Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
  • #फोनिज संवाद
  • #जिता_मर्ना
  • #एकता दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • राजावादीविरुद्ध माओवादी–एमाले आक्रामक, कांग्रेसलाई ‘हाइसञ्चो’
राजावादीविरुद्ध माओवादी–एमाले आक्रामक, कांग्रेसलाई ‘हाइसञ्चो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ४, २०८१
  • राजावादीविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालको आक्रामक अभिव्यक्तिपछि उनको फोटो जलाउनेदेखि पक्राउसम्मका घटना
  • राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एमाले सांसद रघुजी पन्तबीच प्रतिनिधिसभामै नोकझोंक
  • सत्तामा रहेको प्रमुख दल नेपाली कांग्रेसलाई भने यो विषय हर्ष न विस्मात्

काठमाडौं– पछिल्लो समय राजावादी समूहको चलखेल बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँगै नेकपा एमाले त्यसविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले मेलम्ची पुगेर राजतन्त्रको चर्को विरोध गरेका थिए ।

‘जुन नौटंकी देखाइँदै छ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पु¥याए ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?,’ दाहालले राजवादीको प्रदर्शनलाई लक्षित गर्दै प्रश्न गरेका थिए । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा उत्रिएका साना दलहरुमा एक किसिमको तरंग नै पैदा ग¥यो ।

फागुन २५ मा पूर्वराजा शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाहालको अभिव्यक्तिलगत्तै चिढियो । दाहालले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजामाथि तुच्छ, अमर्यादित, लाञ्छना लगाएको निष्कर्ष राप्रपाले निकाल्यो शनिबार । सोही दिन मकवानपुरमा राप्रपा सांसद दीपकबहादुर सिंहको उपस्थितिमा माओवादी अध्यक्ष दाहालको फोटो राप्रपाका कार्यकर्ता निराजन बमले जलाए ।

उनै बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । यद्यपि माओवादी अध्यक्ष दाहालले फोटो जलाउँदैमा पक्राउ गर्नु उचित नहुने भन्दै सामाजिक सञ्जालमा लेखे, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ त्यसपछि माओवादी केन्द्र मकवानपुरका नेताहरु उनलाई रिहा गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । बम आइतबार साँझ नै रिहा भएका छन् ।

Hardik health


प्रतिनिधिसभामा रघुजी र ज्ञानेन्द्र शाहीको चर्काचर्की
यता प्रतिनिधिसभामा भने एमाले सांसद रघुजी पन्तले राजतन्त्रको चर्को विरोध गरे । पन्तले राजतन्त्रलाई संविधानले नचिन्ने भन्दै यसबारे प्रतिनिधिसभामा बहस पनि गर्न नहुने तर्क पेस गरेका थिए । ‘२०४६ सालमा आन्दोलन गरेर बहुदल व्यवस्था कायम ग¥यौं । हामीले संवैधानिक राजतन्त्र मानेर गयौं । यो संवैधानिक राजतन्त्र कसले उल्टायो ? त्यो राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ कू गरेर होइन ? अनि राजतन्त्र केका लागि चाहियो ? त्यसैका लागि ? दसैं र तिहारको बेलामा लुकेर पारसलाई युवराज बनाइयो । त्यो बेला पारसले के–के गरे ?,’ सांसद पन्तले प्रश्न गरे, ‘गीत गाएर फर्किरहेका एक जना कलाकार प्रवीण गुरुङलाई गाडीले लखेटीलखेटी मारे । के यो पनि झूटो हो ? हल्ला भएपछि मुद्दा चलाउने कुरा भयो अनि एक जना नक्कली भुजेल खडा ग¥यो । राजतन्त्रमा यस्ता नमूना काण्डहरू थुप्रै भए । त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन । अहिलेको संविधानले पनि राजतन्त्रलाई चिन्दैन ।’

पन्तको भनाइप्रति राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाए । शाहीले बोल्न खोजेपछि पन्तले उनलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भने । पन्तले भने, ‘नेपाल दक्षिण एसियामा गरिब छ । राजाको पालामा पनि त झन् गरिब थियो । तपाईंहरु जुलुस निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’ फागुन २५ गतेको राजावादीको जुलुसमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो र पूर्वराजा ज्ञानेन्द्रको फोटो एकैसाथ प्रदर्शन गरिएको थियो ।

पन्तले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र)कै पालामा नेपालको चुच्चे नक्सा हराएको आरोप लगाए. । यसैगरी उनले तथ्य, तर्क र यथार्थमा उभिएर राजनीति ग¥यो भनेमात्र टिकाउ हुने बताए । उनले भने, ‘भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला । तर सधैं अलमलमा पार्न सकिँदैन । अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको छ ।’
 

कांग्रेसलाई हाइसञ्चो !
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेकपा एमाले राजावादीविरुद्ध खनिँदा नेपाली कांग्रेसलाई भने हाइसञ्चो देखिन्छ । यसबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै दलकै कारण जनता असन्तुष्ट भएको बताए ।

‘अहिलेको अवस्था दलहरुकै गतिविधिबाट सिर्जना भएको हो । दलहरुले काम नगरेका कारण जनतासमेत रिसाएका छन्,’ विराटनगर विमानस्थलमा शुक्रबार थापाले भनेका थिए । फागुन २६ गते धनगढी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए । उक्त प्रश्नमा देउवाले भनेका थिए, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्लामात्र हो, हल्ला गरेर केही हुँदैन ।’
 


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर छुटको सुविधा चैत मसान्तसम्म
कर छुटको सुविधा चैत मसान्तसम्म बिहीबार, माघ १, २०८२
चैत मसान्तसम्म कर छुटको सुविधा
चैत मसान्तसम्म कर छुटको सुविधा बिहीबार, माघ १, २०८२
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन बिहीबार, माघ १, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन :फोनिज संवाद
सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन :फोनिज संवाद बिहीबार, माघ १, २०८२
राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड
राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड बिहीबार, माघ १, २०८२
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP