Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाबाट फर्किएकालाई उद्यमी बनाउन सघाउँदै रिन परियोजना
दोस्रो चारणको कार्यक्रम अप्रिलबाट सञ्चालन हुँदै कोरियाबाट फर्किएकालाई उद्यमी बनाउन सघाउँदै रिन परियोजना
ममता थापा
ममता थापा सोमबार, चैत ११, २०८१

कोरियामा काम गरिरहेकाहरुलाई नेपाल फर्किएपछि व्यवसाय कसरी सुरु गर्ने र सफतापूर्वक सञ्चालन गर्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित हुने छ । कूल ५० जनालाई सहभागी गराइने यस कार्यक्रममा कोरियामा गैरकानुनीरुपमा बसेकाहरुले भने सहभागी हुन पाउने छैनन् ।

काठमाडौं– दक्षिण कोरियाबाट फर्केका नवप्रवद्र्धकहरुका लागि सञ्चालित रिटर्नी इनोभेटर फर नेपाल (रिन) परियोजनाको दोस्रो चरणअन्तर्गत छनोट चरण सुरु भएको छ । यसका लागि आवेदन आह्वान गरिएको छ । नेपाल फर्किएपछि आफ्नै व्यवसाय एवं उद्यम सञ्चालन गर्ने योजनामा रहेका नेपालीहरु यो कार्यक्रममा सहभागी हुन सक्ने छन् ।

कोरियामा काम गरिरहेकाहरुलाई नेपाल फर्किएपछि व्यवसाय कसरी सुरु गर्ने र सफतापूर्वक सञ्चालन गर्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित हुने आयोजकले बताएको छ । कूल ५० जनालाई सहभागी गराइने यस कार्यक्रममा कोरियामा गैरकानुनीरुपमा बसेकाहरुले भने सहभागी हुन पाउने छैनन् ।

आगामी अगस्ट महिना अगाडि नेपाल फर्किने योजना बनाइरहेका श्रमिक, महिला आप्रवासी श्रमिक, प्रारम्भिक सत्रमा भाग लिएकाहरु र ‘के–हामी कार्यक्रम’मा सहभागी भएर प्रमाणपत्र लिएकाहरु छनोटको पहिलो प्राथमितामा पर्ने जनाइएको छ । कोरियाबाट सहभागी हुने व्यक्तिसँग कम्प्युटर या ल्यापटप हुन आवश्यक रहेको सूचनामा भनिएको छ । 

उक्त कार्यक्रममा छनोट भएकालाई नेपाली र कोरियाली वरिष्ठ उद्यमविज्ञले व्यवसाय विकाससम्बन्धी तालिम दिने छन् । सहभागीहरुको उद्यमशीलता अवधारणा र व्यापारिक योजनालाई मूर्तरुप दिन सहयोग गरिने आयोजकको भनाइ छ । व्यवसायविज्ञद्वारा प्रशिक्षण लिएर व्यवसाय सञ्चालन गर्ने ज्ञानलाई विस्तार गर्न सहभागीलाई लाभ प्राप्त हुने छ । कार्यक्रम अंग्रेजी र कोरियन भाषाबाट सञ्चालन गरिने जनाइएको छ । योग्य नवप्रवर्तकले कूल १२ मिलियन वोन (झण्डै ११ लाख रुपैयाँ) बराबरको पुरस्कार राशि तथा ऋण सहायता हात पार्न सक्ने सूचनामा उल्लेख छ ।

Hardik health

नेपालमा हुने कार्यक्रमका प्रबन्धक हिमालय सुवेदीका अनुसार रिन परियोजनाको एउटा साइकल पाँच चरणमा पूरा हुन्छ । त्यसमध्ये पहिलो दुई चरण कोरियामै हुन्छ भने बाँकी तीनवटा चरण नेपालमा हुन्छ । पहिलो चरणमा उद्यमी मानसिकता कस्तो हुन्छ भनेर बुझाइन्छ । दोस्रो चरणमा सहभागीहरुलाई कोरियाका उद्यमी, विज्ञहरुसँग सम्बन्ध जोडिदिने गरिन्छ । तेस्रो चरणबाट कतिपय कोरियाबाट नेपाल आइसकेकाहरु पनि सहभागी हुन पाउँछन् । कोरियाबाट लिएको ज्ञान र सीपलाई स्थनीयस्तरमा कसरी प्रयोग गर्न सकिन्छ भनेर यो चरणमा प्रस्तावना तयार पार्न लगाइन्छ ।

यसैगरी चौथो चरणमा ‘वान टु वान’ मेन्टरिङ गरिन्छ । नवप्रवर्तकहरुलाई आफ्नो उद्यम सञ्चालन गर्न चाहिने सम्पूर्ण विषयमा यो चरणमा छलफल गरिन्छ । समस्या र आवश्यकताको प्रकृति हेरेर जानकारीहरु उपलब्ध गराइन्छ । त्यसपछि अन्तिम चरणमा दाता र लगानीकर्तालाई उपस्थित गराएर आफूले सुरु गर्न चाहेको व्यवसाय या उद्यमको ढाँचालाई प्रस्तुत गरिन्छ । यो चरणबाट नवप्रवर्तकहरु कोरियाले उपलब्ध गराउने ऋण पाउन योग्य हुन्छन् । सहभागीहरुलाई प्रत्येक चरणमा प्रतिस्पर्धा गराएर पुरस्कृत गर्दै अगाडि बढाइने उनले बताए ।

‘यो परियोजनाले कोरियामा भएकालाई त्यहीँबाट तालिम दिएर समन्वय गराइदिने, नेपाल आएपछि भएको दक्षतालाई कसरी स्थानीय रुपमा प्रयोग गर्न सकिन्छ भनेर सिकाउने, उसलाई सहुलियतमा ऋण उपलब्ध गराउने, व्यवसायको प्रस्तावना बनाउन, कानुनी परामर्शलगायत सबै पाटोमा समन्वय गर्छ ताकि त्यो व्यक्ति फेरि कोरिया फर्किन नपरोस्, यसर्थ यो परियोजना साँच्चै नै व्यवस्थित छ,’ सुवेदीले भने ।

यसपटकको कार्यक्रममा पनि अघिल्लो वर्षजस्तै ५० जनालाई सहभागी गराइने छ । अघिल्लो वर्ष सहभागी भएकाहरुमध्ये १४ जना विभिन्न चरण पार गर्दै व्यवसाय सञ्चालन गर्न योग्य भएको जनाइएको छ । जसमध्ये सात जना पहिलो चरणबाटै जोडिएका हुन् भने अन्य सात जना तेस्रो चरणमा नेपालबाट जोडिएका हुन् । उनीहरुलाई गत फेब्रुअरीमा प्रतियोगितामा सहभागी गराएर उत्कृष्टलाई पुरस्कृतसमेत गरिएको थियो । 

कार्यक्रमको पहिलो चरणको प्रारभिक कोर्स यही अप्रिल ५ देखि मे ३ सम्म चार हप्ता र कन्सल्टिङ कोर्स यही मेदेखि जुलाईसम्म आठ हप्ता सञ्चालन हुन्छ । बाँकी कार्यक्रम भने नेपालमा पूरा गरिने छ । गत वर्षबाट सुरु भएको कार्यक्रमलाई चार वर्षसम्म निरन्तर दिइने जनाइएको छ । रिन कार्यक्रम कोरियाको के–हामी परियोजनाअन्तर्गत सञ्चालित छ । द ब्रिज, माइस्क र एमजी आयोजक रहेका यस कार्यक्रमलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले प्रायोजन गरेको छ । नेपालस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसमा सहकार्य गरिरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित शुक्रबार, असोज ३१, २०८२
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’ बिहीबार, असोज ३०, २०८२
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम बुधबार, असोज २९, २०८२
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस मंगलबार, असोज २८, २०८२
जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी
जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी मंगलबार, असोज २८, २०८२
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य सोमबार, असोज २७, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP