Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मागपत्र प्रमाणीकरणको समस्याले युरोपमा कामदार पठाउन सकस
मागपत्र प्रमाणीकरणको समस्याले युरोपमा कामदार पठाउन सकस
ममता थापा
ममता थापा बुधबार, चैत ६, २०८१

काठमाडौं– युरोपेली मुलुकबाट आउने मागपत्र प्रमाणीकरणमा रहेको समस्या नहट्दा कामदार पठाउन सकस बेहोर्नुपरेको वैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएका छन् । व्यवसायीहरुको भनाइलाई पुष्टि गर्ने आधारको रुपमा पछिल्लो महिनाको तथ्यांक बाहिर आएको छ ।

गत फागुन महिनामा वैदेशिक रोजगार व्यवसायीले दुईवटा मात्र युरोपेली मुलुकमा कामदार पठाएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा उक्त महिना म्यानपावर कम्पनीमार्फत साइप्रस र बेलायतमा मात्र श्रमिक गएको देखिएको हो । यद्यपि, बेलायत अहिले युरोपेली संघमा छैन ।

फागुनमा म्यानपावरमार्फत ७१९ जना रोजगारीका लागि साइप्रस पुगेका छन् । जसमध्ये २२५ जना पुरुष र ४८४ जना महिला रहेका छन् । बेलायतमा भने एक जना पुरुषमात्र गएको तथ्यांक छ । मागपत्र प्रमाणीकरणको समस्या नहटेका कारण युरोपमा कामदार पठाउन नसकिएको व्यवसायीहरु बताउँछन् ।

नेपाली श्रमिकलाई खाडीको तातो घामबाट युरोप सिफ्ट गर्न सके बढी सुरक्षित हुने र व्यवसायको दायरा पनि बढ्ने भनेर मागपत्र प्रमाणीकरणको विषय उठाउँदै आए पनि सरकारले त्यसतर्फ ध्यान नदिँदा यो परिणाम देखिएको एक व्यवसायीले बताए । यहीबीच व्यक्तिगत श्रम स्वीकृति लिएर एक जना साइप्रस र ६५ जना बेलायत गएका विभागको तथ्यांकमा देखिन्छ । 

Hardik health

फागुनमा ६९ हजार श्रमशक्ति विदेसिए
फागुन महिनामा ६८ हजार ९६३ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । यो उक्त महिना संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनेहरुको तथ्यांक हो । विगत केही महिनाजस्तै गत महिना पनि खाडीका पाँच देश नै प्रमुख श्रम गन्तव्य बनेका छन् ।

फागुनमा संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर सबैभन्दा बढी २५ हजार ११७ जना संयुक्त अबर इमिरेट्स (युएई) गएका छन् । दोस्रोमा रहेको साउदीमा जान श्रम स्वीकृति लिने ११ हजार ६३३ जना रहेका छन् । त्यसैगरी तेस्रोमा रहेको कतारमा १० हजार ३३१, चौथो बनेको कुवेतमा चार हजार २१७ र पाँचौं मलेसियामा तीन हजार ७१५ जना श्रमिक रोजगारीको खोजीमा पुगेका छन् । करिब एक वर्षयता मलेसिया बन्द रहेकाले अधिकांश पुनः श्रम स्वीकृति लिएर गएका हुन् । मलेसियामा पुनः श्रम स्वीकृति लिएर जानेको संख्या तीन हजार ५५६ जना रहेका छन् । 

गत मंसिरयता यी नै पाँच मुलुकमा धेरै श्रमिक गएको तथ्यांक छ । त्यसअघि साउनदेखि कात्तिकसम्म रोमानियाले मलेसियाको स्थान लिएको थियो । फागुनमा विश्वका १०२ वटा मुलुकमा विभिन्न माध्यमबाट श्रमिकहरु रोजगारीका लागि गएका छन् । चालु आर्थिक वर्षको अन्य महिनामा १६ देखि १७ वटा देशमा श्रमिक पठाउँदै आएका व्यवसायीले फागुनमा भने सबैभन्दा कम १४ वटा देशमा मात्र पठाएको देखिन्छ ।

उक्त महिना संस्थागत माध्यमबाट ३० हजार १२७ जना वैदेशिक रोजगारीमा गएको देखिएको छ । खाडी, मलेसिया र युरोपका दुई देशबाहेक अफ्रिकी मुलुक मरिससमा २५० जना र एसियाली मुलुकहरु मकाउमा आठ, जोर्डनमा ६२, जापानमा १०० र माल्दिभ्समा १० जना श्रमिक संस्थागत माध्यमबाट रोजगारीका लागि गएका छन् । अघिल्ला महिनाहरुमा व्यवसायीले श्रमिक पठाउँदै आएका ब्रुनाई, रोमानिया, हङकङ, टर्कीलगायतका देशमा यस महिना भने श्रमिक गएको तथ्यांक छैन । 

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको अवस्था
फागुनको तत्थांकअनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर ८९ वटा देशमा १० हजार ४२८ जना गएका छन् । यसको ३५ प्रतिशतभन्दा बढी अर्थात् तीन हजार ७२८ जना खाडी र मलेसिया गएका हुन् । बाँकी अन्य मुलुक गएका छन् । व्यक्तिगत तवरबाट यूएईमा एक हजार ९३५, जापानमा एक हजार ४९०, रोमानियामा एक हजार ४०८, कतारमा एक हजार २४७ र क्रोएसियामा ९५२ जना गएको तथ्यांक छ । १४ वटा देशमा १०० जनाभन्दा बढी गएका छन् । ३० वटा देशमा एक जना, आठवटा देशमा दुई जना, तीन वटा देशमा तीन जनामात्र गएका छन् ।

यसअघि साउनमा ८६ वटा देशमा १० हजार ७५३ जना, भदौमा ८७ देशमा ९२६ जना, असोजमा ८६ देशमा आठ हजार ९३८ जना, कात्तिकमा ८३ देशमा १२ हजार ५९८ जना, मंसिरमा ८८ देशमा १३ हजार ५९ जना, पुसमा ८९ देशमा १० हजार ८५ जना र माघमा ८६ देशमा नौ हजार ७१५ जना श्रमिक व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी मंसिरमा र सबैभन्दा कम असोजमा व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसिएको देखिन्छ । व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा बढी श्रमिक युएई, जापान र क्रोएसिया गएको तथ्यांकले देखाएको छ ।

जिटुजीमार्फत कति गए ?
चालु आर्थिक वर्षको आठ महिनामध्ये जिटुजी अन्तर्गतको इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जानेको संख्या सबैभन्दा धेरै फागुनमा रहेको छ । गत महिना एक हजार ६८१ जना कोरिया गएका हुन् । यसअघि साउनमा ६६८ जना, भदौमा एक हजार तीन जना, असोजमा ८४० जना, कात्तिकमा ६७० जना, मंसिरमा ९७९ जना, पुसमा ६५४ र माघमा एक हजार १६ जना इपिएस प्रणालीमार्फत कोरिया गएका थिए ।यसैगरी इजरायल सरकारले गत फागुनदेखि घरेलु श्रमिक लैजान सुरु गरेको छ । फागुनमा २०९ जना इजरायल गएका छन् । जसमध्ये ७३ पुरुष र १३६ जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
 


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP