Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • गभर्नर नियुक्तिमा विलम्ब, कारक ओली–देउवा !
गभर्नर नियुक्तिमा विलम्ब, कारक ओली–देउवा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २४, २०८२

काठमाडौं– सरकारले राष्ट्र बैंक ऐनको अक्षरशः पालना गरेको भए गएको फागुन २४ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरेको सूचना सार्वजनिक गर्नुपथ्र्यो । त्यसो गर्दा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले उत्तराधिकारी थाहा पाउँथे । उत्तराधिकारीलाई कार्यभार बोध पनि गराउँथे ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार ऐनमा वहालवाला गभर्नरको पदावधि सकिनु एक महिनाअघि नै सामान्यतः नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । तर, त्यो ऐन सरकारले मिच्यो ।‘दुईतिहाइको सरकार छ, जे चाहन्छ, त्यो गर्न सक्ने अवस्था छ । तर किन गभर्नर नियुक्त भइरहेको छैन ?,’ उनले प्रभावसँग भने, ‘ऐनमा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने प्रावधान छ तर त्यो मिचियो ।’

गठबन्धनमा कुनै समस्या छैन । गभर्नरको नियुक्ति ढिला हुनु सरकारको कारण होइन, राष्ट्र बैंकभित्रकै समस्याले हो ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस

२४ चैतमा पदावधि सकिनुपर्नेमा २२ गते नै अधिकारीको बिदाइ भयो । त्यसयता राष्ट्र बैंक कायममुकायम गभर्नर नीलम ढुंगानाको नेतृत्वमा छ । हालसम्म सरकार गभर्नर नियुक्त गर्न अक्षम देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको नियामकीय निकाय नेतृत्वविहीनताको स्थितिमा रहँदा अर्थविद्हरू चिन्तित छन् ।

Hardik health

खासगरी राजनीतिक नेतृत्वको स्वार्थले पछिल्ला दिनमा गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएको हो । यसलाई कतिपयले सत्ता गठबन्धनको भविष्यसँग जोडेर हेरेका छन् । उसो त गभर्नर नियुक्तिमा सत्ता गठबन्धनका दुई नेता प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अनौपचारिक सहमति भइसकेको छ । उक्त सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओली अनिच्छुक छन् । यसले गठबन्धनमै जटिलता देखिन थालेको छ, जसले गठबन्धनको भविष्यमा प्रश्न उठेको छ ।

कांग्रेस नेताहरूको भनाइमा गभर्नर नियुक्ति प्रक्रिया नै सरकार परिवर्तन वा निरन्तरताको मुख्य बिन्दु हुने छ । जबकि, प्रधानमन्त्री ओलीले गभर्नर देउवाकै रोज्जा पात्रलाई बनाउने सहमति गरेको झण्डै तीन साता हुन लागेको छ । यतिबेला भने ओली सहमति कार्यान्वयनमा इमानदार नहुने संकेत देखिएको छ । कांग्रेस स्रोतको भनाइमा अदालतमा मुद्दा हाल्नेदेखि राजीनामा स्वीकृत नगराउनेसम्मको खेलमा एमाले नै सक्रिय छ । स्रोतले गभर्नर प्रकरणमा एमालेको ‘चलखेल’ पुष्टि गराउने प्रयास गरेको छ । पहिलो, उमेर विवादका विषयमा अदातलमा पुगेको मुद्दा प्रकरणमा पनि एमालेको चलखेल छ । 

दुईतिहाइको सरकार छ, जे चाहन्छ, त्यो गर्न सक्ने अवस्था छ । तर किन गभर्नर नियुक्त भइरहेको छैन ? ऐनमा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने प्रावधान छ तर त्यो मिचियो ।
दीपेन्द्रबहादुर क्षेत्री
पूर्वगभर्नर

अर्थ मन्त्रालयले राष्ट्र बैंकको गभर्नरका लागि ६५ उमेर पूरा भएको भए पनि हुनसक्नेगरी नियमावली संशोधन ग¥यो । उक्त संशोधनविरुद्ध एकथरी कानुन व्यवसायीले सर्वोच्च अदालतको ढोका ढकढक्याए । त्यसरी अदालत जानेमा एमालेनिकट कानुन व्यवसायीहरू नै संलग्न थिए । त्यसमा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार युवराज खतिवडाकोसमेत चासो रहेको कांग्रेस स्रोतको दाबी छ । 

त्यसरी अदालत जाने विषय खासगरी राष्ट्र बैंकका सल्लाहकार रवीन्द्र पाण्डे र पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई रोक्ने प्रकरणसँग जोडिन्छ । देउवाले पाण्डेलाई गभर्नर बनाउन चाहेको भनिएको थियो । शंकर समूह र दीपक भट्टको समूहले क्षेत्रीलाई पनि कांग्रेसमार्फत नै अगाडि सारेको चर्चा थियो । त्यही चर्चाको बीचमा उमेर हद संशोधन भएपछि मुद्दा अदालतसम्म पुग्यो । 

यो प्रकरण अन्तिम टुंगो लाग्न नपाउँदै अर्को परिस्थिति बन्यो । त्यो भनेको गुणकर भट्ट प्रकरण । अदालतले ६५ वर्ष उमेर पुगेको व्यक्तिलाई गभर्नर बनाउन पाउने नियमावली तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि ओली र देउवाले भट्टको नाममा सहमति जुटाए । गभर्नरमा एमालेले दाबी छोड्ने र कांग्रेसले पनि क्षेत्री र पाण्डेको नाम छोडेर भट्टमा सहमति जुटाएको थियो । त्यही सहमतिअनुसार देउवाले भट्टलाई निवासमा बोलाएर ‘ग्रिन सिग्नल’ मात्र होइन, अर्थतन्त्र सुधारका लागि गतिलो भिजनसहित काम गर्न सुझाव र शुभकामना दिएको चर्चा छ । 

ट्टलाई सन्देश सुनाएको एकाध घण्टामा बूढानीलकण्ठमा कांग्रेसका पदाधिकारी बैठक बस्यो । भट्टले पनि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए । नियमावलीमा गभर्नरका लागि सिफारिस गर्न डेपुटी गभर्नरभन्दा तल्लो तहका कर्मचारीलाई नमिल्ने भएका कारण भट्टलाई राजीनामा गराइएको थियो । पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘त्यसो गर्दा भट्टलाई अर्थविद्को हैसियतमा सिफारिस गर्न मिल्थ्यो । ओली र देउवाबीच त्यहीअनुसार सहमति भएको थियो ।’

तर, त्यसलाई एमालेले नै गिजोलेको कांग्रेसको बुझाइ छ । कांग्रेस नेताहरूको भनाइमा कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुमा एमालेको चलखेल हो । हुन पनि, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गभर्नरमा ढुंगानालाई नै अघि सार्न खोजेका थिए । पहिलो महिला गभर्नर बनाउने भन्दै ओलीले अनौपचारिक रुपमा आश्वसन दिएका थिए । तर, गभर्नर कांग्रेसको भागमा प¥यो । नियुक्तिमा विलम्ब भइरहेको छ । यसको कारक कांग्रेस सभापति देउवाले ओलीलाई औंल्याएनन् । बरु उनले भने, ‘गठबन्धनमा कुनै समस्या छैन । गभर्नरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो ।’

सरकारले गर्ने गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्रको समस्याले रोकिनुपर्ने कारण भने देखिँदैन । देउवाको भनाइले समस्या भने रहेको स्पष्ट भएको छ । तर, त्यो समस्या कानुनी होइन, व्यक्ति छनोटमा हो । देउवा राष्ट्र बैंकमै कार्यरत डा. भट्टलाई गभर्नर बनाउन चाहन्छन् । उनको नाममा प्रधानमन्त्री र देउवाबीच सहमतिसमेत भइसकेको यसअघि नै सार्वजनिक भइसकेको छ ।
 


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP