Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिममा घरको आँगन खन्दै स्थानीय
सुदूरपश्चिममा घरको आँगन खन्दै स्थानीय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, चैत १५, २०७६
Angar
Hardik health
धनगढी– सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले आँगन खन्ने होडबाजी नै चलेको छ । सामाजिक सञ्जालमा एकाएक घरको दायाँपट्टी आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्लासँगै अधिकांश स्थानीय त्यसलाई पछ्याइरहेका छन् । बुधबार मध्यराति धेरैलाई फोन गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिनेछ । त्यसको घर परिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन ।’ भन्ने भ्रम फैलाइएको थियो। फोन गरेको नम्बर भने नदेखिने गरेको उनीहरुको भनाइ छ । त्यसलाई धेरैले सामाजिक सञ्जालमा पोष्ट गरेपछि सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा स्थानीय आँगन खनेर कोइला निकाल्दै निधारमा लगाइरहेका छन् । बझाङ, बाजुरा, अछाम, डोटी र कैलालीमा यसको बढी प्रचार भएको छ । यी जिल्लामा शुक्रबार बिहानैदेखि धेरै स्थानीयले आँगन खनेको र कोइला निस्केको बताए । बझाङ खप्तड छान्ना गाउँपालिकाका डिल्लीराज जोशीले भने, ‘गाउँभरी आँगन खन्दा कोइला निस्कने र लगाए कोरोना नलाग्ने हल्ला छ, मलाई विश्वास लागेन तर खन्दा कोइला चाँही सबैकोमा आयो ।’ उनले मूल ढोकाको दायाँपट्टी आँगनमा खन्न भनेको स्थानीयले त्यही अनुसार खनेर कोइला भेटाएको बताए । बाजुरा जिल्लामा पनि हावाझैँ यो कुरा फैलिएको र सबैले आँगन खन्दै कोइला भेटाएर टीका लगाइरहेको त्रिवेणी नगरपालिकाका रामबहादुर ऐडीले बताए । उनले भने, ‘यो कुरा कहाँबाट आयो थाहा छैन तर अशिक्षितदेखि शिक्षितसम्म सबैले यसलाई पछ्याएका छन् ।’ सुदूरपश्चिमको विकसित जिल्ला कैलाली त्यसैमा पनि हाल प्रदेशको राजधानी रहेको धनगढीमा समेत यो हल्ला फैलिएको छ । धनगढीका टोल टोलमा स्थानीयहरु आँगन खनेर कोइला भेटाई निधारमा लगाउने गरिरहेका छन् । धनगढी उपमहानगरपालिका–५ हसनपुरका रामप्रसाद जोशीले भने, ‘चारैतिर हल्ला आयो। के रहेछ भनेर विचार गर्दा साँच्चै कोइला भेटियो ।’ धनगढीमा बस्दै आएका तीर्थराज भट्टलाई बिहीबार मध्य राति फोन आयो र उनले फोन उठाए । फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात् लाग्दैन ।’ त्यो फोन सन्देश उनलाई मात्रै होइन धेरै छिमेकीलाई पनि आएको रहेछ । चार बजे बिहानै गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे । त्यस्तै सन्देशसहितको फोन धनगढी निवासी सीताराम भट्टलाई पनि आएको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका छन् । धनगढीकै प्रकाशराज भट्टलाई पनि बिहानै पाँचै बजे फोन आयो । उनले फोन उठाउँदा अरुलाई जस्तै सन्देश आफूलाई पनि आएको बताए । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अहिले आँगन खनेर कोइला निधारमा लगाउने प्रक्रिया जारी नै रहेको छ । यता जिल्ला प्रहरी कार्यालय कैलालीले कोइलाको टीका लगाएर कोरोनाको संक्रमणबाट जोगिने भन्दै भ्रम फैलाउनेको खोजी सुरु भएको जनाएको छ । भ्रम फैलाउने व्यक्तिको खोजी भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘यस्ता भ्रम र झुट्टा कुराको पछाडि नलागी सरकारले आह्वान गरेको लकडाउनलाई साथ दिन आवश्यक छ । अनावश्यक हल्लाको पछाडि दौडिनुभन्दा भ्रम फैलाउने व्यक्तिको पहिचानमा सहयोग गरौँ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि कोइलाको हल्ला पछाडि नलाग्न जिल्लाबासीलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP