Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज
विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०८१

धरान -  करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताए ।

इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन् । उनले सानो लगानीबाट  पशुपालन र मौरीपालनमा गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनले बताए ।
 
आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने, “विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गराैँ भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरेँ ।”

गाईबाख्राबाट व्यवसाय सुरू गरेका उनले पछिल्लो समय मौरीपालन सुरू गरेका छन्  । अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उनले भने । “यो व्यवसायले आफू आत्मनिर्भर बनेको जस्तो महसुस भएको छ, आफ्नो व्यवसायले दिने जति आनन्द अरूको नोकरी गर्दा पाइँदैन”, उनले भने, “अहिले यही व्यवसायबाट वार्षिक रूपमा रू आठदेखि नौ लाखसम्म कमाइ हुने गरेको छ, घरव्यवहार सबै यही कमाइले पुगेको छ ।”
 
व्यावसाय सुरू गर्दा चुनौती र अवसर त हुन्छन् नै । गाईपालन गर्दा दूध उत्पादन गरी बिक्री गर्न गाह्रो पो होला बजार नपाइएला भन्ने लागेको थियो तर निकै सहज भएको उनको बुझाइ छ । “अहिले दैनिक रूपमा ४० देखि ५० लिटरसम्म दूध आफैँले स्थानीय बजार होटल र डेरीमा बिक्रीका लागि पुर्याउने काम गरिरहेको छु”, मनराजले भने। 

उनले अगाडि भने, “विदेशमा गएर अर्काको दुःख गर्नुभन्दा आफ्नै देशमा सानोतिनो लगानी गरेर भए पनि राम्रो आम्दानी गर्न सकिन्छ । गाउँमै रोजगारीको सिर्जना पनि हुने अरूलाई पनि रोजगार दिन सकिने आफू लागि पनि रोजगार हुने ।” 

Hardik health

मनराजले पशुपालन व्यवसाय सुरू गरेसँगै गाईफार्ममा दुई जना कामदार राखेका थिए । गाउँमै रोजगार दिन पाउँदा आफूलाई गर्व महसुस भएको उनले बताए  । “आठ वर्षदेखि उहाँहरूले काम गर्दै आउनुभएको छ, महिनामा रू २२ हजार काम गरेबापतको तलब दिने गरेको थिए”, पुरीले भने, “पछिल्लो केही महिनाअघि उहाँहरूले काम छाडेपछि अहिले हामी आफैँ परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ ।”

“गाई र खसीबाख्रालाई दिने घासको खासै दुःख छैन, आफँैले गाईलाई दिने घाँस आफ्नै बारीमा रोपेका छौँ”, उनले भने, “एक बिघा बढी जग्गामा धानखेती गर्ने गरेका छाँै । त्यहाँबाट गाईका लागि पराल घाँस आउँछ, घासँको दुःख हुँदैन घाँस बाहिरबाट खासै खरिद गर्न परेको छैन ।” उनका अनुसार खसीबाख्राचाहिँ अझ केही चरन र डालेघाँस बढाएर पाल्न सकियो भने सम्भावना राम्रो छ । 

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गरेका छन्  । अहिले उनीसँग ४० घार बढी मौरी रहेका छन् । उनले भने, “सुरूमा हेर्दा मौरीबाट के आम्दानी होला र जस्तो लाग्ने तर विस्तारै घार बढाउँदै लगेँ र यहाँबाट राम्रो आम्दानीको सम्भावना देखेपछि अहिले मौरीपालनलाई अझ बढी प्राथमिकता दिएर सञ्चालन गरिरहेको छु ।”

“मौरीपालन अरूले गरेको देखेर सुरू गरेको हुँ, सम्भावना पनि राम्रो देखेको छु”, उनले भने, “मौरी फूलको सिजनमा भने धेरै उत्पादन गर्न सकिन्छ २२ देखि ३० दिनमा मह काढ्न मिल्छ, उत्पादन पनि धेरै हुन्छ ।” फूल फुल्ने सिजन र स्रोत नहुँदा भने कहिले तीन महिनासम्म समय लाग्ने गरेको उनले  सुनाए। 

 मनराजले मौरीको घार गोटाको रू १४ हजारमा खरिद गरेर पालिरहेका छन् । एउटा घारमा एक पटक मह काढ्दा छ केजीसम्म उत्पादन हुने गरेको उनले बताए । उनले भने  “बिक्रिका लागि इटहरीकै स्थानीय बजारमा बिक्री गर्दै आएको छु ।”

गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ । गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उनको अनुभव छ । अहिले उनले मह प्रतिकेजि रू सात सय ५० देखि रू एक हजारसम्ममा घरबाट नै बिक्री गर्ने गरेको बताए। 

मौरीपालन कम लगानीबाट पनि सुरू गर्न सकिन्छ । लगानी गरेर यसलाई राम्रो दिगो आम्दानीका रूपमा गर्न सकिने व्यवसायका रूपमा लिन सकिन्छ । राम्रो व्यवस्थापन बजारको अध्ययनसँगै आधुनिक प्रविधिसँगै सरकारबाट राम्रो अनुदान पाउनसके मौरीपालनबाट पनि आम्दानीको सम्भावना बढ्दै जाने उनको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP