Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘सुनौं, सिकौं’ कार्यक्रमबाट लाभ लिँदै मलेसियामा रहेका श्रमिक
एलर्जी, ग्यास्ट्रिक र एञ्जाइटी मुख्य समस्या ‘सुनौं, सिकौं’ कार्यक्रमबाट लाभ लिँदै मलेसियामा रहेका श्रमिक
ममता थापा
ममता थापा बिहीबार, चैत १४, २०८१

काठमाडौं– वैदेशिक रोजगारीमा गएका श्रमिकहरु विभिन्न स्वास्थ्य समस्याबाट गुज्रनुपरेका गुनासाहरु आउने गरेका छन् । विभिन्न अध्ययनबाट प्राप्त तथ्यांकले पनि त्यस्तो समस्या रहेको देखाउँछ । धेरै नेपालीहरुको रोजगार गन्तव्य बनेको मलेसियामा पनि सोही समस्या देखिन्छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन १५ गतेसम्म विभिन्न स्वास्थ्य समस्याका कारण मलेसिया गएका ५२ जनाको ज्यान गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । यस्ता समस्यामा परी ज्यान गुमाउन नपरोस् भनेर मलेसियास्थित नेपाली दूतावासले स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ । यही चैतबाट सुरु भएको परामर्श सेवाबाट श्रमिकहरु लाभान्वित हुन थालेका छन् ।

रोजगारीको सिलसिलामा गएका श्रमिकले झेल्नुपर्ने विविध समस्याको बेलैमा समाधान गर्न सकियोस् भन्ने उद्देश्यसहित दूतावासले ‘सुनौं, सिकौं’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । नेपालबाट स्वास्तिक हिमालयन ग्रुपले यसको सहजीकरण गरिरहेको छ । श्रमिकहरुलाई विभिन्न खाले शारीरिक र मानसिक समस्या आउन नदिन, यदि समस्या छ भने समाधानका लागि के–के गर्न सकिन्छ भनेर विज्ञ चिकित्सक र मनोपरामर्शदाताले परामर्श दिइरहेका छन् । ‘भर्चुअल’ माध्यमबाट सञ्चालित कार्यक्रममा सहभागी हुनेले स्वस्थ जीवन र खानपानसम्बन्धी ज्ञानका साथै स्वास्थ्य समस्याको प्राकृतिक र एलोपेथिक विधिबाट हुने समाधानका बारेमा परामर्श पाउन सक्छन् । जिज्ञासालाई सामूहिक या व्यक्तिगतरुपमा सम्बोधन गरिने दूतावासले जानकारी दिएको छ । 

श्रमिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तयार पारिएको यस कार्यक्रममा चिकित्सक, मनोसामाजिक परामर्शदाता, श्रम विशेषज्ञ, कलाकार, उत्प्रेरक वक्ता आदिलाई समेत सहभागी गराइने भएकाले रमाइलो तरिकाले सन्देश लिन सकिने कार्यक्रम ‘हेल्प डेस्क’की आर्या थापाले बताइन् । यो कार्यक्रम पहिलोचोटि सञ्चालन गरिएकाले करिब चार महिना चल्ने उनको भनाइ छ । कार्यक्रमको आयोजक मलेसियास्थित नेपाली दूतावास भए पनि यो नेपालबाटै सञ्चालन भइरहेको छ । यस कार्यक्रमअन्तर्गत हरेक शुक्रबार मलेसियाको समयअनुसार साँझ ५ः१५ देखि ६ः१५ सम्म श्रमिकहरुले विशेषज्ञ चिकित्सकलाई लाइभमै आफ्नो समस्या राख्न सक्छन् । यसका साथै श्रमिकहरुले हरेक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म चिकित्सकलाई सीधै सम्पर्क गरेर पनि आवश्यक परामर्श लिन सक्छन् ।

Hardik health

‘सुनौं, सिकौं’ सुरुभएदेखि आफ्नो सम्पर्कमा १६–१७ जना आएको वरिष्ठ फिजिसियन तथा मनोरोग विशेषज्ञ डा. राजन लुइँटेलले बताए । बढीजसो एलर्जी, ग्यास्ट्रिक, हातखुट्टा झमझमाउने र एञ्जाइटीको समस्या भएकाहरुले सम्पर्क गरेको उनले बताए । ‘यदि परामर्श दिँदा हुने समस्या छ भने परामर्श दिएर, स्वास्थ्य जाँच गरेको रिपोर्टलाई वाट्सएपमार्फत पठाउन लगाएर आवश्यक औषधि लेखिदिने तथा सेवन गरेको औषधिको मात्रा घटाउन, बढाउन या छोड्न परे सुझाव दिन्छौं,’ उनले भने ।

अहिलेसम्म गम्भीर प्रकृतिका बिरामी नआएको उनको भनाइ छ । भर्खरै सुरु भएको कार्यक्रम भएकाले केही समयपछि अझै व्यापक भएर जाने उनको विश्वास छ । ‘कार्यक्रम सुरु भएको १५ दिन पनि भएको छैन, यसको जानकारी सबैतिर नपुगेको हुनसक्छ । सबैमाझ पुग्न केही महिना लाग्नसक्छ,’ उनले भने । यद्यपि हरेक शुक्रबार दूतावासको फेसबुक पेजबाट हुने लाइभमा भने करिब तीन हजार जनासम्म आउने गरेको डा. लुइँटेलले बताए ।

कार्यक्रमका अर्का परामर्शदाता क्लिनिकल साइकोलोजिस्ट नवराज फुयालले आफूसमक्ष भने अनिन्द्रा, चिन्ता, अनावश्यक डराउने, प्यानिक एट्याकजस्ता समस्या लिएर आइपुगेको बताए । श्रमिकहरुमा कुनै गहिरो मानसिक आघात र घरपरिवार तथा आफन्तलाई छोड्दाको नमिठोपनले गर्दा यस्ता समस्या देखिएको उनको भनाइ छ । केही भने जुवा, तास खेलेर आफूले कमाएको रकमको ठूलो परिमाण गुमाउँदा मानसिक समस्यामा परेको पाइएको उनले बताए ।

‘कामको कारणले जीवनशैली फेरिँदा खानपान, निन्द्रा आदिमा आएको असन्तुलनले पनि समस्या निम्त्याइरहेको छ,’ उनले भने । दैनिकीलाई कसरी व्यवस्थित बनाउने, काम र स्वास्थ्यलाई कसरी सन्तुलित राख्ने, त्यहाँको परिवेसमा भिज्न के–के परिवर्तन गर्नेजस्ता विषयमा आफूले सुझाव दिने गरेको फुयालले बताए । ‘कतिपय केसमा समस्यामा परेको व्यक्तिको कुरा सुनिदिँदा नै आधा समस्या हल भइसक्छ । एक जना पीडितलाई ५–१० मिनेट समय दिनु भन्नुभएको छ । तर कहिलेकाहीँ एक–दुई घण्टा पनि लाग्नसक्छ । एक व्यक्तिसँग त राति साढे ११ बजे उठेर दुई घण्टासम्म पनि कुराकानी गरेको छु,’ उनले भने ।

 


प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP