Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #हायात_प्लेस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #एचआइभी एड्स दिवस
  • #यःमरी
  • #बोराबाध
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना
गेलाल प्यानलको चुनावी प्रतिबद्धता वैदेशिक रोजगार व्यवसायलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना
विविशा पौडेल
विविशा पौडेल सोमबार, चैत २५, २०८१
  • ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा
  • वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने संकल्प
  • नीतिगत सुधारका लागि २१ बुँदा, कार्यविधि व्यवस्थापनमा १० बुँदा र आन्तरिक व्यवस्थापनमा १५ बुँदाको प्रतिबद्धता समावेश
  • प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने अध्यक्षका उम्मेदवार नरेश गेलालको आश्वासन

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । समूहले आइतबार चुनावीसभा आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको यो प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध रहेका छन् । संघको अध्यक्षका लागि गेलालसँग लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानलबाट भुवनसिंह गुरुङ प्रतिस्पर्धामा छन् । 

गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा बनाएको छ । वैदेशिक रोजगार व्यवसायलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना यो समूहले अघि सारेको छ । एचआर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक गेलालले आफू नेतृत्वको प्यानललाई जिताउन व्यवसायीहरुसँग अपिल गरे । चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।

प्रगतिशील मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका गेलालको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक प्रालिका मधुकर रिजाल र तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका बैकुण्ठप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । गेलालको प्यानलबाट महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका अनिल बोगटी र सचिवमा कालिञ्चोक एचआरकी धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।

Hardik health

त्यसैगरी सदस्यहरुमा माउन्टेन ग्रुपमा देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका चन्द्रबहादुर लिम्बू, रियो ओभरसिजकी रमा खड्का, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पेयरका दिनेश बस्नेत, आयुष ओभरसिजका कामेश्वर शाह, सिगल ओभरसिजका छत्रबहादुर बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा र गल्फ एसिया म्यानपावरका राजेश यादव रहेका छन् ।


प्रतिबद्धतापत्रमा के छ ? 
गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले नीतिगत सुधारका लागि २१ बुँदा, कार्यविधि व्यवस्थापनमा १० बुँदा र आन्तरिक व्यवस्थापनमा १५ बुँदाको प्रतिबद्धता समावेश गरेको छ । नीतिगत सुधारतर्फको पहिलो बुँदामा वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल परिमार्जन गरी व्यवसायी तथा कामदारमैत्री बनाउने उल्लेख छ । जसमा श्रम सम्झौताका आधारमा अन्तिम स्वीकृति दिनुपर्ने र मागपत्र दूतावासबाट अनिवार्य प्रमाणीकरणको व्यवस्था हटाउन विशेष जोड दिने प्रतिबद्धता जनाइएको छ । 

यसैगरी, १० हजार रुपैयाँ सेवा शुल्क खारेजीको विषयलाई पनि प्राथमिकता दिइएको छ । यसको सट्टा कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले लिन पाउने व्यवस्था गर्न पहल गर्ने बताइएको छ । वार्षिक १०० जना कामदार पठाउनुपर्ने कानुनी प्रावधान हटाउन, सार्क मुलुकहरुसरह नेपाली कामदारहरुले पनि रोजगारदाता कम्पनीले हवाई टिकट नदिएको अवस्थामा कामदारले नै हवाई टिकटबापतको रकम तिरेर रोजगारीमा जान पाउने व्यवस्था गर्न, कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुले कामदारलाई पार्ने उच्च आर्थिक भारलाई न्यूनीकरण गर्न पहल गर्नेलगायत प्रतिबद्धता पनि गेलाल नेतृत्वको समूहले अघि सारेको छ ।

नीतिगत सुधारतर्फ नै घरेलु कामदार कार्यविधिलाई परिमार्जन गरी कामदार र व्यवसायीमैत्री बनाउन, सम्झौताअनुसार कार्य नगर्ने रोजगारदाता कम्पनी र विदेशी रिक्र्युटिङ एजेन्सीलाई कालो सूचीमा राख्ने व्यवस्था गर्न, खाडी मुलुकमा जाने नेपाली कामदारले पाउने न्यूनतम पारिश्रमिकमा एकरुपता कायम गर्न काम गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । यसैगरी संघीय नियम कानुनलाई कामदार र व्यवसायीमैत्री बनाउन, वैदेशिक रोजगार व्यवसायीले स्वदेशमासमेत कामदार आपूर्ति गर्न पाउने इजाजतको व्यवस्था गराउन, इजरायललगायतका मुलुकहरुमा व्यवसायी संस्थामार्फत कामदार आपूर्ति गर्ने व्यवस्था गराउनदेखि युट्युबरका नाममा भएका व्यवसायीविरोध हर्कतलाई निस्तेज गर्नेसम्मका बुँदा गेलाल समूहको प्रतिबद्धतापत्रमा समेटिएका छन् । 

कार्यविधि व्यवस्थापनतर्फ अनलाइन श्रम स्वीकृति प्रणालीलाई थप प्रभावकारी बनाउन, वैदेशिक रोजगार विभागमा स्थापित गुनासो सुनुवाइको संयन्त्रलाई थप प्रभावकारी बनाउन तथा व्यावसायिक संस्थाउपर परेका उजुरीलाई कानुन व्यवसायीसहितको रोहबरमा निःशुल्क कानुनी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ । दूतावासबाट हुने अनावश्यक हस्तक्षेप र झण्झटिलो प्रक्रिया अन्त्यका लागि पहल गर्ने, वैदेशिक रोजगार बोर्डमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नेपालस्थित साउदी दूतावामा साउदी आइडी तथा भिसा प्रमाणीकरणमा भएका झण्झटिलो प्रक्रियालाई छिटो छरितो बनाउन पहल गर्ने गेलाल समूहको प्रतिबद्धता छ । 

आन्तरिक व्यवस्थापनतर्फ नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई प्रविधिमैत्री बनाउने, संघको विधानमा व्यवसायी भलाइ कोषको व्यवस्था गरी व्यवसायी र कामदारको हितमा भलाइ कोष स्थापना गर्ने, संघको भवन व्यवस्थापन र क्षेत्रफल विस्तार गरी अत्याधुनिक बनाउने, सातवटै प्रदेशको राजधानीमा संघको शाखा कार्यालय स्थापना गर्ने, सबै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिम केन्द्र स्थापना गरी अर्धदक्ष तथा दक्ष जनशक्ति उत्पादन गर्नेलगायत प्रतिबद्धताका बुँदाहरु समेटिएका छन् । 
 


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल सोमबार, मंसिर १५, २०८२
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो 
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो  सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धि फिर्ताको मागसहित संघले मन्त्रालयलाई पठायो पत्र
शुल्क वृद्धि फिर्ताको मागसहित संघले मन्त्रालयलाई पठायो पत्र आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति शुक्रबार, मंसिर १२, २०८२
सरकारले शुल्क बढाएको एक हप्तापछि व्यवसायीको विरोध
सरकारले शुल्क बढाएको एक हप्तापछि व्यवसायीको विरोध शुक्रबार, मंसिर १२, २०८२
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा पुगेका मात्र झन्डै २० लाख 
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा पुगेका मात्र झन्डै २० लाख  शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP