काठमाडाैं - रूपन्देहीको शुद्वाेधन गाउँपालिकाकाे मैनहियामा रहेकाे फस्ट च्वाईस फुड लिमिटेडले आफ्नाे उत्पादन फ्रेन्च फ्राई सफलता पुर्वक अमेरिका निर्यातपछि युके, अष्ट्रेलिया, जापान लगायतका देशमा निर्यात गर्ने तयारी गरिएकाे छ ।
उद्योगी कृष्ण पाैडेलले उद्योगबाट उत्पादित आलुकाे परिकार फ्रेन्च फ्राई केहि दिन अघि अमेरिका पठाएकाे र अन्य मुलुकबाट पनि माग आएकाेले अब अडर अनुसार युके, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा निर्यात गर्ने तयारी भईरहेकाे जानकारी दिए ।
अवलोकनका लागि फस्ट च्वाईस फुड उद्योगमा पुगेका क्यालिफोर्निया हर्कुलस सिटि काउन्सिल मेम्बर, वेटिङ मेयर डिल्ली भट्टराईले नेपालमा उत्पादित फ्रेन्च फ्राईज अमेरिकि बजारमा पुग्दा आफुलाई निकै खुसी लागेकाे वताउदै भने उद्योग साेचे भन्दा निकै स्तरीय र ब्यवस्थित रहेकाे लवताउदै आफुबाट सक्दाे सहयाेग हुने प्रतिबद्धता जनाए ।
याे जटिल आर्थिक अवस्थाका बेला देशमा अन्तर्राष्ट्रियस्तरकाे स्तरीय बस्तु उत्पादन गर्ने उद्योग स्थापनाले राेजगारमात्र सृजना नगरि विदेशी मुद्रा आर्जनमा समेत महत्व राख्ने बताए । हाल उद्योगले २६ जिल्लाका किसानलाई उद्योगकाे कच्चापदार्थ विशेष प्रकारकाे ठुलाे खालको आलु खेति गर्न बिउ र प्राविधिक सहयाेग उपलब्ध गराएकाे छ ।
३५ हजार किसान आलु उत्पादनमा लागिरहेकाे र पहिलाे पटक २ कन्टेनर ४० टन फ्रेन्च फ्राई अमेरिका निर्यात निर्यात गरेकाे उद्योगी पाैडेलले वताउदै भने अमेरिकाबाट हाल ५ सय टनकाे माग आएकाे छ। अव युके र अस्ट्रेलियाकाे माग अनुसार निर्यातकाे तयारीमा छाै भनी जापान लगायत युराेपका मुलुकबाटपनि माग आएकाे छ, कुरा भईरहेछ ।
यस क्षेत्रमा क्वालिटि फुड प्राेडक्टसका गुणस्तरीय वस्तु उत्पादन गर्दै आएका सफल उद्योगीकाे रूपमा परिचित उद्योगी पाैडेलले श्रीमति , छाेरा, छाेरी लगायत सवै परिवारकाे साथ पाएका छन् । उनीकहाँ आलुकाे फ्रेन्च फ्राईज लगायत अन्य फ्राेजनफुडका परिकार पनि उत्पादन हुदै आएकाे छ ।
करिव २ अर्वकाे लगानीमा ५ बर्ष अगाडि स्थापना भएकाे याे उद्योगले गुणस्तरीय उत्पादन उत्पादन गर्न सफल भएकाेले बिश्व बजारमा फ्रेन्च माग रहेकाे उद्योगका भनाई छ । नेपाली उत्पादन अमेरिका पुगिसकेकाेले नेपाली उत्पादन राम्राे हुन्छ भन्ने याे उदारण हाे । आफ्नाे उत्पादन प्रति पहिला बिश्वास नगरेका कतिपय नेपाली बजारका बिक्रेता वस्तु अमेरिका निर्यातपछि भने निकै सकारात्मक बनेकाे र राम्राे माग भएकाे उद्योगीकाे अनुभव छ ।
नेपाली उत्पादन बिश्व बजारमा निर्यात हुदा विदेशी मुद्रा प्राप्त हुनुका साथै थुप्रैले राेजगार समेत प्राप्त गर्ने आशा गरिएकाे छ । उद्योगले बार्षिक ३० हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य राखेकाेले आलु उत्पादन किसानकाे लागि त याे उद्योग बर्दाननै सावित हुनेछ । नेपालीकाे पहाडि ,हिमाली क्षेत्रमा उत्पादित आलु नै उद्योगकाे लागि कच्चा पदार्थ भएकाले बिश्व बजारमा याे फ्रेन्च फ्राईकाे राम्राे माग हुने आशा गरिएकाे छ ।
किसानलाई उन्नत जातकाे अर्गानिक आलु उत्पादन गर्न विउ र प्राविधिक उद्योगले नै व्यवस्था गरिदिएकाले किसानलाई उत्पादनमा लाग्न सहज भएकाे छ ।किसानको पौरख हाम्रो गौरव गरे के हुँदैन गर्ने जाँगर मात्र हुनुपर्यो भन्ने मान्यता छ उद्योगी कृष्ण पाैडेलकाे । कैलालीको टिकापुर देखि पुर्वकाे उदयपुर सिन्धुली लगायत २६ जिल्लामा किसानको घर दैलोमा नेपालमै पहिलोचोटि नयाँ प्रविधि मार्फत औद्योगिक प्रयोजनको लागि आलु उत्पादनमा जाेड दिईएकाे छ । देशभरि छरिएर रहेका मेहनती आलु किसानका लागि याे राम्राे अवसर पनि हाे ।