Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • मुस्ताङमा हिमपातहुँदा किसान खुसी  
मुस्ताङमा हिमपातहुँदा किसान खुसी  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०८१

मुस्ताङ-  हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।

लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरु केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको  आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाले यहाँ कृषक हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउलगायतका रैथाने अन्नबालीको बगैँचा व्यवस्थापन, रोगकीरा नियन्त्रण र अनुकूल समयमा वर्षासँगै हिमपात भएकाले गत वर्षजस्तै यस वर्ष पनि स्याउ तथा अन्य रैथाने बालीको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ । जिल्लामा दुइ दिनअघि परेको वर्षासँगैको हिउँले कृषकको खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ती भएकाले यस वर्ष स्याउलगायतका अन्नबालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दाबी गरे । 

Hardik health

कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउलगायतका रैथाने बालीहरुको स्थलगत सर्वेक्षणमा कृषकहरुले स्याउलगायतका अन्नबालीको बगैँचा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ । केन्द्रले  जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र, कृषि ज्ञान केन्द्र एक्याप एवं सबै सरोकारवाला संस्थाको संयुक्त समन्वय र सहकार्यमा मुस्ताङका कृषकको बगैँचा व्यवस्थापन तथा रोगकीरा नियन्त्रण कार्यमा सबै बालीको अनुगमन गर्दा राम्रो पाइएकाले गुणस्तर र उत्पादनदर यस वर्ष साविकभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।

जिल्लामा गत वर्ष स्याउको उत्पादन राम्रो भएको भए पनि जलवायु परिवर्तनका कारण स्याउको परागसेचन हुने बेलामा हुस्सु र वर्षाले गर्दा स्याउको फूल फुल्ने समयमा प्रतिकूल असर पुगेको थियो । यसका कारण त्यस वर्ष जिल्लामा स्याउको उत्पादन तथा गुणस्तरमा ह्रास आएको थियो । जिल्लाको आर्थिक समृद्धिको मेरुदण्ड स्याउखेती भएकाले यहाँका किसानले स्याउखेतीलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसका साथै, रैथाने बाली उवा, फापर, जौ र लोकल आलु जिल्लाका कृषि उत्पादनमा पहिचान बनेको छ । 

जिल्लामा पुस र माघ, महिनामा स्याउको बगैँचा व्यवस्थापन गरिन्छ । स्याउखेतीका लागि अनाधिकृत हाँगाबिँगाको काँटछाँट, गोडमेल, मलजल, औैषधिको प्रयोग र खेतीयोग्य जमिनका सिँचाइको व्यवस्था गर्ने गरिन्छ । स्याउका अलावा असोज र कात्तिक महिनामा उवा, फापर, जौ र आलुलगायतका बाली लगाएर त्यसको सम्पूर्ण खेती बगैँचाको व्यवस्थापन गर्ने गर्दछन् । उपल्लो मुस्ताङमा भने कृषकले फागुनदेखि उवा, जौ, गहुँ र फापरलगायतका अन्नबाली लगाउने गर्दछन् ।

पछिल्लो समय जिल्लाका कृषकलाई स्थानीय जातका स्याउखेतीसँगै नयाँ बगैँचामा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गर्दैआइरहेका छन् । दोस्रो वर्षमै थोरै क्षेत्रफलमा धेरै उत्पादन दिन सक्ने भएकाले मुस्ताङका कृषक हाइब्रिड स्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् । मुस्ताङको पाँचवटै स्थानीय तहमा स्याउखेती गरिएको छ । राष्ट्रिय गौरवको सडक सञ्जालले यातायात सहज हुन थालेपछि जिल्लाका कृषकले उत्पादन गरेको स्याउलगायतका अन्नबालीको बजारीकरणमा निकै सहज भएको छ

जिल्लामा गग वर्ष सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ८३ करोडको स्याउ जिल्ला बाहिर निकासी भएको थियो । जिल्लाका पाँच स्थानीय तहमा गरी  १४ सय हेक्टरमा स्याउखेती गरिएकोमा पाँच सय ८५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको स्याउखेतीले कृषकहरुमा लाभान्वित भएका छैनन्, यहाँका पर्यटन व्यवसायमा समेत टेवा पुगेको छ । भदौदेखि असोज महिनामा यहाँका स्याउ बगैँचामा लटरम्म स्याउ फल्ने भएकाले मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक समेत स्याउ बगैँचा चाहार्ने, फोटो खिच्ने र बगैँचामै यहाँको स्याउ चाख्ने गर्छन् । 


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP