Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • राजावादीविरुद्ध माओवादी–एमाले आक्रामक, कांग्रेसलाई ‘हाइसञ्चो’
राजावादीविरुद्ध माओवादी–एमाले आक्रामक, कांग्रेसलाई ‘हाइसञ्चो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ४, २०८१
  • राजावादीविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालको आक्रामक अभिव्यक्तिपछि उनको फोटो जलाउनेदेखि पक्राउसम्मका घटना
  • राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एमाले सांसद रघुजी पन्तबीच प्रतिनिधिसभामै नोकझोंक
  • सत्तामा रहेको प्रमुख दल नेपाली कांग्रेसलाई भने यो विषय हर्ष न विस्मात्

काठमाडौं– पछिल्लो समय राजावादी समूहको चलखेल बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँगै नेकपा एमाले त्यसविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले मेलम्ची पुगेर राजतन्त्रको चर्को विरोध गरेका थिए ।

‘जुन नौटंकी देखाइँदै छ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पु¥याए ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?,’ दाहालले राजवादीको प्रदर्शनलाई लक्षित गर्दै प्रश्न गरेका थिए । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा उत्रिएका साना दलहरुमा एक किसिमको तरंग नै पैदा ग¥यो ।

फागुन २५ मा पूर्वराजा शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाहालको अभिव्यक्तिलगत्तै चिढियो । दाहालले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजामाथि तुच्छ, अमर्यादित, लाञ्छना लगाएको निष्कर्ष राप्रपाले निकाल्यो शनिबार । सोही दिन मकवानपुरमा राप्रपा सांसद दीपकबहादुर सिंहको उपस्थितिमा माओवादी अध्यक्ष दाहालको फोटो राप्रपाका कार्यकर्ता निराजन बमले जलाए ।

उनै बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । यद्यपि माओवादी अध्यक्ष दाहालले फोटो जलाउँदैमा पक्राउ गर्नु उचित नहुने भन्दै सामाजिक सञ्जालमा लेखे, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ त्यसपछि माओवादी केन्द्र मकवानपुरका नेताहरु उनलाई रिहा गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । बम आइतबार साँझ नै रिहा भएका छन् ।

Hardik health


प्रतिनिधिसभामा रघुजी र ज्ञानेन्द्र शाहीको चर्काचर्की
यता प्रतिनिधिसभामा भने एमाले सांसद रघुजी पन्तले राजतन्त्रको चर्को विरोध गरे । पन्तले राजतन्त्रलाई संविधानले नचिन्ने भन्दै यसबारे प्रतिनिधिसभामा बहस पनि गर्न नहुने तर्क पेस गरेका थिए । ‘२०४६ सालमा आन्दोलन गरेर बहुदल व्यवस्था कायम ग¥यौं । हामीले संवैधानिक राजतन्त्र मानेर गयौं । यो संवैधानिक राजतन्त्र कसले उल्टायो ? त्यो राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ कू गरेर होइन ? अनि राजतन्त्र केका लागि चाहियो ? त्यसैका लागि ? दसैं र तिहारको बेलामा लुकेर पारसलाई युवराज बनाइयो । त्यो बेला पारसले के–के गरे ?,’ सांसद पन्तले प्रश्न गरे, ‘गीत गाएर फर्किरहेका एक जना कलाकार प्रवीण गुरुङलाई गाडीले लखेटीलखेटी मारे । के यो पनि झूटो हो ? हल्ला भएपछि मुद्दा चलाउने कुरा भयो अनि एक जना नक्कली भुजेल खडा ग¥यो । राजतन्त्रमा यस्ता नमूना काण्डहरू थुप्रै भए । त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन । अहिलेको संविधानले पनि राजतन्त्रलाई चिन्दैन ।’

पन्तको भनाइप्रति राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाए । शाहीले बोल्न खोजेपछि पन्तले उनलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भने । पन्तले भने, ‘नेपाल दक्षिण एसियामा गरिब छ । राजाको पालामा पनि त झन् गरिब थियो । तपाईंहरु जुलुस निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’ फागुन २५ गतेको राजावादीको जुलुसमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो र पूर्वराजा ज्ञानेन्द्रको फोटो एकैसाथ प्रदर्शन गरिएको थियो ।

पन्तले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र)कै पालामा नेपालको चुच्चे नक्सा हराएको आरोप लगाए. । यसैगरी उनले तथ्य, तर्क र यथार्थमा उभिएर राजनीति ग¥यो भनेमात्र टिकाउ हुने बताए । उनले भने, ‘भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला । तर सधैं अलमलमा पार्न सकिँदैन । अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको छ ।’
 

कांग्रेसलाई हाइसञ्चो !
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेकपा एमाले राजावादीविरुद्ध खनिँदा नेपाली कांग्रेसलाई भने हाइसञ्चो देखिन्छ । यसबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै दलकै कारण जनता असन्तुष्ट भएको बताए ।

‘अहिलेको अवस्था दलहरुकै गतिविधिबाट सिर्जना भएको हो । दलहरुले काम नगरेका कारण जनतासमेत रिसाएका छन्,’ विराटनगर विमानस्थलमा शुक्रबार थापाले भनेका थिए । फागुन २६ गते धनगढी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए । उक्त प्रश्नमा देउवाले भनेका थिए, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्लामात्र हो, हल्ला गरेर केही हुँदैन ।’
 


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP