Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
सदस्य र डेलिगेट्स बन्न एनआरएन अभियन्ताहरूको जोड एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २५, २०८१

काठमाडौं -  गैर आवासीय नेपाली संघ  (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्य बन्न एक दिन मात्रै बाँकी रहँदा एनआरएनए अभियन्ताहरूले जति सक्दो चाँडो सदस्य तथा डेलिगेट्स बनेर  संस्थालाई लोकतान्त्रीकरण र सुधार गर्न योगदान दिन आह्वान गरेका छन्।

एनआरएनए उच्चस्तरीय समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले उच्चस्तरीय समितिले  सर्वोच्च अदालतले दिएको जिम्मेवारी पूरा गर्न एकदमै उत्तरदायी भएर काम गरिरहेको बताए  ।  

आर्थिक समितिका संयोजक पनि रहेका आचार्यले  डेलिगेट्स दर्ताका लागि १ सय डलर अर्थात् १४ हजार नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने निर्णय गरिएको बताए  । उनले २२ अप्रिल भित्र डेलिगेट्स बन्न निवेदन दिन पनि अपिल गरे। "अझै पनि एक ठाउँमा बसेर  समस्या समाधान गरेर अधिवेशन गरौँ। हामीले सहमति गरेर एक भएर गैर आवासीय नेपालीहरूका मुद्दा अगाडि बढाउनु पर्ने छ । फेरि पनि व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थालाई एकताबद्ध बनाउने विषयमा सोची दिनुहोला," उनले भने।

Hardik health

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले  महाधिवेशनको तयारी तीव्र रूपमा भई रहेको बताइन् । " सुरुका दिनमा हामीले सचिवालय  हामीलाई हस्तान्तरण हुन्छ भनेर आशा गरेका थियौँ । तर त्यो नभएपछि अहिले हामीले अफिसको  स्पेस पनि बढाएका छौँ । सदस्यता एप्रुभलमा ढिलाइ भएकोमा अहिले हामी पूर्ण रूपमा तयार भएका छौँ । । यस विषयमा अन्यथा नसोचिदिनुहुन अनुरोध गर्दछु," उनले भनिन । सदस्य सचिव गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा १४ हजार भन्दा  बढीले  सदस्यताको लागि निवेदन दिएको  र  डेलिगेट्सका लागि  २ सय भन्दा  बढी निवेदन आएको बताइन् ।

अमेरिका निवासी एनआरएनए अभियन्ता डा. केशव पौडेलले  सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो अधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी भएको बताए । "एनआरएनको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया हो। यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो। अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। कम्तीमा २ वर्ष विदेशमा बसिसकेका  नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनएको अधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु," उनले भने।

मलेसियामा बसोबास गर्ने एनआरएन अभियन्ता खगेन्द्र न्यौपानेले  पहिला एनसीसीको चुनाव हुने र त्यसपछि आइसिसीको चुनाव हुने गरेको तर यस पटक  विगतको भन्दा फरक रहेको बताए  । "अदालतको फैसला आएपछि  पूर्व अध्यक्षहरूको फोटो फाल्ने अनि त्यही कार्यालयमा बस्न सुहाउँछ कि सुहाउँदैन ?" उनले प्रश्न  गरे।   उनले सदस्य बन्न कसैलाई पनि  वञ्चित नगरिएको र  विगतमा जस्तो डेलिगेट्स बन्नका लागि झगडा पनि अन्त्य गरेको बताए  । उनले सहमतिमा नेतृत्व चयन गर्न  पनि आग्रह गरे।

बेल्जियममा बसोबास गर्ने एनआरएन  अभियन्ता लोक दाहालले स्वतःस्फूर्त रूपमा सदस्य बन्न निवेदन आइरहेको र यो उत्साहजनक रहेको बताए ।  "हामीले एनसीसीहरुलाई बुझाउन सकेको भए मेम्बरसिप बढ्ने थियो । तर अहिलेलाई हामीले सकारात्मक रूपमा लिनु पर्छ," उनले भने।  दाहालले बद्री केसी पक्षले संघको कोषको दुरुपयोग गरिरहेको आरोप लगाउँदै नयाँ निर्वाचित कमिटीले कोषको अडिट गर्ने बताए ।कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सदस्य सचिव गंगाधर गौतमले  गरेका थिए।


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र  मन्त्रालय
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र मन्त्रालय बुधबार, माघ २१, २०८२
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP