Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट
दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २, २०८२

लिस्बन -  सर्वाधिक धनराशि पुरस्कार रहेको नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि ६० देशबाट २४० जना प्रतिभा छनोट भएका छन् ।‘इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले नेपालसहित १२ भन्दा बढी मुलुकमा अडिसन लिई ती प्रतिभा छनोट गरेको हो ।

पहिलो चरणको अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि १२० जना र मेरो डान्स युनिभर्सका लागि १२० जना प्रतियोगी छनोट गरेको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले राससलाई जानकारी दिए। विश्वका विभिन्न मुलुकमा भएको स्थलगत अडिसनमा सात हजारभन्दा बढी नेपाली मूलका नेपालीभाषी प्रतियोगी सहभागी भएको भट्टराईले बताए ।

छनोट भएका प्रतियोगीहरुलाई फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौँ ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गराएको छ । छनोट भएका अधिकांशलाई काठमाडौँ ल्याइएको फाउन्डेसनले जनाएको छ ।भट्टराईका अनुसार गायन र नृत्य गरी दुवैतर्फका शोका लागि अमेरिकामा भएको अडिसनबाट १० जना, क्यानडाबाट दुई, बेलायतबाट १०, पोर्चुगलबाट १०, भूटानबाट चार, थाइल्याण्डबाट १०, हङकङबाट १०, जापानबाट १०, अफ्रिकाबाट दुई, दुबईबाट १०, कतारबाट १०, अष्ट्रेलियाबाट १०, भारतबाट ६० र नेपालका विभिन्न शहरमा भएको अडिसनबाट ८२ जना प्रतिभा छनोट भएका छन् ।

Hardik health

नेपाल बाहिर रहेका नेपालीभाषीलाई नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको आयोजना गरिएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ ।“यो नेपाली भाषा, कला र संस्कृतिको माध्यमबाट संसारभरका नेपालीलाई जोड्ने एउटा सांस्कृतिक अभियान हो”, उहाँले भने, “थाइल्याण्ड, मलेसिया, बर्मा, फिजी, भूटानलगायतका देशमा त्यहीँका नागरिक भई बसोबास गरेका नेपालीभाषीहरुले समेत अडिसनमा भाग लिई छनोट हुनुभएको छ, यसले हामीलाई अझै उत्साहित बनाएको छ । हाम्रो अभियानले विश्वका विभिन्न मुलुकमा जन्मेका र हुर्केका नयाँ पुस्ताका नेपालीभाषीहरुलाई आफ्ना पुर्खाको मातृभूमिसँग जोड्ने काम गरेको छ ।”

संसारभरका नेपाली भाषीलाई नेपालसँग जोड्ने र कलासंस्कृतिको जगेर्ना गर्ने परिकल्पनाका साथ यो शो आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए । “नेपालीको परम्परा, रीतिथिति, भाषा, संस्कृति र नेपालीपन जोगाई राख्न सकियोस्, पुर्खाको जन्मभूमिसँग विदेशमा बस्ने नयाँ पुस्ताका नेपालीलाई जोड्न सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य होे,” अध्यक्ष अधिकारीले भने । अमेरिकाबाट सुरु भएको स्थलगत अडिसन क्यानडा, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, अफ्रिका, अष्ट्रेलिया, दुबई, कतार, भूटान र भारतका विभिन्न शहरमा सम्पन्न भएको छ ।

त्यसैगरी, नेपालमा बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसन सम्पन्न गरेको छ । पहिलो संस्करणमा विश्वका ५२ देशका नेपालीभाषीले सहभागिता जनाएकामा यसपटक ६० देशका नेपाली प्रतिभाहरुको सहभागिता रहेको फाउण्डेसनले जनाएको छ । दुवै शोका विजेताहरुले रु एक–एक करोड नगद पुरस्कार पाउने छन्भने उपविजेताले रु २५–२५ लाख तथा तृतीय स्थान प्राप्त गर्नेले रु १०–१० लाख पुरस्कार पाउने फाउण्डेसनले जनाएको छ । यसबाहेक समूह नृत्यतर्फका प्रतिस्पर्धाका विजेता समूहले रु २० लाख, उपविजेता समूहले रु १० लाख र तृतीय समूहले रु पाँच लाख प्राप्त गर्नेछन् । छनोट चरणको उत्कृष्ट दशसम्म पुग्न सफल प्रतिभालाई रु तीन–तीन लाखले पुरस्कृत गरिने जनाइएको छ ।  

मेरो भ्वाइस युनिभर्सका लागि काठमाडौँमा सम्पन्न छनोट चरणमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहेका छन्  । मेरो डान्स युनिभर्सको निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शङ्कर बिसी, कविराज गहतराज र किरण थापालगायत रहने आयोजक संस्थाले जनाएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै शोको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोट प्रक्रिया यसै साताबाट सुरु भएको छ । यअघि फाउण्डेसनले सन् २०२३ मा दुवै रियालिटी शोको पहिलो संस्करण सम्पन्न गरेको थियो । पहिलो संस्करणको ‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रीतम राई विजेता हुनुभएको थियो भने ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेका थिए । 


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक सोमबार, फागुन ११, २०८२
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा शुक्रबार, फागुन ८, २०८२
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव शुक्रबार, फागुन ८, २०८२
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा बिहीबार, फागुन ७, २०८२
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल'
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल' बुधबार, फागुन ६, २०८२
म्युजिक भिडियो प्रियतम सार्वजनिक
म्युजिक भिडियो प्रियतम सार्वजनिक बुधबार, फागुन ६, २०८२
‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ काे नोमिनेसन सार्वजनिक  
‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ काे नोमिनेसन सार्वजनिक   बुधबार, फागुन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP