Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उजुरी गर्दा नेपाल फकर्नुपर्ने त्रासमा श्रमिक
मलेसियामा न्यूनतम पारिश्रमिक नपाएको गुनासो उजुरी गर्दा नेपाल फकर्नुपर्ने त्रासमा श्रमिक
ममता थापा
ममता थापा बिहीबार, चैत ७, २०८१
  •     दूतावासले थाल्यो अनलाइनमार्फत गुनासो लिएर समाधानको पहल
  •     आरएम १७०० नपाएका श्रमिकलाई गुनासो दर्ता गर्न आग्रह
  •     कारबाहीको डरले गुनासो फाराम भर्ने÷नभर्ने दोधारमा श्रमिक 

काठमाडौं– मलेसियामा कार्यरत नेपालीहरुले तोकिएको तलब सुविधा नपाएको गुनासो बढेपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले अनलाइनमार्फत गुनासो संकलन गरी समाधानको पहल थालेको छ । दूतावासले आफ्नो फेसबुक पेजमार्फत न्यूनतम एक हजार ७०० मलेसियन रिंगिट पारिश्रमिक नपाएका श्रमिकलाई अनलाइन फाराममार्फत आफ्नो समस्या राख्न अपिल गरेको छ । 

‘तलब आरएम १७०० नपाएको गुनासो कृपया तल दिएको लिंकमा गएर फाराम भरी जानकारी पठाउनुहोस् । यो फाराम भर्नेहरु सबैको नाम गोप्य राखिनेसमेत जानकारी गराइन्छ,’ दूतावासले भनेको छ । दूतावासले गुगल फाराममार्फत श्रमिकको नाम थर, राहदानी नम्बर, सम्पर्क नम्बर, कम्पनीको नाम, डाइरेक्टर÷एचआरको नाम र सम्पर्क नम्बर तथा समस्याको संक्षिप्त विवरण माग गरेको छ । यसरी आउने गुनासोको तत्काल सम्बोधन गर्ने दूतावासको भनाइ छ ।पछिल्लो समय मलेसियामा सुरक्षा गार्डमा कार्यरत श्रमिकहरुले न्यूनतम तलव नपाएको भन्दै गुनासो गर्दै आएका छन् । यो विषय संसद्मासमेत उठिसकेको छ ।

गुनासो फाराम भर्दा कारबाहीको त्रासमा श्रमिक
नेपाली दूतावासले अनलाइनमार्फत गुनासो लिएर सम्बोधन गर्न पहल थालेको बेला पीडित श्रमिकहरुले भने गुनासो गर्दा उल्टै कारबाही बेहोर्नुपर्ने समस्या राखेका छन् । दूतावासको उक्त फाराम भर्ने कि नभर्ने भन्ने दोधारमा श्रमिकहरु देखिएका छन् । यदि कम्पनीले थाहा पाए कि त कुटाइ खाइने या नेपाल पठाइदिने गरेको उनीहरुको प्रतिक्रिया छ । उनीहरुले दूतावासको फेसबुक पेजमा कमेन्ट लेख्दै गुनासो÷उजुरी गर्ने केही नेपाली कामदारलाई नेपाल फर्काइएकोसमेत उल्लेख गरेका छन् । दूतावासले उजुरीकर्ताको विवरण गोप्य राखिने जनाए पनि अधिकांशले त्यसमा आशंका र भय व्यक्त गरेका छन् ।

दूतावसको उक्त पोस्टमा कमेन्ट गर्ने अधिकांशले सेक्युरिटी कम्पनीले तोकिएको एक हजार ७०० मलेसियन रिंगिट नदिएको उल्लेख गरेका छन् । सल्यानका लालसिंह क्षेत्रीले आफूले तोकिएको तलब नपाएको र उजुरी गर्दा कम्पनीलाई थाहा हुन्छ कि हुँदैन भनेर सोधेका छन् । शुक्र राईले पनि अधिकांश सेक्युरिटी कम्पनीले तोकिएको पारिश्रमिक नदिएकाले सुरक्षा गार्ड पठाउन नै बन्द गर्नुपर्ने धारणा राखेका छन् । त्यसैगरी, राजन बस्नेतले पनि कमेन्ट गर्दै सेक्युरिटीमा महिनाको ३० दिन र दैनिक १२ घण्टा काम लगाइने गरेको समस्या राखेका छन् ।

Hardik health

दूतावासको पोस्टमा श्रमिकहरुले दिएको प्रतिक्रियालाई आधार मन्दा पनि मलेसियाको सुरक्षा गार्ड सेवामा पारिश्रमिक र सेवासुविधा नदिइएको देखिन्छ । साथसाथै, श्रमिकको वाक स्वतन्त्रतालाई कुण्ठित पारिएको अनुमान लगाउन सकिन्छ । दूतावासले उजुरीकर्ताको नाम सार्वजनिक गरिदिएकाले आफ्नो कम्पनीका चार जनालाई नेपाल पठाउन लागिएको आवाज मगरले लेखेका छन् । कम्पनीले एक हजार ७०० रिंगिट दिएको तर पानी, बत्ती, स्वास्थ्य परीक्षण, बिमाजस्ता शीर्षकमा तलब काट्ने गरेको केही श्रमिकले उल्लेख गरेका छन् ।

मलेसियासँगै युएईमा पनि समस्या, सम्बन्धित म्यानपावर जिम्मेवार बन्नुपर्नेमा सांसद अर्यालको जोड 
मलेसिया र युएईमा श्रमिकहरु समस्यामा परेको विषयमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाबाट सरकारको ध्यानाकर्षण गराएका थिए । पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका सांसद अर्यालले ती मुलुकमा सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको जनाएका थिए ।

विदेशमा पसिना बगाएर रेमिट्यान्स पठाउने श्रमिकको पीडा सरकारले बुझ्न नसकेको उनको आरोप थियो । दैनिक आफ्नो सचिवालयमा ठगिएको, समस्या परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको उनले उल्लेख गरेका थिए । समस्यामा परेको गुनासो गर्दा व्यवसायीले श्रमिकलाई उल्टै थर्काउने गरेको गुनासो आएकोसमेत अर्यालले बताएका थिए । 

वैदेशिक रोजगार व्यवसायीहरुले भने सांसद अर्यालको उक्त आरोपप्रति आपत्ति जनाएका थिए । उनीहरुले आफू श्रममन्त्री हुँदा त्यस्तो पाइए किन कारबाही गर्न नसकेको भन्दै सांसद एवं पूर्वश्रममन्त्री अर्यालमाथि प्रश्न उठाएका थिए । अर्यालले आफू मन्त्री हुँदा पनि काम गरेको र अहिले पनि निरन्तर काम गरिरहेको बताए । 
‘मन्त्री आफैंले म्यानपावरमा, विदेशको कम्पनीमा गएर काम गर्ने होइन । यसो गर भनेर निर्देशन दिने हो । कम्पनीसँग त म्यानपावरको सम्बन्ध हुन्छ नि,’ उनले प्रभावसँगको कुराकानीमा भने । आफूले पठाएको श्रमिक समस्या परेपछि समन्वय गर्नु म्यानपावर कम्पनीको जिम्मेवारी भएको उनले बताए । 

‘सबै म्यानपावर गलत छन् भन्न खोजेको होइन, तर गलत गर्नेहरु सच्चिने कि प्रश्न गरेर बस्ने ?,’ अर्याल भन्छन्, ‘हामीसँग आएको समस्याको प्रकृति हेरेर सम्बन्धित देशको दूतावास, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभागलगायतमा सम्पर्क गराइदिने गरेका छौं ।’मलेसियासँगको द्विपक्षीय सम्झौता सकिएको अवस्थामा नवीकरणका लागि करिब तीन महिनाअघि पत्र पठाएको भए पनि मलेसिया सरकारबाट कुनै जवाफ नआएको श्रम मन्त्रालयले जनाएको छ ।

नेपालीहरुको प्रमुख श्रम गन्तव्य बनेको मलेसियामा पछिल्लो समय भने न्यून संख्यामा मात्रै कामदार गइरहेका छन् । मलेसियाले आप्रवासी श्रमिक भर्ती रोकेपछि नेपालीहरु धेरै संख्यामा जाने क्रममा ‘ब्रेक’ लागेको हो ।
 


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP