Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
कृषि
  • Home
  • कृषि
  • सर्लाहीमा बढ्न सकेन चैते धानखेती
सर्लाहीमा बढ्न सकेन चैते धानखेती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२
File Photo

बरहथवा - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो । कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सकिने सम्भावना छ । पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत खेती बढ्न नसकेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहले जानकारी दिए ।

अधिकांश समथर भूभाग रहेको जिल्ला कृषि उत्पादनको हिसाबले उपयुक्त ठाउँ मानिन्छ । धान, मकै, गहुँ, कोदो, जौ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । क्षेत्रफलको हिसाबले हेर्ने हो भने वर्षे धानखेती ४५ हजार नौ सय ५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार दुई सय ५८ मेट्रिकटन  धान उत्पादन हुँदै आएको छ । 

यद्यपि किसानहरू चैते धानखेतीमा भने आकर्षित हुन नसकेको परियोजना प्रमुख साहले बताउनुभयो । चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र घोषणा गरेको थियो ।  विसं २०७३ मा परियोजना सुरु हुनुअघि किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायतको सामग्री अनुदानमा उपलब्ध गराइएको थियो । कमान्ड क्षेत्रमा समेत खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको हो । 

Hardik health

कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती भइहेको छ । सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०÷१० हेक्टर क्षेत्रमा चैते धानखेती हुँदै आएको छ । बाँकी पालिकाहरूमा ५, ३, २, हेक्टरमा खेती हुने गरेको तथ्याङ्क छ । 

मुख्य चुनौती सिँचाइ 

चैते धानखेतीका लागि मुख्य समस्या सिँचाइ हुने गरको छ । सिँचाइ अभावकै कारण यहाँ चैते धानखेती बढ्न नसकेको स्थानीय किसानहरूले बताएका छन् । किसानले चैते धानको लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन् । सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायको भनाइ छ । “यो खडेरी पर्ने समय हो, खेतमा प्रत्येक तीनदेखि पाँच दिनमा पानी हाल्नु पर्छ, सिँचाइ सुविधा नहुँदा समस्या भएको हो”, उनले भने । 

जिल्लाका अधिकांश किसानहरूले सुरुमा पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरे पनि अहिले समस्या भइरहेको छ । उत्पादनका हिसाबले हेर्दा वर्खे धानको तुलनामा चैते धान धेरै फल्छ । वर्खे धान प्रतिहेक्टर ३.६४ मेट्रिकटन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६६ मेट्रिकटन रहेको छ । यसबाट पनि किसानले लाभ लिन सक्ने देखिए पनि सिँचाइको अभावले लाभ लिन नसकिएको उनीहरुको भनाइ छ । 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त
नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त मंगलबार, कात्तिक ११, २०८२
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित मंगलबार, कात्तिक ११, २०८२
मंगलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती
मंगलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती सोमबार, कात्तिक १०, २०८२
रैथाने अनदी धान लोपोन्मुख अवस्थामा
रैथाने अनदी धान लोपोन्मुख अवस्थामा सोमबार, कात्तिक १०, २०८२
दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी संघ
दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी संघ आइतबार, कात्तिक ९, २०८२
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’ सोमबार, कात्तिक ३, २०८२
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP