Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको निर्वाचन द्विपक्षीय प्रतिस्पर्धातर्फ
नेतृत्व दौडमा गुरुङ र गेलाल संघको निर्वाचन द्विपक्षीय प्रतिस्पर्धातर्फ
ममता थापा
ममता थापा शुक्रबार, चैत २२, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागि द्विपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ । सत्ता साझेदारीमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट व्यवसायीहरु छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसबाट भुवनसिंह गुरुङ र एमालेबाट नरेश गेलालको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्षमा गुरुङसहित अन्य पदका उम्मेदवारहरु सार्वजनिक गरेको छ । यो प्यानलमा नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च पनि जोडिएको छ । माओवादीनिकट व्यवसायीसँग चुनावी तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै एसोसिएसनका केही व्यवसायी प्रगतिशीलतर्फ लागेका छन् ।

अर्कोतर्फ एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले लोकतान्त्रिक एसोसिएसनका असन्तुष्ट पक्ष र नेकपा एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनसँग गठबन्धन गरेर उम्मेदवार सार्वजनिक गरेको छ । यो प्यानलबाट अध्यक्षमा गेलालसहित अन्य पदका उम्मेदवारहरु बुधबार घोषणा गरिएको छ ।

Hardik health

यही चैत २९ गते हुने संघको निर्वाचनमा गुरुङ र गेलालबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । दुवै पक्ष आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । एसोसिएसनको असन्तुष्ट पक्ष प्रगतिशीलतिर मिसिन पुग्दा त्यसको लाभ गेलाललाई पुग्ने उनीनिकट व्यवसायीहरु बताउँछन् । तर गुरुङपक्षका व्यवसायीहरु भने केही व्यक्ति विपक्षी प्यानलतर्फ लाग्दैमा फरक नपर्ने दाबी गर्छन् ।

एसोसिएसनको कार्यसमितिले गत चैत १७ गते गुरुङलाई अध्यक्षको आधिकारिक उम्मेदवार बनाउने निर्णयसँगै गणतान्त्रिकसँग तालमेल हुने आधिकारिक घोषणा गरेको थियो । त्यसपछि पूर्वअध्यक्षहरु विमल ढकाल, कुमुद खनाल, प्रज्ञान न्यौपानेलगायतले असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले यो विषय पार्टी सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए । सभापति देउवाबाट ‘पार्टीको नीति जे छ त्यही गर्नू’ भन्ने निर्देशन पाएको भन्दै उनीहरु प्रगतिशीलतर्फ लागेका हुन् । हाल कांग्रेस–एमाले सत्ता गठबन्धनमा रहेकाले प्रतिपक्षीसँग गठबन्धन गर्न नहुने उनीहरुको जिकिर छ । पार्टीले तल्लो तहसम्म पनि ‘माओवादीसँग तालमेल नगर्नू’ भनेकाले एमालेसँग तालमेल गर्नुको विकल्प नरहेको तर्क उनीहरुको छ ।

एसोसिएसन र गणतान्त्रिकका साझा उम्मेदवार गुरुङ निर्वाचन परिचालन मूल समारोह समिति बनाएर चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । विगतमा संघको सदस्यदेखि तृतीय र द्वितीय उपाध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ । एसोसिएसनमा सुरुदेखि नै आबद्ध रहेका गुरुङ त्यहाँ भने कुनै महŒवपूर्ण पदमा बसेनन् । आफू अनुभवी र परिपक्व उम्मेदवार भएकाले व्यवसायीले आफूलाई नै जिताउने उनको दाबी छ । गुरुङले वैदेशिक रोजगार व्यवसायको शुद्धीकरण र यस क्षेत्रको समस्या सम्बोधन गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएका छन् । 

प्रगतिशीलका गेलाल भने एसोसिएसनको आन्तरिक कलहको फाइदा उठाउने दाउमा छन् । एसोसिएसनको असन्तुष्ट पक्ष र समाजवादीनिकट व्यवसायीको साथ पाएपछि उनी उत्साहित देखिन्छन् । गेलाल प्रगतिशील मञ्चका पूर्वअध्यक्ष र संघका पूर्वमहासचिव हुन् । अघिल्लोपटक २०७९ मा भएको निर्वाचनमा पनि एसोसिएसनको आन्तरिक किचलोको फाइदा प्रगतिशीलले उठाएको थियो । लोकतान्त्रिक एसोसिएसनबाट कुमुद खनाल अध्यक्षका उम्मेदवार हुँदा गुरुङ बागी उठेका थिए । यसपटक खनालको समूह त्यसैको रिस साँध्न लागिपरेको देखिन्छ ।

यसअघि फागुन २ गते हुने भनिएको संघको निर्वाचनमा पनि गुरुङलाई गलत ढंगबाट उम्मेदवार बनाइएको भन्दै एसोसिएसनबाट अध्यक्षका आकांक्षी छ जनाले विरोध जनाएका थिए । जसमा खनालसहित प्रज्ञान न्यौपाने, सुजितकुमार श्रेष्ठ, चिरञ्जीवी बस्याल, मेघनाथ भुर्तेल र किशोर केसी रहेका थिए । तर संघको वर्तमान कार्यसमितिले निर्वाचन स्थगित गरेर असार १७ गते पु¥याएको थियो । गुरुङले आफूलाई हराउन षड्यन्त्रपूर्वक चुनाव सारेको भन्दै विरोध जनाएका थिए । यो विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । गुरुङपक्षले निर्वाचन सार्ने संघ कार्यसमितिको निर्णय खारेजीका लागि निर्देशन जारी गर्न माग गरे पनि प्रशासनबाट त्यस्तो निर्देशन जारी भएन । यद्यपि, व्यवसायीहरुको विरोधपछि निर्वाचन मिति अगाडि सार्दै चैत २९ लाई तय गरिएको हो ।


प्रगतिशील मञ्च नेतृत्वको संयुक्त व्यवसायी  समूह
अध्यक्षः नरेश गेलाल
प्रथम उपाध्यक्षः सुजितकुमार श्रेष्ठ
द्वितीय उपाध्यक्षः मधुकर रिजाल
तृतीय उपाध्यक्षः बैकुण्ठवैभव पौडेल
महासचिवः कर्ण कटवाल
सचिवः अनिल बोगटी
कोषाध्यक्षः धनु सिञ्जाली मगर
सदस्यहरुः
देउमान नेम्वाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, रमा खड्का, हिमा गुरुङ, दिनेश बस्नेत, कामेश्वर शाह राहुल, छत्र बस्नेत, युवराज देवकोटा र राजेश यादव


लोकतान्त्रिक एसोसिएसन नेतृत्वको संयुक्त प्यानल
अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः विक्रम श्रेष्ठ
सदस्यहरुः
विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, तिलरुपा दाहाल, गीता राउत, कृष्ण ढकाल, रेखा शेर्मा र भरत सापकोटा


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP