Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तीन वर्षमा इपिएसमार्फत २२ हजार जना कोरियामा 
तीन वर्षमा इपिएसमार्फत २२ हजार जना कोरियामा 
ममता थापा
ममता थापा आइतबार, चैत १०, २०८१

 

  • भाषा परीक्षा उत्तीर्ण भएका ४२ प्रतिशतले मात्र पाए जाने अवसर
  •  ३० हजारभन्दा बढी अझै पालो कुर्दै

काठमाडौं– रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा जान हजारौं युवा प्रतीक्षारत रहेका छन् । आकर्षक तलबसहितको सुविधा तथा सरकारीस्तरबाटै जान पाउने भएकाले धेरैको सपना बनेको छ कोरिया । तर, कोरिया जाने अवसर कमैले मात्र पाउँछन् । मिहेनत गरेर कोरियन भाषा परीक्षा उत्तीर्ण गरे पनि केही ‘भाग्यमानी’ले मात्र जाने अवसर पाउँछन् ।

गएको तीन वर्षको तथ्यांक हेर्दा भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाउने संख्या ठूलो देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ देखि २०२४ सम्मको अवधिमा भाषा परीक्षा उत्तीर्ण भएकामध्ये करिब ४२ प्रतिशतले मात्रै कोरिया गएका छन् । 

शाखाका अनुसार उक्त तीन वर्षको अवधिमा ५२ हजार ६०४ जना कोरियन भाषा परीक्षामा सफल भएका थिए । उनीहरुमध्ये २२ हजार २२ जनामात्रै सबै प्रक्रिया पूरा गरी कोरिया पुगेका छन् । यो कूल भाषा परीक्षा उत्तीर्ण संख्याको ४१.८६ प्रतिशत हो । बाँकी ३० हजार ५८२ जना भने अझै पर्खाइमै छन् । सन् २०२५ लागेयता भने करिब दुई हजार ७०० जना कोरिया पुगेको तथ्यांक छ । 

Hardik health

सन् २०२४ मा भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये गत डिसेम्बरसम्म करिब १० प्रतिशतमात्र कोरिया गएका छन् । उक्त वर्ष १५ हजार ४७८ जना परीक्षामा सफल भएकामा एक हजार ६२६ जनामात्र जान पाएका छन् । उक्त वर्ष १५ हजार ३२६ जना उत्पादन क्षेत्रमा जानका लागि छनोट भएका थिए । जसबाट १४ हजार ४१२ जनाको कागजात कम्पनीलाई पठाइएकामा पाँच हजार ५५२ जनाको स्वीकृत भएको थियो ।

यसबाट पनि तीन हजार ९२८ जनाको सम्झौता प्र्राप्त भएको थियो । जसमध्ये एक हजार ६२६ जना कोरिया पुगिसकेको तथ्यांक छ । अर्कोतर्फ कृषि तथा पशुपालन क्षेत्रमा उक्त वर्ष एक जना पनि गएनन् । भाषा परीक्षा उत्तीर्ण भएकाबाट ८० जनाको कागजात पठाइएकोमा एक जनाको मात्र स्वीकृत भएको थियो । कुनै वर्ष कृषिमा उल्लेख्य कामदार लग्ने गरेको कोरियाले उक्त वर्ष एक जना पनि लगेन । 

त्यसअघिको वर्ष सन् २०२३ मा परीक्षा उत्तीर्ण भएकामध्ये गत डिसेम्बरसम्म २७ प्रतिशत कोरिया पुग्न सफल भएका छन् । उक्त वर्ष १८ हजार २८२ जनाले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका थिए । जसमध्येबाट पाँच हजार १६ जनामात्रै कोरिया जान पाए । उत्पादनमूलक क्षेत्रमा दुई हजार ३७७, कृषि तथा पशुपालनमा ११ हजार ९१६ र सिप बिल्डिङमा तीन हजार ९८९ जनाको नाम निस्किएको थियो । उत्पादनमूलक क्षेत्रबाट एक हजार ७०६ जना र कृषिबाट दुई हजार ९९६ जना कोरिया प्रस्थान गरे । सिप बिल्डिङबाट अत्यन्तै न्यून ३१४ जना अर्थात् सात प्रतिशतलाई कोरिया लगियो । 

यसैगरी सन् २०२२ मा भाषा परीक्षा उत्तीर्ण भएकामध्ये गत डिसेम्बरसम्म ८१ प्रतिशतभन्दा बढी कोरिया उडिसकेका छन् । त्यस वर्ष १८ हजार ८४४ जनाले भाषा परीक्षा उत्तीर्ण गरेकामा १५ हजार ३८० जना विभिन्न क्षेत्रमा गइसकेका छन् । त्यस वर्ष उत्पादनमा १५ हजार ३९, कृषि तथा पशुपालनमा दुई हजार ९१७ र सिप बिल्डिङमा ८८८ जना परीक्षामा उतिर्ण भएका थिए । जसमध्ये १२ हजार २८९ जना उत्पादनमा, दुई हजार ४१७ जना कृषिमा तथा ६७४ जना सिप बिल्डिङमा गएका हुन् ।

नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीमार्फत कोरियामा कामदार पठाउन थालिएको हो । मुलुकमा व्याप्त बेरोजगारीको समस्याका कारण कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुनेहरुको संख्या बर्सेनि बढ्दो छ । तर कोरियाले कुन वर्ष कति कामदर लाग्छ भन्ने यकीन नहुँदा परीक्षा उत्तीर्ण गरेर बसेकाहरु निराश हुनुपर्ने अवस्था छ । 

कोरियाले नेपालसहित विभिन्न १७ वटा देशबाट श्रमिक लग्दै आएको छ । कोरियाले गत वर्ष नेपाली कामदारको कोटासमेत बढाएको थियो । यद्यपि, कोरिया जान इच्छुक युवाहरु हजारौंको संख्यामा रहेकाले त्यहाँ जान पाउने दर न्यून देखिएको हो । नेपालबाट फाराम दर्ता गर्ने र डेटा इन्ट्री गरेर कोरिया पठाउनेबाहेक बाँकी सबै प्रक्रिया कोरियाको हातमा हुने भएकाले कामदारको छनोटमा नेपालको कुनै हात नभएको इपिएस कोरिया शाखाका अधिकारीहरु बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP