Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ नहटे आन्दोलनमा उत्रने मेडिकल व्यवसायीको चेतावनी
स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ नहटे आन्दोलनमा उत्रने मेडिकल व्यवसायीको चेतावनी
ममता थापा
ममता थापा शुक्रबार, फागुन २३, २०८१
  • नेपालमा आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको बारेमा मलेसियाले नेपालसँग आधिकारिक धारणा मागे पनि अहिलेसम्म मापदण्डअनुसार चलेका स्वास्थ्य संस्थाको नामावली पठाएको छैन 
  • श्रममन्त्री शरतसिंह भण्डारीसँग पटकपटक यस विषयबारे जानकारी गराउँदा समाधानका लागि काम गर्ने आश्वासन दिए पनि अहिलेसम्म सिन्को नभाँचेको गुनासो
  • श्रम मन्त्रालय र परराष्ट्रमा केही व्यवसायीका पक्षमा काम गर्न गिरोहहरु सक्रिय भएको आरोप

काठमाडौं– नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षणमा हुने ‘सिन्डिकेट’ तत्काल हट्नुपर्ने माग गरेको छ । केही व्यवसायीको प्रभावमा परेर सरकारले स्वास्थ्य परीक्षणको दायरा सीमित पारेको नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईले आरोप लगाए । ‘श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयका सबै संयन्त्र ३६ वटा व्यवसायीको प्रभावमा परेको देखिन्छ,’ बिहीबार काठमाडौंको बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा बजगाईंले भने, ‘सरकारलाई कस्तो खालको मापदण्ड आवश्यक छ त्यो हामी बनाउन तयार छौँ ।’ 

पछिल्लोपटक सरकारले २१२ स्वास्थ्य संस्थालाई नयाँ मापदण्डअनुसार योग्य भएको प्रमाणपत्र दिएको छ । तर तीमध्ये ३६ स्वास्थ्य संस्थालाई मलेसिया र १९ वटालाई गाम्काको नाममा सञ्चालन गराइरहेको छ । ‘भर्खरै सरकारले २१२ लाई नै नयाँ मापदण्डअनुसार योग्य छौ भनेर प्रमाणपत्र दिएको छ । अनि काम चाहिँ सीमित व्यवसायीलाई मात्र दिने ?’ बजगाईं प्रश्न गर्छन्, ‘अरु व्यवसायीले पनि करोडौं धरौटि राखेका छन्, आवश्यक उपकरण जोडेर मापदण्ड पु¥याएका छन् । अनि राज्यले विभेद गर्ने ?’ 

आफ्नो माग सम्बोधन नभए सडकमा उत्रन बाध्य हुने चेतावनीसमेत संघले दिएको छ । ‘हाम्रो मागको सुनुवाई नभए सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरी सरकारलाई तालाचाबी बुझाउँछौं,’ महासचिव बजगाईंले भने । निश्चित व्यवसायीको इशारामा मुल्यमा समेत ‘कार्टेलिङ’ गर्ने गरी चलखेल भइरहेको व्यवसायीको आरोप छ । २०७६ भदौ २४ र २५ मा मलेसियामा भएको दोस्रो ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले पठाएका १२२ वटा संस्थामध्ये हाल ३६ वटा स्वास्थ्य संस्थाहरुले बायो मेडिकल सिस्टममा आबद्ध रही स्वास्थ्य परीक्षण गर्ने र ती बाहेकको ८६ वटा स्वास्थ्य संस्थाको हकमा नोभेम्बर २०१९ को पहिलो सातादेखि प्राविधिक टोलीबाट मापदण्ड परीक्षण शुरु गर्ने सहमति भएको थियो । तर हालसम्म अरु मेडिकललाई श्रम र परराष्ट्र मन्त्रालयले मान्यता दिएको छैन । 

Hardik health

श्रममन्त्री शरतसिंह भण्डारीसँग पटकपटक यस विषयबारे अवगत गराउँदा समाधानका लागि काम गर्ने आश्वासन दिए पनि अहिलेसम्म सिन्को नभाँचेको उनीहरुको गुनासो छ । श्रममन्त्री भण्डारी सिन्डिकेट पक्षधर ३६ जना व्यवसायीको आर्थिक चलखेलको प्रभावमा परेको उनीहरुको दाबी रह्यो । नेपालमा आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको बारेमा मलेसियाले नेपालसँग आधिकारिक धारणा मागे पनि अहिलेसम्म सबै स्वास्थ्य संस्थाको नामावली पठाएको छैन । यसमा गिरोहहरु सक्रिय भएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुमार्फत आफूले जानकारी पाएको महासचिव बजगाइँले दाबी गरे । २०२४ अप्रिल १३, जुलाईमा २४, अक्टोबर ५ र डिसेम्बर २७ मा स्वास्थ्य संस्थाहरुको नाम माग्दै मलेसियाबाट पत्र आए पनि परराष्ट्र र श्रम मन्त्रालयले यसलाई गुपचुप राखेको संघको आरोप छ ।

साउदी अरब, ओमन र बहराइनको स्वास्थ्य परीक्षण गाम्काको नाममा १९ वटा संस्थाले मात्र स्वास्थ्य परीक्षण गर्दै आएका छन् । त्यसैगरी, मन्त्रालयले इजरायलको लागि मेडिसिटी, हेम्स, स्टार, मनमोहन अस्पताल र क्रिस्टल डाइग्नोीिस्टक सेन्टर गरी ५ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने नियम ल्याएको छ । त्यसैगरी कोरिया जाने कामदारका लागि वीर, शुक्रराज ट्रपिकल, नेपाल कोरिया फ्रेन्डसिप र सिभिल अस्पताल गरी ४ स्वास्थ्यको मेडिकल रिपोर्टले मात्र मान्यता पाउने व्यवस्था छ । कोरियाबाहेक अन्य देशको हकमा सुचीकृत संस्थालाई बाइपास गर्दै दिइएको जिम्मेवारीमाथि उनीहरुले प्रश्न उठाएका छन् ।

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन २०६४ समयसापेक्ष परिमार्जन गर्नुपर्ने, सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रुपमा स्वास्थ्य लागू गर्नुपर्ने जस्ता विषय सम्बोधन गरी गुणस्तरीय सेवाको सुनिश्चित गर्नुपर्ने संघको माग छ । त्यसैगरी विकेन्द्रिकृत सिद्धान्त अनुरुप सबै श्रमिकको पहुँचमा पुग्ने गरी स्वास्थ्य सेवा प्रवाह गर्न गर्नुपर्ने रस्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंगले निर्धारण गरी एकरुपता कायम गरेर व्यवसायलाई मर्यादित बनाउन राज्यले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP