Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङको आर्थिक अवस्था सबलीकरणमा स्थानीय तहले ध्यान दिनुपर्छ : उपाध्यक्ष गुरुङ
तामाङको आर्थिक अवस्था सबलीकरणमा स्थानीय तहले ध्यान दिनुपर्छ : उपाध्यक्ष गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, वैशाख २७, २०८२

काठमाडौं। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले शिक्षामा तामाङहरु अरु जातिभन्दा पछि परेको बताएका छन्। स्थानीय तहको बजेटमा तामाङ समुदायका सवाल विषयक बहस कार्यक्रममा उपाध्यक्ष गुरुङले साक्षरता प्रतिशत सक्दो बढाउनुपर्ने सुझाए।

औसत साक्षरता प्रतिशतभन्दा तामाङहरुको शैक्षिक अवस्था माइनसमा रहेको उनले बताए। 'नेपालको साक्षरता प्रतिशत ७६.२ प्रतिशत छ। तर तामाङको साक्षरता प्रतिशत ६२.६० छ। यो औसतभन्दा माइनस १३.६० छ। स्थानीय तहले फोकस गर्ने हो भने अब स्कुल पठाउने हो। नेवारको साक्षरता प्रतिशत ८०.०७ प्रतिशत छ। यो भनेको औसतभन्दा प्लस छ। गुरुङको हेर्ने हो भने ७४.३६ प्रतिशत छ,' गुरुङले भने।

भाषा, शिक्षा र संस्कृति स्थानीय तहको अधिकार भएकोले स्थानीय तहले यसमा ध्यान दिनुपर्ने उनले बताए। त्यसैगरी उनले आर्थिक हैसियत माथि उठाउन पनि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। 'एसडीजी २०३० मिट गर्ने हो कसैलाई पछाडि नराख्ने हो। यदि सबैलाई बराबर बनाउने हो तामाङहरुलाई आर्थिक रुपमा अरु सरह बनाउने हो भने शैक्षिक रुपमा अरु सरह बनाउने हो भने निजामतिमा अरु सरह बनाउने हो भने स्थानीय सरकारले ध्यान दिने हो,' उपाध्यक्ष गुरुङले भने, 'यसका लागि संघीय सरकारले पनि यही अनुसारको नीति ल्याउनुपर्छ।'

स्थानीय सरकारले बजेट बनाउन लागेको बेला स्थानीय तहका प्रमुखहरुको ध्यान आकृष्ट गराउन तामाङ पत्रकार संघले आयोजना गरेको कार्यक्रम एकदमै सान्दर्भिक भएको गुरुङले बताए। शुक्रबार ललितपुरको सिद्धार्थ कटेजमा संघले यसबारे स्थानीय तहका प्रमुखहरुसँग बहस गरेको हो।
 
त्यसैगरी गुरुङले तामाङहरुको भाषा र संस्कृति नै मुख्य सम्पत्ति भएकोले यसलाई जोगाउनेतिर लाग्नुपर्ने सुझाव दिए। 'पानी र भाषा हरेक १० कोशमा फरक हुन्छ। भाषामा विविधता हुन्छ। फरकपन भनेर बुझ्न हुन्न। यो भनेको सम्पत्ति हो,' उनले भने।

Hardik health

बाग्मती सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी भाषा घोषणा गरेपनि कार्यन्वयनमा भने पछि परेको उपाध्यक्ष गुरुङको भनाई थियो। 'घोषणा गर्ने, पास गर्ने र ताली बजाउनेमा हामी एक नम्बरमा छौ। तर कार्यन्वयनमा हामी निकै पछि छौं। यसमा स्थानीय तहले जोड दिनुपर्छ,' उनले भने।

त्यसैगरी उपाध्यक्ष गुरुङले तामाङ समुदायको अभौतिक ज्ञानलाई सूचीकरण गर्नसमेत ध्यानाकर्षण गराए। 'संस्कृति मन्त्रालयले अभौतिक सम्पत्तिको लागि सूचीकरणका निम्ति वैशाख अन्तिमसम्म राखेको छ। अझै थपिन सक्छ। तामाङले मरणपछि घेवा गर्नुहुन्छ,' गुरुङले भने, 'घेवाको विधि हामीले देख्दैनौ। तामाङको भनेर दाबी गर्न अभौतिक सम्पत्तिमा सूचीकरण गर्न स्थानीय सरकारले रिकम्मेडेसन गर्नुपर्छ। यसमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।' तामाङहरु चोहो प्रणालीदेखि विभिन्न ज्ञान प्रणाली अभौतिक सम्पतिको धनी भएको उनको भनाई थियो।

कार्यक्रममा काभ्रेस्थित मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, काभ्रेस्थित रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, ललितपुरस्थित कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा,बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, धादिङस्थित रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, रसुवास्थित आमाछेदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, दोलखास्थित मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानि लामा र काभ्रेस्थित तेमाल गाउँपालिकाका उपप्रमुख दलमान थोकरले तामाङ समुदायको क्षेत्रमा अहिलेसम्म आफूहरुले गरेको विकासबारे प्रकाश पारेका थिए।

कार्यक्रममा तामाङ पत्रकार संघका प्रमुख सल्लाहकार सुवास योञ्जनले नीतिगत निर्णय गर्दा तामाङ समुदायलाई विशेष ध्यान दिन माग गरे। तामाङले रोजगारी पाउँदा देशलाई घाटा नहुने योञ्जनको भनाइ थियो। 'तामाङलाई पनि शिक्षित बनाउने योजना अघि सार्नुपर्छ। उनीहरुलाई रोजगारी दिन पर्‍यो,' योञ्जनले भने, 'यसले देशलाई घाटा हुँदैन।'

 


प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP