Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना
गेलाल प्यानलको चुनावी प्रतिबद्धता वैदेशिक रोजगार व्यवसायलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना
विविशा पौडेल
विविशा पौडेल सोमबार, चैत २५, २०८१
  • ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा
  • वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने संकल्प
  • नीतिगत सुधारका लागि २१ बुँदा, कार्यविधि व्यवस्थापनमा १० बुँदा र आन्तरिक व्यवस्थापनमा १५ बुँदाको प्रतिबद्धता समावेश
  • प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने अध्यक्षका उम्मेदवार नरेश गेलालको आश्वासन

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । समूहले आइतबार चुनावीसभा आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको यो प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध रहेका छन् । संघको अध्यक्षका लागि गेलालसँग लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानलबाट भुवनसिंह गुरुङ प्रतिस्पर्धामा छन् । 

गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा बनाएको छ । वैदेशिक रोजगार व्यवसायलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना यो समूहले अघि सारेको छ । एचआर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक गेलालले आफू नेतृत्वको प्यानललाई जिताउन व्यवसायीहरुसँग अपिल गरे । चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।

प्रगतिशील मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका गेलालको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक प्रालिका मधुकर रिजाल र तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका बैकुण्ठप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । गेलालको प्यानलबाट महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका अनिल बोगटी र सचिवमा कालिञ्चोक एचआरकी धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।

Hardik health

त्यसैगरी सदस्यहरुमा माउन्टेन ग्रुपमा देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका चन्द्रबहादुर लिम्बू, रियो ओभरसिजकी रमा खड्का, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पेयरका दिनेश बस्नेत, आयुष ओभरसिजका कामेश्वर शाह, सिगल ओभरसिजका छत्रबहादुर बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा र गल्फ एसिया म्यानपावरका राजेश यादव रहेका छन् ।


प्रतिबद्धतापत्रमा के छ ? 
गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले नीतिगत सुधारका लागि २१ बुँदा, कार्यविधि व्यवस्थापनमा १० बुँदा र आन्तरिक व्यवस्थापनमा १५ बुँदाको प्रतिबद्धता समावेश गरेको छ । नीतिगत सुधारतर्फको पहिलो बुँदामा वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल परिमार्जन गरी व्यवसायी तथा कामदारमैत्री बनाउने उल्लेख छ । जसमा श्रम सम्झौताका आधारमा अन्तिम स्वीकृति दिनुपर्ने र मागपत्र दूतावासबाट अनिवार्य प्रमाणीकरणको व्यवस्था हटाउन विशेष जोड दिने प्रतिबद्धता जनाइएको छ । 

यसैगरी, १० हजार रुपैयाँ सेवा शुल्क खारेजीको विषयलाई पनि प्राथमिकता दिइएको छ । यसको सट्टा कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले लिन पाउने व्यवस्था गर्न पहल गर्ने बताइएको छ । वार्षिक १०० जना कामदार पठाउनुपर्ने कानुनी प्रावधान हटाउन, सार्क मुलुकहरुसरह नेपाली कामदारहरुले पनि रोजगारदाता कम्पनीले हवाई टिकट नदिएको अवस्थामा कामदारले नै हवाई टिकटबापतको रकम तिरेर रोजगारीमा जान पाउने व्यवस्था गर्न, कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुले कामदारलाई पार्ने उच्च आर्थिक भारलाई न्यूनीकरण गर्न पहल गर्नेलगायत प्रतिबद्धता पनि गेलाल नेतृत्वको समूहले अघि सारेको छ ।

नीतिगत सुधारतर्फ नै घरेलु कामदार कार्यविधिलाई परिमार्जन गरी कामदार र व्यवसायीमैत्री बनाउन, सम्झौताअनुसार कार्य नगर्ने रोजगारदाता कम्पनी र विदेशी रिक्र्युटिङ एजेन्सीलाई कालो सूचीमा राख्ने व्यवस्था गर्न, खाडी मुलुकमा जाने नेपाली कामदारले पाउने न्यूनतम पारिश्रमिकमा एकरुपता कायम गर्न काम गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । यसैगरी संघीय नियम कानुनलाई कामदार र व्यवसायीमैत्री बनाउन, वैदेशिक रोजगार व्यवसायीले स्वदेशमासमेत कामदार आपूर्ति गर्न पाउने इजाजतको व्यवस्था गराउन, इजरायललगायतका मुलुकहरुमा व्यवसायी संस्थामार्फत कामदार आपूर्ति गर्ने व्यवस्था गराउनदेखि युट्युबरका नाममा भएका व्यवसायीविरोध हर्कतलाई निस्तेज गर्नेसम्मका बुँदा गेलाल समूहको प्रतिबद्धतापत्रमा समेटिएका छन् । 

कार्यविधि व्यवस्थापनतर्फ अनलाइन श्रम स्वीकृति प्रणालीलाई थप प्रभावकारी बनाउन, वैदेशिक रोजगार विभागमा स्थापित गुनासो सुनुवाइको संयन्त्रलाई थप प्रभावकारी बनाउन तथा व्यावसायिक संस्थाउपर परेका उजुरीलाई कानुन व्यवसायीसहितको रोहबरमा निःशुल्क कानुनी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ । दूतावासबाट हुने अनावश्यक हस्तक्षेप र झण्झटिलो प्रक्रिया अन्त्यका लागि पहल गर्ने, वैदेशिक रोजगार बोर्डमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नेपालस्थित साउदी दूतावामा साउदी आइडी तथा भिसा प्रमाणीकरणमा भएका झण्झटिलो प्रक्रियालाई छिटो छरितो बनाउन पहल गर्ने गेलाल समूहको प्रतिबद्धता छ । 

आन्तरिक व्यवस्थापनतर्फ नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई प्रविधिमैत्री बनाउने, संघको विधानमा व्यवसायी भलाइ कोषको व्यवस्था गरी व्यवसायी र कामदारको हितमा भलाइ कोष स्थापना गर्ने, संघको भवन व्यवस्थापन र क्षेत्रफल विस्तार गरी अत्याधुनिक बनाउने, सातवटै प्रदेशको राजधानीमा संघको शाखा कार्यालय स्थापना गर्ने, सबै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिम केन्द्र स्थापना गरी अर्धदक्ष तथा दक्ष जनशक्ति उत्पादन गर्नेलगायत प्रतिबद्धताका बुँदाहरु समेटिएका छन् । 
 


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP