Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता
‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

काठमाडौं - चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ । हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ । 

यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाउन प्रेरित गर्ने गरेको चलचित्र निर्देशक ऋषिराज आचार्यले बताए । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘द्रौपदी’ डोल्पा जिल्लाको मनोरमदृश्यमा छायांकन गरेका छन्  ।

झन्डै ४६ दिन छायांकन गर्दा उनले स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि चलचित्रमा कैद गरेका  छन् । त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डोलगायत मनोरम दृश्यले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने निर्देशक आचार्यले बताए ।

“मलगायत धेरै चलचित्रकर्मी मनाङ, मुस्ताङ, डोल्पासहितका अन्य स्थानमा पुग्नुको एउटा कारण चलचित्र वा साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडिओ) नै हो । हामी त्यहाँ पुग्दा पनि चलचित्रमा हेरेर घुम्न आएको भन्ने सुन्नेका थियौँ, मुस्ताङमा एउटा गल्लीको नाम नेपाली चलचित्र जेरीबाट राखिएको छ । त्यसकारण चलचित्रले कला, संस्कृतिसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछ”, निर्देशक आचार्यले भने ।

Hardik health

यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्रको विषयमा जानकारी दिन सोमबार बेलुकी काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय चलचित्र जाँच समितिको सदस्यसमेत रहेका निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग चलचित्रको विषय जोडिएको बताए ।

“डोल्पाको संस्कृति र चलचित्रको कथा जोडिएको छ, त्यसकारण पनि हामीले छायांकन गर्न डोल्पा नै रोजेका हौँ । यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु”, उनले भने । नेपाल आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओड यसै चलचित्रमार्फत अभिनेता बनेको छ । अभिनयमा रुचि भएकाले नै तयारी गरेर चलचित्रमा काम गरेको गायक ओडले बताए ।

“आफ्ना गीतको श्रव्यदृश्यमा देखिँदा केही आत्मविश्वास बढेको थियो । यसका निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयको बारेमा प्रशिक्षण लिएपछि अभिनेता बन्ने निर्णय लिएँ । मैले राम्रो काम गर्ने कोसिस गरेको छु, यसको प्रतिक्रियाले पनि आउँदो दिनमा अभिनयमा निरन्तरता दिने विषयमा निर्णय लिन सहज बनाउने छ”, गायक ओडले भने।

उहाँझैँ यसै चलचित्रमार्फत आश्विनी शाहीले अभिनयको सुरुआत गर्नुभएको छ । आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाएकाले आफू अभिनय गर्न प्रेरित भएको अभिनेत्री शाहीले बताए । “मेरो लागि यो अवसरसँगै चुनौती थियो । किनकि मैले यस्तो जीवन र परिवेश बाँच्न पाएकी थिइनँ । पश्चिमेली लवजका लागि पनि मैले सक्दो मेहनत गरेको छु । पहिलो चलचित्रमै पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु”, अभिनेत्री शाहीले भने ।

निर्देशक आचार्यले गायक ओड, अभिनेत्री शाहीझैँ अन्य केही नवकलाकारलाई अडिसनमार्फत छनोट गरेर अवसर दिएको बताए । “चलचित्रमा नयाँ प्रतिभाको उपस्थिति आवश्यक देखेर नै मैले नयाँ अनुहार अभिनय गराएको छु । मैले कथामा लेखेको पात्रलाई चलचित्रमा जीवन्त बनाउने कुरामा नयाँ भए पनि कोही कलाकार कमजोर हुनुहुन्न”, निर्देशक आचार्यले भने ।

चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्  । यसमा सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायांकन गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP