरी कार्यालय कैलालीले कोइलाको टीका लगाएर कोरोनाको संक्रमणबाट जोगिने भन्दै भ्रम फैलाउनेको खोजी सुरु भएको जनाएको छ । भ्रम फैलाउने व्यक्तिको खोजी भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘यस्ता भ्रम र झुट्टा कुराको पछाडि नलागी सरकारले आह्वान गरेको लकडाउनलाई साथ दिन आवश्यक छ । अनावश्यक हल्लाको पछाडि दौडिनुभन्दा भ्रम फैलाउने व्यक्तिको पहिचानमा सहयोग गरौँ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि कोइलाको हल्ला पछाडि नलाग्न जिल्लाबासीलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP