Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘निरन्तर सडकमा छौं, हाम्रो पीडा न विभागले सुन्छ न मन्त्रीले’
म्यानपावर र कन्सल्टेन्सीपीडितको गुनासो ‘निरन्तर सडकमा छौं, हाम्रो पीडा न विभागले सुन्छ न मन्त्रीले’
ममता थापा
ममता थापा आइतबार, चैत २४, २०८१

काठमाडौं– ‘विगत दुई वर्षदेखि हामी म्यानपावर र कन्सल्टेन्सी पीडितहरु न्याय मागिरहेका छौं । तर सरकार किन हाम्रो कुरा सुन्दैन ? कुन सरकारले हो हामीलाई न्याय दिने ?’ बुधबार माइतीघर मण्डलमा सरकारलाई खबरदारी गर्न धर्नामा बसेका म्यानपावरपीडितहरु आफ्नो पीडा यसरी पोख्दै थिए । सरकारलाई आफ्नो समस्या सुनाउन आएकी एक युवतीसँग कुराकानी गरियो । उनले आफू फसेको कुरा घरमा थाहा नभएकाले नाम खुलाउन चाहिनन् । उनको घर नुवाकोट रहेछ ।

उनले सन् २०२२ मा सुकेधारामा रहेको काठमाडौं ब्राइट ह्युमन रिसोेर्समा चार लाख ५० हजार रुपैयाँ बुझाएको बताइन् । उनलाई क्रोएसियामा फलफूल प्याकिङको काममा पठाइदिने भनिएको थियो । उनीजस्तै थुप्रैलाई क्रोएसिया पठाइदिने भनेर नुवाकोटको बिदुर नगरपालिकाका गजेन्द्रबहादुर तामाङले साढे तीन लाखदेखि १६ लाख रुपैयाँसम्म उठाएको पीडितहरु बताउँछन् । गजेन्द्र विगत दुई वर्षदेखि बेपत्ता छन् । पीडितहरुले प्रहरीमा उजुरी गरे पनि उनलाई समात्न सकेको छैन ।

खोटाङका धिरज गिरी पोल्याण्ड जाने भनेर ललितपुरमा रहेको इलाइट टु ह्युमन रिसोर्स एण्ड हस्पिटालिटी (इटुडब्ल्यू) पुगे । त्यहाँका मार्केटिङ म्यानेजर कृष्ण नेपालीलाई एक लाख रुपैयाँ बुझाए । उनले एक वर्षअघि रकम बुझाएका थिए । काम किन ढिला भयो भनेर सोध्दा हुँदै छ भनिन्थ्यो । आहिले उक्त कम्पनी बन्द छ, सञ्चालक फरार छन् । ‘यसको प्रधान कार्यालय कतारमा छ । कृष्णले म बोसलाई भेट्न कतार आएको छु, जसरी भए पनि काम गरिदिन्छु भन्ने गरेको थियो । अहिले सम्पर्कविहीन भएको पाँच महिनाजति भयो,’ पीडित गिरीले भने, ‘हामी पीडितहरुले वैदेशिक रोजगार विभागमा मुद्दा हालेका छौं, त्यो त हेर्नप¥यो नि । जहिले जाँदा पनि विभागले हुँदै छ मात्र भन्छ, के हुँदै छ त खोइ ?’

Hardik health

म्याग्दीकी गंगा पुन आफ्नो भाइ जुने पुनलाई वैदेशिक रोजगारीमा पठाउन खोज्दा धेरै पटक ठगीमा परेकी छन् । करिब चार–पाँच वर्षअघि पोर्चुगल पठाउने भनेर दुई लाख रुपैयाँ, माल्टा पठाउने भनेर दुई लाख ५० हजार र मकाउ पठाउने भनेर पाँच लाख रुपैयाँ डुबेको उनले बताइन् । यो सबै पैसा दलालले खाइदिएको उनको भनाइ छ । ‘हामी त गाउँको मान्छे, कहाँबाट पठाउने पनि थाहा थिएन,’ उनले भनिन् । व्यक्तिले होइन संस्थाबाट पठाउँदा सुरक्षित हुन्छ भनेर थाहा पाएपछि उनी कलंकीमा रहेको पल्स वेभ कन्सल्टेन्सीमा पुगिन् । त्यहाँ फलफूल प्याकिङमा डेनमार्क पु¥याइदिने भनेर सञ्चालकले ४० हजार रुपैयाँ मागे । अब भने भाइ विदेश जाने भयो भनेर कुर्दाकुर्दै उनले एक महिनाअघि सञ्चालक भागेको खबर पाइन् । वैदेशिक रोजगार विभागले सञ्चालकका नाममा पक्राउ पुर्जी जारी गरे पनि पीडक अझै फरार छन् । 

पीडितहरुलाई एकीकृत बनाइरहेका युवा दीपक रावल पीडितहरु निरन्तर सडकमा आउँदा पनि कसैले नसुनेको बताउँछन् । आफूहरुले न्याय नपाएसम्म जतिबेला पनि आन्दोलन गर्न सक्ने उनको भनाइ छ । एउटा कन्सल्टेन्सी र म्यानपावरले २०० देखि एक हजार जनालाई ठगेको भेटिएको उनले बताए । काठमाडौं ब्राइट ह्युमन रिसोर्सबाट २०० जनाभन्दा बढी, पल्स वेभबाट ७०० भन्दा बढी, इटुडब्ल्यू र सबकुरा नामक कन्सल्टेन्सीबाट एक हजारभन्दा बढी, राप्ती म्यानपावरबाट १०० भन्दा बढी ठगिएको उनको भनाइ छ । 

‘सञ्चालकहरुले पीडितलाई उल्टै थर्काउने, धम्क्याउने गरिरहेका छन् । यस्तो हुँदा कतिपय पीडित बोल्नै डराउँछन् । सरकारले न्याय नदिएसम्म हामी सडक छोड््दैनौं,’ रावलले भने, ‘श्रममन्त्रीसँग हालसालै भेट्दा अब सशक्त ढंगले काम गर्छु, हेर्दै जानुहोस् के–के गर्छु भन्नुभएको छ । तर पीडकलाई जोगाउनलाई हेर्दै जानुस् भनेको हो या पीडितलार्र्र्ई न्याय दिने काममा भन्ने बुझ्न सकेको छैन ।’ अब संगठन बनाएर देशभरका पीडितलाई काठमाडौंमा ल्याउने तयारी गर्ने उनले बताए ।

‘विभागको कारण मात्र ढिला भएको होइन’
वैदेशिक रोजगार विभागले भने वैदेशिक रोजगारीका नाममा हुने ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउँछ । विभागकै कारणले मात्रै कारबाहीमा ढिलाइ नभएको विभागका अधिकारी बताउँछन् । विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी अभियुक्त पक्राउ गर्न विभिन्न निकायसँग समन्वय गर्नुपर्ने भएकोले समय लाग्ने बताउँछन् । तर पीडितहरु आत्तिहाल्ने गर्दा विभागले ढिला गरेको जस्तो देखिएको उनी बताउँछन् ।

‘समस्या हजारौंमा छन्, समाधान सयको हाराहारीमा हुन्छ । यथार्थ यही हो । यस्ता केसमा विशेष सरकारी वकिल, वैदेशिक रोजगार न्यायाधीकरण, देशभरका प्रहरीदेखि इन्टरपोलसमेत संलग्न हुनुपर्ने हुन्छ, त्यसैले समय लागेको हो,’ उनले भने । यदि पक्राउ पुर्जी जारी भएपछि अभियुक्त पक्राउ परेन भने प्रहरीबाट पक्राउ पर्न नसकेको कागज ल्याएपछि मात्र बाँकी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । उनले पीडकबाट थर्काउने, धम्क्याउने कार्य भए प्रहरीमा जाहेरी दिन सुझाव दिए ।
 


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP