Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • चैतेहरुलाई चाहियो सुविधा !
चैतेहरुलाई चाहियो सुविधा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

‘ऊ त विशिष्ट अरे ! त्यही भएर उसलाई आर्यघाट लगेर खरानी नबनाउञ्जेल राज्यको ढुकुटीबाट खर्च गर्ने रे,’ मेरो कुरा सुनेर किरण काका खित्का छाड्दै हाँसे । उनीसँग थिए उनका सुपुत्र गणेश । पल्लो कुनामा रहेको बढेमानको टेबलमा ल्यापटपमा हिसाव गर्दै थिए भन्दै थिए, ‘हैन कति चाहिँ चाहिने हो ? जति भए पनि नपुग्ने ।’

सोफामाथि खुट्टा बाँधेर बसेका किरण काकाले बत्तीस दन्त देखाउँदै खित्का छाडे । ‘खाउन् हो खाउन् । दुनियाँले खाकै छन् । ती विचरा त्यही खानकै लागि त गाका हुन् ।’ विशिष्ट भई टोपलेका छन् । विचराहरुलाई खान दिउँ । हामी तिरिहाल्छौं नि कर । उता गणेश के हिसाव मिलेन र हो दुवै हातले टाउको समाउँदै भन्दै थियो, ‘चोरहरु, हामीलाई यहाँ यस्तो तनाव छ ‘शून्य’ व्यापार हुँदा पनि कर मज्जाले तिर्नुपर्ने ? ५० ठाउँमा यो र त्यो भन्दै कर तिर्ने हामी राज्यको ढुकुटी रित्याउने तिनीहरु ।’

छोरोको कुरा सुनेर किरण काकाले दुवै खुट्टा सोफाबाट झारे । शिरमा लगाएको ढाकाको टोपी अलि मिलाएर लगाए । मुसुमुस हाँसिमात्र रहे । मानौं यी पूर्व विशिष्टेहरुले सुविधा पाउँदा आफैंले पाउँछु जस्तै गरे । अनि मैले भनें, ‘खासमा कुरा के हो भने यिनीहरुले पदमा बस्दा पनि ढुकुटी रित्याए । नजिकका आसेपासेमार्फत ठेक्कापट्टा भन्दै धन्दा मच्चाए । अब फेरि यिनलाई नै चाहिएको छ सुविधा ।’उता गणेश मेरो कुरामा सहमत जनाउँदै हो हो भन्दै थियो । तर किरण काकालाई मेरो कुरा चित्त बुझेन छ क्यारे । त्यही भएर यो देश बिगार्नेमा सबैभन्दा दोषी भने कर्मचारीतन्त्र हो । नेतालाई कमिसन खान सिकाउने नै तिनै हुन् । नेतालाई मात्र दोष दिएर के हुन्छ र ? 

मैले भनें, ‘त्यो होइन कसले भन्यो र ?’नेतालाई कमिसन खान सिकाउने उच्च तहका कर्मचारीलाई जागिर खाएबापत तलव, काम गरेबापत भत्ता, हरेक दिन बैठक बसेको बेग्लै भत्ता, सवारी, इन्धन, दैनिक उपभोग्य सामग्री सवै सुविधा लिएर पनि चाहिएको छ हरेक फाइलमा कमिसन ? कसरी देश बन्छ ? किरण काकालाई बल्ल चित्त बुझेछ र भन्न थाले, ‘हो त्यही भएर मैले भनेको विदेशमा जस्तै काम गरुञ्जेल सुविधा, काम सकिएपछि बिदा ।’

Hardik health

उता गणेशले हाँस्दै भन्यो, ‘के मान्थे, पाइलापाइलामा खान पल्केकाहरु । बरु कुन कानुन मिलाएर थप के–के पाइन्छ भन्छन् । ‘यिनीहरुलाई विशिष्ट बनाएका त जनताले हो नि । जनता कंगाल यिनीहरुचाहिँ मालामाल कसरी ?,’ मैले किरण काकालाई सोधें ? सेवा गर्न भनेर आएकाहरुले सेवा नै गर्नुप¥यो नि । जुन दिनसम्म पदमा बहाल रहन्छ त्यो दिनसम्म मात्र राज्यले जे–जे दिनुपर्ने हो दिने त्यसपछि केही पनि नदिने व्यवस्था गर्नुपर्छ ।

काकाले भने, ‘त्यसका लागि तिमी नै नेतृत्वमा पुग्नुपर्छ । अनि भएका सुविधाभोगी कानुन खारेज गर्न सक्नुपर्छ । तर त्यो पनि कहाँ सजिलो छ र ? खाइपाइ आएको कसैले कटौती गर्न दिन्छ ?’‘गाह्रो छ हो गाह्रो,’ गणेशले लामो सास फेरेर भन्यो ।‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अन्त कतै पाइँदैन नेपालमै छुट’ भन्ने गीतजस्तै भयो अहिले त । पाइलापाइलामा लुट ! भोलिका सन्ततिले के पाउँलान् हो अब ।

काकाले खित्का छाडे, ‘भोलिका सन्तति के भन्या ? को बोल्या ?’ अब सकियो सन्तति, जो हाम्रो पुस्ता बस्यौं बस्यौं । अब अरु बस्नेवाला छैनन् । हुनेखाने युरोप अमेरिका, अलि कम भएकाहरु कोरिया, जापान त्यसपछिको कतार, दुबई जान्छन् । बूढा पुस्तामात्र हो यहाँ बस्ने । अबको इतिहासमा त बूढाहरु मात्र बस्ने देशका रुपमा रुपान्तरण हुँदै छ । बूढा नेताहरुले गर्दा ।

गणेशले उता ल्यापटपको ढकनी बन्द ग¥यो । ‘के बूढा नेताले गर्दामात्र भन्नुहुन्छ । युवा नेताहरुका पनि चाला देखियो त । जसरी हुन्छ लुट्नमा नै मस्त । कुरा एकातिर काम अर्कोतिर ! कसैले छोड्नेवाला छैनन है बाबा यहाँ ।’‘अब तिमीजस्ता युवाहरुले पनि यस्तै भन्ने हो भने के होला त ?,’ मैले गणेशलाई सोधें । उसले जवाफ दियो, ‘सकेसम्म यही गर्ने केही सीप नलागे घरखेत बेच्ने विदेश भासिने ? क्लियर छ त अंकल !


मैले मनमनै सोचें– हुन पनि हो नि, अधिकांश विदेश जाने युवा पुस्ताले यहाँका घरघडेरी बेच्न लगाएका छन् । युरोप अमेरिकामा नै पुस्तान्तरण गर्न थालिसकेका छन् । देश त उही गरिबका छोराहरुले दुबई, कतार, साउदीबाट पठाएको रेमिट्यान्सले चलेको छ त । अनि त्यही रेमिट्यान्स र विश्व बैंकले दिएको ऋणबाट आफूलाई विशिष्ट भन्दै कात्रो नओडुञ्जेलसम्म सुविधा खोजेको हो त । रामै गरेछन् । 

एकैछिन् म टोलाएँ । किरण काकाले खित्का छाड्दै हाँसेर भने, ‘किन टोलाएको, के भो ? त्यो सुविधा चाहियो कि क्या हो ?’‘अहँऽ चाहिएन । पसिनाको कमाइमात्र मज्जाले पच्छ, अर्काको रगतको कमाइले खरानी नहुञ्जेलसम्म मोज गर्ने त नर्कमा पर्छ,’ मैले फ्याट्ट मुख खोलें ।पुस्तौं पुस्तासम्म सत्ताको नजिक बसेर जनताको रगत पसिनामा रसस्वाद गर्नेहरुलाई कुनै हालतमा पनि सुविधा दिनु हुँदै हुँदैन । बहाल हुञ्जेल खाऊ, पद सकिएपछि जसरी घरबाट आको त्यसैगरी जाऊ । लौ है गणेश तिमीहरु जाग्नुप¥यो अब । 
गणेश अलि विरक्तिदो पारामा पुग्यो । ‘खै के होला ?’ 

‘हुन्छ । अब गर्ने भनेकै युवाहरुले हो । जोश जाँगर निकाल्ने, अगाडि बढ्ने । पछाडि त फर्केर पनि नहेर्ने । बढेपछि अगाडि बढ्योबढ्यो,’ मैले ऊर्जा थपिदिएँ ।गणेशले भन्यो, ‘ल बाबा के गर्दा ठीक हुन्छ त ? यो पूर्वविशिष्ट भन्दै राज्यको ढुकुटी रित्याउने कामको अन्त्य हुनैपर्छ । राजा हुन् कि रैती पूर्व हुन् कि पश्चिम कसैलाई पनि पद सकिएसँगै कुनै पनि सुविधा नदिने कानुन चाहियो ।’

‘ठीक हो बाबु, ‘अब तिमीहरुले आजैबाट आ–आफ्नो पेसा र कर्मबाट अभियान सुरु गर । हामी हाम्रो तर्फबाट गछौं । मुलुकलाई टाट पल्टिनेगरी केही सीमित व्यक्तिहरुको हातमा राज्यको ढुकुटी सुम्पनु भावी पुस्ताका लागि निकै घातक हुन्छ ।’किरण काका सोफाबाट जुरुक्क उठे र भने, ‘हो अब यी सुविधाभोगी चैतहरुलाई सुविधा दिने कुरा यही चैतमा नै अन्त्य गरौं ।’
 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP