Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसिया रोजगारीमा आत्महत्याको डरलाग्दो चित्र, एक वर्षमै गुमाए ६९ जनाले ज्यान
मानसिक स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम ल्याउन विज्ञको सुझाव मलेसिया रोजगारीमा आत्महत्याको डरलाग्दो चित्र, एक वर्षमै गुमाए ६९ जनाले ज्यान
ममता थापा
ममता थापा आइतबार, वैशाख ७, २०८२

काठमाडौं– पछिल्लो दुई वर्षयता रोजगारीका लागि मलेसिया गएकाहरुले आत्महत्या गर्ने दर चिन्ताजनक देखिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत वर्ष (२०८१)को वैशाखदेखि चैत मसान्तसम्म मलेसिया गएकामध्ये ६९ जना नेपाली श्रमिकले आत्महत्या गरेका छन् । 

मलेसियाको यो संख्या वैदेशिक रोजगारीका क्रममा उक्त वर्ष आत्महत्या गर्ने नेपालीको कूल संख्याको करिब ४० प्रतिशत हो । गत वर्ष वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएकामध्ये १७६ जनाले आत्महत्या गरेको तथ्यांक छ । मलेसिया सबैभन्दा बढी भदौमा १० जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ ।

यसैगरी २०८१ वैशाख र जेठमा नौ–नौ जना, असार र साउनमा पाँच–पाँच जना, असोजमा सात जना, कात्तिकमा चार जना, मंसिरमा तीन, पुसमा चार, माघमा तीन, फागुनमा पाँच र चैतमा पाँच जनाले मलेसियामा आत्महत्या गरेका बोर्डले जानकारी दिएको छ । पछिल्लो समय आत्महत्याका घटना धेरै आउनु चिन्ताजनक भएको बोर्डका अधिकारीहरुले बताएका छन् ।

गत वर्ष साउदीमा ३६, संयुक्त अरब इमिरेट्स (युएई)मा ३३, कतारमा २१ र कुवेतमा १२ जनाले आत्महत्या गरेका छन् । बहराइन र ओमानमा भने यस्तो संख्या न्यून पाइएको छ । त्यसैगरी खाडीबाहेकका मुलुकमा आत्महत्याको दर तुलनात्मक रुपमा कम छ ।अघिल्लो वर्ष २०८० सालमा मलेसियामा ५७, युएईमा २५, साउदीमा २६, कतारमा २५ र कुवेतमा चार जनाले आत्महत्या गरेका थिए । त्यस्तै वि.सं. २०७९ मा युएईमा २९, साउदीमा ४१, मलेसियामा २९, कतारमा २७ र कुवेतमा चार जनाले आत्महत्या गरेको तथ्यांक छ । २०७८ मा मलेसिया गएका २३ जनाले आत्महत्या गरेका थिए ।

Hardik health

विगत केही वर्षको तथ्यांकलाई तुलना गर्दा मलेसियामा २०८० सालबाट यसको दरमा वृद्धि भएको पाइन्छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा बोर्डबाट १०९ जनाको परिवारले आर्थिक सहायता लिएका छन् । रोजगारीमा गएर आत्महत्या गर्नेमध्ये झण्डै ९० प्रतिशतको हाराहारीमा खाडीमुुलुक जानेहरु रहेको बोर्डले जनाएको छ । 

मानसिक स्वास्थ्यका विषयमा यस्तो विकराल स्थिति देखिएको अवस्थामा सरकारले विशेष कार्यक्रम अघि बढाउनुपर्ने क्लिनिकल साइकोलोजिस्ट नवराज फुयाल बताउँछन् । विदेशमा गएर कसरी काम गर्नेजस्ता विषयमा तालिम दिइएजस्तै मानसिक स्वास्थ्य, खानपान, जीवनशैलीजस्ता विषय पनि तालिममा समावेश गरिनुपर्ने उनको भनाइ छ । विशेषगरी खाडी मुलुकमा गएका श्रमिकहरुले आत्महत्या रोज्नुको पछाडि फुयालले विभिन्न कारण औंल्याएका छन् ।

‘मलेसियालगायत खाडी मुलुक जानेहरु अधिकांश न्यून या मध्यम आयस्रोत भएकाहरु हुन्छन् । उनीहरु यहीँ हुँदा पनि आफ्नो सामाजिक, आर्थिक अवस्थाका कारण कम प्रतिस्पर्धी र आत्मविश्वास कम भएका हुन्छन् । उनीहरु नेपालबाट जाँदै मानसिक स्वास्थ्यको उच्च जोखिममा हुन्छन्,’ उनले भने । फुयालका अनुसार विदेशको फरक वातावरणमा यहाँको जस्तो ‘सेयरिङ एण्ड केयरिङ’को कल्चर हुँदैन । कतिपय श्रमिक भनेजस्तो काम गर्ने वातावरण, पारिश्रमिक आदिबाट वञ्चित हुन्छन् । यसले गर्दा श्रमिकहरुको मानसिक स्वास्थ्य दिनानुदिन बिग्रिँदै जाने उनको भनाइ छ । ‘त्यसपछि मेन्टरल डिसअर्डरहरु आउने र सुसाइडल थटसम्म पुग्ने गरेको पाइन्छ,’ उनले भने ।

फुयालका अनुसार हाम्रो समाजमा व्याप्त अस्वस्थ प्रतिस्पर्धाका कारण पैसा कमाउन सकेन भने हुत्तिहारा मान्ने प्रवृत्ति छ । यसले मानिसको क्षमतामा ह्रास आउने, हिनताबोध हुने गरेको उनको भनाइ छ । त्यसैगरी औद्योगिक क्षेत्रमा काम गर्नेहरु प्रकृतिसँग घुलमिल हुन नपाउँदा पनि यस्ता समस्याको सिकार हुँदै गएको उनी बताउँछन् । त्यस्तै, पछिल्लो समय सम्बन्ध बिग्रिएका घटनाहरु बढी हुँदा पनि विदेशमा रहेका श्रमिकहरु मानसिक समस्यामा पर्ने गरेको उनले बताए । ‘मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक नलिने हाम्रो बानी छ । यसबारेमा जनचेतना जगाउन आवश्यक छ,’ फुयालले भने । 

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम वैदेशिक रोजगारीमा जाने कामदारलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रभावकारी अभिमुखीकरण दिन नसकिएको स्वीकार्छन् । ‘मानसिक स्वास्थ्यसम्बन्धी विषय पाठ्युस्तकमा छ । तर यसलाई विशेषज्ञमार्फत जसरी पढाइनुपर्ने हो त्यो गर्न हामीले सकेका छैनौं,’ उनले भने, ‘समस्या भएको विषय हामी सबैलाई थाहा छ । तर सरकारले न पाठ्यक्रम अद्यावधिक गराएको छ न हामीले माग गर्दै आएका विषयलाई सम्बोधन गरेको छ । अभिमुखीकरण कामचलाउजस्तो मात्र छ । हामी निरीह भएका छौं ।’

 


प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती सोमबार, फागुन २५, २०८२
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस् शुक्रबार, फागुन २२, २०८२
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली बुधबार, फागुन २०, २०८२
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस मंगलबार, फागुन १९, २०८२
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP