Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • नेपाल राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै
दोस्रोपटक नेतृत्वविहीन वार्षिकोत्सव नेपाल राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १४, २०८२

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको हो । 

यो अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम गरी मनाउँदैछ ।  तर, यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक अन्तरिम नेतृत्वको भरमा चलिरहेको छ । 

राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो । 

सबैभन्दा पहिलोपटक २०३० सालमा वार्षिकोत्सव मनाउँदा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा थियो । गभर्नर डा. यादव पन्तको कार्यकाल सकिएपछि त्यतिवेला ११ दिनका लागि नेतृत्व खाली भएको थियो । सोही समयमा वार्षिकोत्सव पर्न जाँदा उत्सव नेतृत्वविहीन भएको हो । 

Nada Auto Show 2026
Hardik health

२०६६ सालमा राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । गभर्नर विजयनाथ भट्टराईविरुद्ध अदालतमा मुद्दा दायर भई निलम्बन परेको समयमा समेत राष्ट्र बैंक नेतृत्वविहीन रूपमा वार्षिकोत्सव मनाउनु परेन ।  त्यतिबेला सरकारले दीपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरेको थियो ।  

अहिले सरकारले राष्ट्र बैंकको नेतृत्व छनोट गर्न नसक्दा नेतृत्वविहीनतामै आधार दशकभन्दा लामो समयपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउनुपर्ने अवस्था सिर्जना भएको हो । अहिलेसम्म राष्ट्र बैंकमा १७ जना गभर्नर भएका छन् । १८ औँ गभर्नर छनोटको प्रक्रिया अहिले अवरुद्ध भएर बसेको छ ।

यो अवधिसम्म दीपेन्द्र बहादुर क्षेत्रीले ६ महिना, दीपेन्द्रपुरुष ढकालले साढे आठ महिना, तिलक रावलले २ पटक गरी साढे ४ वर्ष, भेषबहादुर थापाले करिब ११ महिना तथा विजयनाथ भट्टराईले पनि दुई पटक गरी साढे ४ वर्षसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए । 

बाँकी गभर्नरहरूले भने तोकिएको पाँच वर्ष नै कार्यभार सम्हालेका थिए । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सरकारले गरेको कारबाहीपछि केही समय उनी पनि नेतृत्वबाट विमुख भएका थिए । अदालतको आदेशपछि उनी पुनर्बहाली भएका हुन् । 

नेतृत्वविहीन समय

राष्ट्र बैंक ऐनले केन्द्रीय बैंक कहिल्यै पनि नेतृत्वविहीन हुन नहुने परिकल्पना गरेको छ । यसका लागि पुरानो नेतृत्वको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नेतृत्व चयन गरिसक्नुपर्ने व्यवस्था छ । तर, अधिकांश समयमा यो व्यवस्था पालना भएको पाइँदैन । सोही कारण नेतृत्व परिवर्तनको समयमा राष्ट्र बैंक नेतृत्वविहीन हुने गरेको हो । 

२०२४ साउनमा तत्कालीन गभर्नर भेषबहादुर थापाले राजीनामा दिएपछि राष्ट्र बैंक करिब ९ महिना नेतृत्वविहीन भएको थियो । त्यसपछि यादव पन्त गभर्नर बनेका थिए । पन्तले छाडेपछि कुलशेखर शर्मा नियुक्ति हुँदा ११ दिन राष्ट्र बैंक रिक्त थियो । 

त्यस्तै शर्माको कार्यकाल सकिएपछि ६ महिनासम्म राष्ट्र बैंकले नेतृत्व पाएन । २०३६ असारमा कल्याणविक्रम अधिकारी गभर्नर नियुक्त भएका थिए । अधिकारीको कार्यकाल सकिएपछि करिब साढे ३ महिना राष्ट्र बैंकले नयाँ नेतृत्व पाएन । पछि गणेशबहादुर थापा नियुक्त भए । थापाको कार्यकाल सकिएपछि पनि डेढ महिना केन्द्रीय बैंकले नेतृत्व पाएको थिएन । 

थापापछि हरिशंकर त्रिपाठी नयाँ गभर्नर बने । तर राष्ट्र बैंकमा साढे ४ महिनापछि मात्रै सतेन्द्रप्यारा श्रेष्ठले जिम्मेवारी पाएका थिए । त्रिपाठीपछि भने राष्ट्र बैंकको नेतृत्व १४ दिन खाली बस्नुपरेको थियो । उनको उत्तराधिकारीका रूपमा तिलक रावल तत्कालै नियुक्त भएका थिए ।

रावललाई बर्खास्त गरेर दीपेन्द्रपुरुष ढकाललाई राष्ट्र बैंकको नेतृत्व सुम्पिएको थियो । तर, सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि रावल पुनः नेतृत्वमा आएका थिए । मुद्दा मामिलाको लफडा भए पनि योबिचमा राष्ट्र बैंक नेतृत्वविहीन भएन । 

उनीपछि आएका विजयनाथ भट्टराईको अवस्था पनि त्यस्तै भयो । विजयनाथ भट्टराईलाई विभिन्न मुद्दा लगाएर हटाएर राष्ट्र बैंकमा दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गरिएको थियो । तर, पछि अदालतले पुनर्बहाली गरिदिएपछि भट्टराई राष्ट्र बैंक फर्किएका थिए । 

भट्टराईपछि युवराज खतिवडा गभर्नरमा नियुक्त भएका थिए । योबिचमा करिब २ महिना राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । खतिवडाको उत्तराधिकारीको रूपमा आएका चिरञ्जीवी नेपालले भने कुनै ग्याप नराखी राष्ट्र बैंकको जिम्मेवारी पाएको देखिन्छ । 

२०७६ चैत ५ गते चिरञ्जीवी नेपालको कार्यकाल सकियो । १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको थियो । उनको कार्यकाल गत चैत २३ गते सकिएको छ । गभर्नर छनोटका लागि सिफारिस समिति गठन भए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन । यो अवस्थामा राष्ट्र बैंकले नयाँ नेतृत्व पाउन अझै कति कुर्नुपर्ने हो निश्चित छैन ।


 


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड बिहीबार, भदौ ४, २०८३
शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिले थपियो चार अर्ब ६८ करोडको भार
शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिले थपियो चार अर्ब ६८ करोडको भार बिहीबार, भदौ ४, २०८३
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै
राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै बुधबार, भदौ ३, २०८३
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि मंगलबार, भदौ २, २०८३
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १, २०८३
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP