Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • क्यानाडाको चुनावमा कार्नी विजयी
क्यानाडाको चुनावमा कार्नी विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १६, २०८२

ओटावा - प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जितेका छन्  । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको थियो ।

सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन ।कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल हुनुभयो तर उहाँको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।

पहिले कहिल्यै निर्वाचित पदमा नरहनुभएका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए ।

ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो । साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित गर्नुभयो, संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गरे र भने, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।”

Hardik health

कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गरेका छन्  । “डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहनुहुन्छ ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उनले चुनावी अभियानमा भने, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”

जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए । “म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उहाँको स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भने, “श्री ट्रम्प एक व्यापारी व्यक्ति हुनुहुन्छ, श्री कार्नी एक व्यापारी व्यक्ति हुनुहुन्छ र मलाई लाग्छ उहाँहरू दुवै सम्बन्धित हुन सक्नुहुन्छ ।”

ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए र प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेकाे  थिए । गोबल्टले त्यो उपहास बन्द हुने अपेक्षा गरेको बताए । “यो अब गभर्नर होइन, यो क्यानाडाको प्रधानमन्त्री हो र यो अब ५१ औँ राज्य होइन । यो ‘हामी क्यानाडा हौँ !’”

लिबरल विधायक र कार्नीको क्याबिनेटका सदस्य स्टिभन गिलबेल्टले परिणामलाई ट्रम्पसँग जोडे । “राष्ट्रपति ट्रम्पद्वारा क्यानाडाको अर्थतन्त्रमा मात्र नभई अर्थतन्त्र, हाम्रो सार्वभौमिकता र हाम्रो पहिचानमा भएका थुप्रै आक्रमणहरूले क्यानाडालीहरूलाई साँच्चिकै परिचालन गरेको छ र मलाई लाग्छ उनीहरूले प्रधानमन्त्री कार्नीमा विश्व मञ्चमा अनुभव भएको, अर्थतन्त्रको अनुभव भएको व्यक्ति देखेका छन्”, उनले सिबिसीलाई भने ।कार्नीले सन् २००८–२००९ को आर्थिक सङ्कटमा बैंक अफ क्यानाडाको नेतृत्व गरेका थिए र सन् २०१६ को ब्रेक्जिट मतदानमा आएको उथलपुथलमा बैंक अफ इङ्गल्यान्डको नेतृत्व गरेका  थिए ।

 ट्रुडोको प्रस्थान 

ट्रुडोको प्रस्थान लिबरल जितका लागि पनि महत्त्वपूर्ण थियो । यो प्रस्थानले क्यानाडाको राजनीतिक इतिहासमा सबैभन्दा नाटकीय मोडहरू मध्ये एकलाई समेटेको थियो । ट्रुडोले राजीनामा दिने घोषणा गरेको जनवरी ६ का दिन ट्रुडोको दशकको शासनपछि बढ्दो खर्चहरू बारे सार्वजनिक आक्रोश बढेको अवस्थामा धेरैजसो सर्वेक्षणहरूमा कन्जर्भेटिभहरूले लिबरलहरूलाई २० भन्दा बढी अङ्कले अगुवाइ गरेका थिए ।

तर कार्नीले ट्रुडोलाई प्रतिस्थापन गरेपछि ट्रम्पका बारेमा राष्ट्रव्यापी चिन्तासँग मिलेर चुनावी दौडलाई परिवर्तन गर्‍यो ।  कार्नीले चुनावी अभियानभरि ट्रुडोबाट आफूलाई टाढा राखे।उनले पूर्वप्रधानमन्त्रीले क्यानाडाको अर्थतन्त्र बढाउनमा पर्याप्त ध्यान नदिनुभएको बताए । उनले कार्बन उत्सर्जनमा ट्रुडोको विवादास्पद कर खारेज गर्नुभयो । विवादास्पद करले धेरै मतदातालाई निराश बनाएको थियो ।

दुई दशकदेखि संसद्मा रहेका ४५ वर्षीय पोइलिभ्रेका लागि यो परिणामले पीडादायी पराजयको सङ्केत गर्दछ । उनले ट्रम्पप्रति निर्देशित मौन क्रोधका लागि उनको आलोचना गरिएको थियो तर उनले घरेलु चिन्ताहरूमा ध्यान केन्द्रित राख्न चाहेको बताए ।उनले मतदाताहरूलाई कार्नीले असफल लिबरल शासनलाई निरन्तरता दिने प्रस्ताव गर्ने प्रयास गरेको विश्वास दिलाउन प्रयास गरे तर यो तर्क असफल भयो ।

ओटावाको कन्जर्भेटिभ वाच पार्टीमा जेसन पिचेले उनीपरिणामबाट आश्चर्यचकित भएको बताए । “म आज राति ठूलो उत्सव गर्ने आशा गरिरहेको थिएँ”, उनले भने ।क्यानाडाको चार करोड १० लाख जनतामध्ये करिब दुई करोड ९० लाख छ वटा समय क्षेत्र फैलिएको विशाल जी–७ देशमा मतदान गर्न योग्य थिए ।

बहुमतका लागि एक सय ७२ सिट आवश्यक रहेको क्यानाडाको तीन सय ४३ सदस्यीय संसद्को नतिजा अझै आउन बाँकी छ । लिबरलहरूले सन् २०१५ मा बहुमत प्राप्त गरे तर सन् २०१९ देखि अल्पसङ्ख्यकसँग मिलेर शासन गर्दै आएका छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP