Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • ‘मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला हुनुपर्छ’: प्रतिनिधिसभाका सांसद चन्दा चौधरी
‘मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला हुनुपर्छ’: प्रतिनिधिसभाका सांसद चन्दा चौधरी
सुशील दर्नाल
सुशील दर्नाल बुधबार, चैत १३, २०८१
सांसद चन्दा चौधरी
Energy Drink Energy Drink

प्रतिनिधिसभाको सांसद भएको दुई वर्ष भयो । सङ्घीय संसद् जति प्रभावकारी ढङ्गले चल्नुपर्ने हो, त्यति प्रभवकारी रूपमा चल्ने सकेको छैन । हामी प्रतिनिधिसभाका सांसद जनताप्रति उत्तरदायि हुनेभन्दा पनि सरकार बनाउनमै व्यस्त भएको देखिन्छ । हाम्रो व्यवस्था नै त्यस्तै छ । बहुमतको आधारमा सरकार बनाउने र परिवर्तन हुन्छ । बहुमत कुनै एउटा पार्टीले ल्याउन सकेको छैन । त्यसैले पनि सरकार बनाउन दुई वा दुईभन्दा बढी पार्टी मिल्नुपर्ने अवस्था छ । प्रतिनिधिसभाले महिलाको लागि अलि धेरै ‘प्लेट फर्म’ दिनुपर्छ जस्तो लाग्छ । 

अहिलेको संविधानमा महिलाको लागि धेरै व्यवस्था गरिएको छ । तर संवैधानिक व्यवस्थाको पूर्णकार्यान्वयन हुन सकेको छैन । संविधानको धारा ३८, ७०, ८४, ९१ र ९२ लगायत महिलासँग सम्वन्धित संवैधानिक व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन गर्ने सवालमा महिलाको अधिकार कटौती गरिएको छ । हामीले राज्यका हरेक संरचनामा ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने माग गर्दै आएको हो । त्यो हुन सकेको छैन । अहिले संसद्मा ३३ प्रतिशत मात्रै महिलाको सहभागिता छ । यो ३३ प्रतिशतलाई अझै प्रभावकारी बनाउनुपर्छ ।

३३ प्रतिशत संसद्मा मात्रै होइन मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्छ । संविधान संशोधन गरेर महिलाको ३३ प्रतिशतलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्छ । सङ्घीय संसदमा ३४ प्रतिशत महिलाको सहभागिता छ । प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिलाको सहभागिता रहेको छ । अब यसलाई ५० प्रतिशत पु¥याउनुपर्छ । जस्तोःफरक लिङ्गबाट प्रतिनिधित्व गर्दा राष्ट्रपति वा उपराष्ट्रपति महिला हुनुपर्ने, भएको छैन ।  

थप अधिकारको निम्ति लाग्नुपर्ने छ । तर भएको अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गर्न सकेको खण्डमा महिलाको सहभागिता बढ्दै जान्छ । महिला महिलाबीच प्रतिस्पर्धा हुने छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ । त्यसो गरेको खण्डमा महिलाको सङ्ख्या बढ्छ । देशमा महिला हिंसा तथा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । महिला हिंसाको एउटा समस्या भनेको बाल विवाह पनि हो । त्यसैगरी मानिसमा चेतनाको पनि कमि छ । महिला हिंसा रोक्नका लागि सरकारले बाल विवाहलाई रोक्नुपर्छ । बाल विवाह रोक्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुन्छ । अर्को कुरा, सरकारले सचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । बलात्कारका घटनामा सङ्लग्न व्यक्तिलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सक्नुपर्छ सरकारले । महिला हिंसा र बलात्कारको अन्त्य गर्नका लागि सरकारले लागुऔषधपनि रोक्नुपर्छ । यी विषय सङ्घीय वा प्रदेश सरकारले मात्रै हेरेर पुग्दैन । स्थानीय सरकार झन बढी सक्रिय हुनुपर्छ ।

Ncell
Hardik health

मैले बाल विवाहको सवालमा संसद्मा सङ्कल्प प्रस्ताव पनि गर्दा गराएकी छु । मेरो संकल्प प्रस्तावमा २० वर्ष पूरा भएको प्रमाणपत्र वडा कार्यालयले दिएपछि मात्रै विवाह गर्न लिल्ने भनिएको छ । बाल विवाहका घटना मधेस प्रदेशमा भयाबह छ । महिला हिंसासँग जोडिएको अर्को विषय दाइजो प्रथा पनि मधेसमा चरम छ । दाइजोको कारण महिलाको हत्याका घटना भइरहेका छन् । अब राजनीतिक दल वा सरकारले मत पाइँदैन कि भनेर डराएर हुँदैन । गलत कुराको अन्त्य गर्नुपर्छ । दाइजो प्रथा वा बाल विवाहको विषयमा तैँ चुप मैँ चुप गरेर हुँदैन । 

समस्या मधेसमा मात्रै होइन । अन्य क्षेत्रमा पनि छ । सुदूरपश्चिममा अहिले पनि छाउपडि समस्या छ । हिमालमा पनि आफ्नै समस्या छ । मधेस स्वास्थय उपचार, शिक्षा, र आर्थिक हिसावमा कमजोर छ । मधेसमा सबैभन्दा ध्यान दिनुपर्ने शिक्षा र रोजगारी हो । मधेसी समुदायमा पहिलाको तुलनामा धेरै सुधार भएको छ । तर जति हुनुपर्ने हो, त्यति सुधार हुन सकेको छैन । २०७८ सालको जनगणनाअनुसार पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको ६९.४ प्रतिशत  छ । मधेसी समुदायको बाहुल्य रहेको मधेस प्रदेशमा महिला हिंसाका घटना बढ्दो क्रममा छन् । नेपाल प्रहरीको अघिल्लो वर्षको तथ्याङ्क हेर्ने हो भने घरेलु हिंसामा कुल १६ हजार ५१९ वटा उजुरी दर्ता भएकामा मधेस प्रदेशमा चार हजार ९२३ वटा दर्ता भएका थिए । बोक्सी आरोपको जम्मा ४३ वटा घटनामध्ये ३२ वटा मधेसमा दर्ता भएका थिए । अवैध गर्भपतनको ३२ घटनामध्ये १३ वटा मधेसमा भएको छ ।

यौन हिंसाको जम्मा तीन हजार ३५७ घटनामध्ये ४५६ वटा मधेसमा छ । बहुविवाहको ७२३ घटनामा १२२ वटा मधेसमा भएको तथ्याङ्क छ । यो तथ्यबाट प्रष्ट हुन्छ । मधेसी समुदायका महिला जताबाट पनि विभेदमा पर्ने गरेका छन् । सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारप्रतिको दायित्व पूरा गर्न सकेको छैन । सङ्घीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन सङ्घीय सरकारले बनाउन सकेको छैन । सङ्घीयता आए पनि स्थानीय र प्रदेश सरकारले आफ्नो अधिकार पाएको छैन । सरकारले अब ‘नीति तथा कार्यक्रम’वा बजेट बनाउँदा सर्वे गर्नुपर्छ । मन्त्री वा सांसदले आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट मागेको आधारमा भन्दा पनि आवश्यकताको आधारमा बजेटको व्यस्था गर्नुपर्छ । सरकारले रोजगारी सिर्जना गर्ने बजेट बनाउनुपर्छ ।

अहिले हाम्रो देशको ठूलो जनशक्ति बाहिर पलायन भइरहेको छ । विकास पनि गर्नुपर्छ । तर विकासभन्दा पहिला जनताको समस्यालाई बुझ्नुपर्छ । विकासको नाममा सरकार कतिपय ठाउँमा अनावश्यक बजेट विनियोजना गरिरहेको छ । त्यो बजेटलाई रोजगारीमा लगाइयो भने स्वाभाविक रूपमा युवा काम गर्न विदेश जानु पर्दैन । राज्यले शिक्षामा पनि लगानी गर्नुपर्छ । युवा पलायन रोक्नका लागि ठूला ठूला उद्योग खोल्नुपर्छ । 

प्रतिनिधिसभा सदस्य चौधरीको परिचय

विसं २०६२ को आन्दोलनसँगै राजनीति सुरु गर्नुभएकी चन्दा चौधरी अहिले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । २०७९ सालको निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकी सांसद चौधरीले यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी सदस्यमा रहेर काम गर्नुभएको थियो । महिला तथा उत्पीडित समुदायको आन्दोलनमा सक्रिय उहाँ ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बन्नुभएके थियो । त

त्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक’ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर, अदालतले मन्त्रिपरिषद् विस्तारलाई मान्यता नदिएपछि उहाँ मन्त्री भएको १८ दिनमै बाहिरिनुभएको थियो । सर्लाही जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद चौधरी २०६६ सालमा खेलकुद राज्यमन्त्री बन्नुभएको थियो ।

 


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP