Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विचार
  • Home
  • विचार
  • बा म स्कुल जान्न !
बा म स्कुल जान्न !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, वैशाख ९, २०८२

‘म जसरी भए पनि दिन्छु के । यो एक महिनामात्र हो । अर्को महिना त सावाँ ब्याजसहित तिर्छु ।’ रामशरण टिङटिङ गर्ने फोनमा कसैलाई भन्दै थिए । उताबाट के भने कुन्नि ? रामशरण अनुनय विनय गर्न थाले । ‘ल तपाईं आफैं भन्नुस् न, मैले आजका दिनसम्म तपाईंसँग गरेको कारोबारमा एक दिन तलमाथि परेको छ ? ज्यान जाला वचन मेरो जाँदैन ।’ बच्चाको भविष्यको कुरा छ नि निजी विद्यालयले भर्ना नगरी स्कुल नै छिर्न दिँदैन के गर्नु ? सरकारीको हालत देखिहाल्नु भो । 

सँगै बसेको छोरो मोहित सबै कुरा सुनिरहेको छ । आफूलाई बाबुले सरकारी विद्यालयबाट निजी विद्यालय भर्ना गरिदिन लागेकोमा खुसी पनि छ, अनि बाबुले अरुसँग भर्नाका लागि ऋण खोजिरहेको देखेर दुःखी पनि छ । मोहित धेरै नै सोच विचार गथ्र्यो । सात कक्षामा पढ्ने भए पनि उसले हरेक कुरालाई सूक्ष्म अध्ययन गर्दथ्यो । अनि त्यो भनेको के हो भनेर सोध्ने गर्दथ्यो । 

आफ्नो बाबुको कुरा सुनिरहेका मोहितले बाबुलाई भन्यो, ‘बा हुन्देऊ म स्कुल जान्न, कसैसँग ऋण पनि माग्नु पर्दैन ।’ जुन दिन स्कुल खुल्छ त्यही दिनबाट जाउँला । ऋण गरीगरी बोर्डिङ पढ्दिनँ । आखिर बोर्डिङ पनि त्यही सरहरुको हो रे !छोराको कुरा सुनेर रामशरणको आँखाबाट आँसु टिलपिल–टिलपिल गरिरहेको छ । उसले छोरालाई भन्छ– धत्, त्यस्तो कुरा पनि गर्छस्, स्कुल नगएर कसरी असल मान्छे बन्न सकिन्छ ? तिमी त असल मान्छे बन्नका लागि पो स्कुल जाने हो त !

‘हुन त हो बा तर के गर्नु बाले कोसँग ऋण मागिरहनुभएको छ । ऋण गरेर पढेर बाले कहिले तिर्नु ? कहिलेसम्म ऋणको भारी बोकिरहनु ? बरू म नै स्कुल जान्न ।’ रामशरण र मोहितका बाबुछोरा मात्र होइन । धेरैका घरमा अहिले यही नै कुरा हुन्छ । शिक्षाको उज्यालो छर्ने नाममा सरकारी विद्यालयमा हुने गरेको राजनीति अनि निजी विद्यालयमा हुने गरेको व्यापारले लाखौं अभिभावकको सपना चकनाचुर हुन पुगेको छ । 

Hardik health

‘हेर बाबु तिमीहरु भनेको भोलिको कर्णधार र भविष्य हौं, स्कुल जान्न भन्ने कुरा कहिल्यै पनि नगर्नू, तिमीहरुको पढाइका लागि हामी जस्तोसुकै कठिन अवस्था पनि भोग्न तयार छौं । हाम्रा बा आमाले पनि त हामीलाई निकै दुःख गरेर सक्दो गरेका हुन् नि । त्यही पढेर लेखेर संसार बुझेर असल मान्छे बन्नुपर्छ । 
मोहित ‘बुझें’ भन्दै टाउको हल्लाउँछ । 

रामशरण छोरालाई सम्झाइरहेको बेला त्यही बाटो हिँड्दै गरेका स्थानीय जनप्रतिनिधि दिनेश टुप्लुक्क आइपुग्छन् । र, भन्छन्– ओहो रामशरण दाइ के छ ? आज छोरालाई निकै राम्रो कुरा सिकाइरहनुभएको छ । सम्झाइरहनुभएको छ ।

के भो त्यस्तो ?

 ए ! नमस्कार नमस्कार..., नेताज्यू पो हुनुहुँदो रहेछ । अनि कसरी हो आज यो बाटो ?

‘ह्या दाइ, नेता भनेर मलाई नभन्नु न हो । दाइलाई कत्ति भनिसकें मलाई नेता नभन्नुस् भनेर । म कहाँ नेता हुँ त नि, दाइहरुकै भाइ हुँ त । अब निर्वाचनमा उम्मेदवार बनियो दाइहरुले नै जिताउनुभो । दाइहरुले जिताएको अनि म कसरी नेता हुन्छु । म त सेवक हुँ नि दाइ ।

‘ओहो अंकल तपाईं कसरी सेवक ? चुनाव जितेका मान्छे त ठूलो मान्छे हुन् रे ! उनीहरुले भनेको सबैले मान्नुपर्छ रे नि त ? अनि बाबाले भनेको ठीकै त हो नि ।’ मोहितको कुरा सुनेर दिनेश दंग पर्छन् । बाबुले भनेको कुरा बेठिक त होइन । तर नेता भनेको जनताको सेवक नै हुनुपर्छ बाबु नत्र त नेता पनि शासक भैगो नि । तिम्रो बाबाले पढेर असल मान्छे बन्नुपर्छ भन्नु भो नि हो नेता पनि असल बन्नुपर्छ । ठूलो बन्ने होइन ।

‘त्यसो भए अहिले सबै स्कुल बन्द गरेर किन नेता बन्न गाका त ? हाम्रो स्कुलका सरहरु त सबै नेताजस्तै हुनुहुन्छ । यो पार्टी र त्यो पार्टी भन्नुहुन्छ !’‘हो, त्यही नै गलत भयो बाबु । अब त्यस्तो हुनुहुन्न भन्ने हो नि । सबैले आफ्नो पेसालाई मर्यादित बनाउनुपर्छ । राजनीति भनेको समाज सेवा हो । जनताको सेवक हो शासक बन्नु हुन्न शिक्षक त सबैभन्दा श्रेष्ठ हो । ऊ यो पार्टी र त्यो पार्टी भनिनु हुँदैन ।’ 

मोहितले दिनेशलाई जिज्ञासा राख्छ, ‘त्यसो भए किन हाम्रो स्कुलमा सर मिसहरु राजनीति गर्नु हुन्छ त ? पढाउने बेला पनि त्यस्तै त्यस्तै कुरा गर्नुहुन्छ । एउटा सरले एउटा राम्रो अरु नराम्रो भन्नु हुन्छ फेरि अर्को सर आउनुहुन्छ अर्को राम्रो भन्नुहुन्छ । अनि हामीलाई चाहिँ किताब पढ् भन्नुहुन्छ ।’‘मोहित बाबु तिमीले भनेको पनि ठीकै हो । तर असल शिक्षकले कहिल्यै पनि त्यसो गर्दैन । सबै शिक्षक कहाँ एउटै हुन्छन् र ?’ एउटा दुईटाले गर्दा सबै त्यस्तै जस्तो पनि लाग्छ ।’

‘हुन त हो दिनेश नेताज्यू । सरकारी विद्यालय तपाईं हाम्रो पालामा जस्तो कहाँ भए र ! त्यो बेलाको सरकारी स्कुलको शान ओहो ! कुरै नगरौं । शिक्षकहरुलाई कति मान थियो । भनेर साध्यै छैन । तर अहिले त सरकारी स्कुल भन्नेबित्तिकै यी यस्तै पारा छ । बरु भोकै बस्ने छोराछोरीलाई निजी विद्यालयमा नै बढाउनुपर्ने बाध्यता छ ।’

‘अब सुध्रन्छ दाइ तपाईं–हामी मिलेर फेरि सरकारी विद्यालयलाई पहिलेको जस्तै बनाउनुपर्छ । सरकारी स्कुल काम नै नलाग्ने त होइन नि । हेर्नुस् त कतिपय स्कुल निजी स्कुलभन्दा अब्बल छन् । सरकारी स्कुलमा भर्ना गर्न कत्ति प्रतिस्पर्धा गर्नुपर्छ । कति राम्रो नम्बर ल्याएका छन् सरकारी स्कुलका विद्यार्थीहरुले ।’ 

‘त्यो त हो नि । तर सयमा एकले ल्याएर के हुन्थ्यो । त्यस्ता सरकारी स्कुलका शिक्षकहरुको मिहेनत कति छ । सबै शिक्षकले आफ्ना नानीहरुलाई पनि त्यही पढाउँछ र पो राम्रो छ । अधिकांश शिक्षकका नानीहरु बोर्डिङमा पठाउने अनि आफूचाहिँ सरकारीमा जागिर खाएर राजनीति गर्ने ? त्यही भएर पो हो त बिग्रेको ।’
‘हो व्यारे अंकल, हाम्रो स्कुलमा पनि त्यस्तै छ । नपत्याए हाम्रो स्कुल हिँड्नुस त । राम सर स्कुल जाँदा आफ्नो नातिलाई बोर्डिङमा छाडेर जानुहुन्छ । त्यही भएर पनि बा म स्कुल जान्न !’

‘लऽ बाबु तिमी स्कुल जान्न भन्नु हुन्न तिमीजस्तो असल मान्छेले । धेरै पढेर सबै कुरा सधार्नुपर्छ । सबै मान्छे कहाँ एउटै हुन्छन् र ? ल तिमी स्कुल जान्छौं । तिमी पनि असल विद्यार्थी बन्ने म पनि असल सेवक बन्ने है त ? ल दाइ मैले के गर्नुपर्छ ? अरु कसैलाई गुहार्न पर्दैन । बाबु स्कुल जान्छ र असल मान्छे बन्छ । अहिलेलाई म गएँ ।’

दिनेश जान्छ । बाबु–छोरा मुखामुख गर्छन् !
 


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा ! मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP