गाइघाट– खोटाङको जन्तेढुंगा गाउँपालिका–१ र पौवा सेरा–५ को बिचमा पर्ने बुवा खोलामा मोटररेवल पुल निर्माण सम्पन्न भएको छ ।
जन्ते ढुंगा गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराका अनुसार उक्त पुल गत वर्ष वैशाखदेखि निर्माण थालिएको हो । उक्त पुल दुई वर्षभित्र निर्माण गर्ने सम्झौता भएपनि एक वर्ष अगाडी नै सम्पन्न भएको उनले बताए । पुलको लम्बाई एक सय ४८ मिटर तथा चौडाई ४ दशमलव १० मिटर रहेको छ ।
पुल निर्माण गर्न रु १७ करोड ५८ लाख खर्च भएको अध्यक्ष बन्जराले बताए । पुल निर्माण भएसँगै खाटोङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्र दिक्तेल, भोजपुर तथा खोटाङ आवतजावत गर्न सहज भएको छ ।